यसरी तौल घटाउन सकिन्छ



तौल घटाउनका लागि कर्बोहाइड्रेट कम भएको खाना खानु निकै प्रभावकारी हुन्छ । बन्द पाकेटमा आउने प्रसोधित खाना तथा जंक फूड खानुहुँदैन । प्रसोधित खाद्यवस्तुको सट्टा सम्पूर्ण अन्न (whole grains) खानु लाभदायक हुन्छ । यसो गर्दा भोक लाग्ने, खान मन लागिरहने इच्छा कम हुन्छ । 

आफ्नो खानामा प्रोटिन, चिल्लो र तरकारीहरु समावेश गर्नुपर्छ । माछा, मासु, समुद्री खाना, अण्डाको सम्पूर्ण भाग खानुपर्छ । साथै प्रोटिन पाइने वनस्पतिजन्य खाद्यवस्तु, गेडागुडी, तोफु आदि खानुपर्छ । कम कार्बोहाइड्रेट एवं कम क्यालोरी भएका ब्रोकाउली, काउली, टमाटर, बन्दाकोपी, काँक्रो आदि खान सकिन्छ । शरीरलाई चिल्लोको पनि जरुरत पर्दछ । त्यसकारण स्वस्थ चिल्लो खानुपर्दछ । ओलिभ आयल, एभोकाडोको तेल तौल घटाउने सन्दर्भमा निकै राम्रो मानिन्छ । घिउ, बटर र नरिवलको तेल कम मात्र प्रयोग गर्नुपर्छ । 

तौल घटाउनका लागि शारीरिक गतिविधि बढाउन आवश्यक छ । त्यसका लागि दैनिक पसिना आउने गरी एक घण्टाजति हिँड्नु वा उफ्रिनु, कुद्नु, ब्याडमिन्टन, फुटबल, फुटसल खेल्नु, पौडी खेल्नु, वा अरु शारीरिक व्यायाम गर्नु पनि उपयोगी हुन्छ । खाना कम गरेर मात्र तौल घटाउने प्रयास गर्नु स्वास्थ्यका दृष्टिले राम्रो होइन । त्यसका लािग शारीरिक गतिविधि पनि बढाउन जरुरी छ । 

स्रोत: हेल्थ लाइन 

प्रतिक्रिया दिनुहोस्