केरा सेवन: कसैलाई लाभ, कसैलाई हानि



तपाईंहरु प्रायले खालि पेटमा केरा र दूध खाएमा स्वास्थ्य राम्रो हुन्छ भन्ने सुन्नुभएको हुन सक्छ । हल्का केरा र दूध खाएर व्यायाम गर्नेहरु पनि धेरै पाइन्छन् । यसरी दैनिक खालि पेटमा केरा खानाले शरीर मात्र बनाउने होइन, अन्य धेरै फाइदा हुन्छ भन्ने कुरा कमैलाई थाहा होला । खालि पेटमा केरा खाएर तपाईं–हामीले आश्चर्यजनक फाइदा प्राप्त गर्न सक्छौँ । 

धेरैजसो डाक्टर केरा खाने सल्लाह दिन्छन् । केरामा पाइने तत्वले शरीरलाई ऊर्जावान् बनाउँछ । यही कारणले गर्दा धेरैजसो जिम जानेहरु केरा र दूध खान्छन् । तर केरा कसैका लागि लाभदायक हुन्छ भने कसैका लागि हानिकारक पनि हुन सक्छ भन्ने कुरा बिर्सनुहुँदैन ।

केरा सेवनका फाइदा 

दुब्लोपन हट्छ: दैनिक खालि पेटमा केरा खाँदा धेरै प्रकारको शारीरिक कमजोरी जरैबाट समाप्त हुन्छ । यदि तपाईं दैनिक बिहान केरा खानुहुन्छ भने तपाईंको दुब्लोपनको समस्या टाढा जान्छ । यदि तपाईंको शरीरको तौल बढिरहेको छैन भने दैनिक खालि पेटमा केरा खानुस् । यसको कारणले शरीरको तौल धेरै छिटो बढ्छ । 

छालाको चमक बढ्छ: यदि तपाईं हरेक दिन खालि पेटमा केरा खानुहुन्छ भने अनुहारमा दाग आउने समस्या जरैदेखि हट्न मद्दत पुग्छ । साथै अनुहारको छालामा चमक आउँछ । खालि पेटमा केरा खान थालेपछि बिस्तारै तपाईंको छालामा पहिलेको तुलनामा चमक बढ्दै जान्छ । साथै शारीरिक कमजोरी पनि हट्छ ।

ग्यासको समस्या हट्छ: जस–जसलाई पेटमा ग्यासको समस्या छ उनीहरुले हरेक बिहान खालि पेटमा केरा खानुपर्छ । यसको कारण दिनभरि पेटमा ग्यासको समस्या आउँदैन । सधैँ केरा सेवन गर्ने कतिपयको त सदाका लागि यो समस्या समाप्त हुन्छ । 

केरा सेवन कस्तालाई हानिकारक ? 

मोटो मानिस: केरा स्वास्थ्यको लागि पौष्टिक खाना हो तर मोटा मानिसले केराबाट टाढै रहनुपर्छ । केरा खा“दा मोटोपन धेरै बढ्छ । केराले मोटा मानिसलाई झनै मोटो बनाउने हुँदा त्यस्ता व्यक्तिले केरा खानुहुँदैन । मोटोपनको सिकार हुनुभन्दा केरा नखानु नै बेस । 

हाइपरकलेमियाबाट पीडित: हाइपरकलेमिया (Hyperkalemia)अर्थात् रगतमा पोटासियम बढी भएका मानिस केराबाट टाढा रहनुपर्छ । रगतमा अतिरिक्त पोटासियम हुनु एक रोग हो । केरामा पोटासियम प्रचुर मात्रामा हुने भएकाले त्यस्ता मानिसले केरा खानुहुँदैन । 

कब्जियतबाट पीडित: कब्जियतबाट पीडित भएमा त्यस्ता व्यक्तिले पनि केरा सेवन गर्नुहुँदैन । केराले झनै कब्जियत बढाउ“छ । यदि तपाईं कब्जियतबाट पीडित हुनुहुन्छ भने भुलेर पनि केरा नखानुस् । मधुमेहीहरु पनि केराबाट टाढा रहनुपर्छ । किनकि केरामा चिनीको मात्रा प्रचुर मात्रामा हुन्छ । यसको सेवनले मधुमेहीमा झनै समस्या निम्तिन्छ । 

रुघाखोकीबाट पीडित: जसमा रुघाखोकी र चिसोको समस्या छ, त्यस्ता व्यक्तिहरुसमेत केराबाट टाढा रहनुपर्छ । केरा खाँदा रुघाखोकी र चिसोको समस्या अझ बढ्छ । 

– रोहिणी 

स्रोत: hindi.catchnews.com

प्रतिक्रिया दिनुहोस्