जन अदालत



अन्तर्वार्ता थपिएमा सुनमा सुगन्ध हुने थियो 

नेपालमा स्वास्थ्यसँग सम्बन्धित पत्रपत्रिकाहरुको अभाव खड्किएको समयमा कामना न्युज पब्लिकेसन्सको तीन दशकभन्दा बढी (३१ वर्ष) पुरानो मासिक प्रकाशन ‘साधना’ मासिक कोसेढुङ्गा साबित भएको छ । यस मासिकमा प्रकाशित विभिन्न स्वास्थ्य क्षेत्रमा स्थापित एवं प्रतिष्ठित विशेषज्ञ, डाक्टरहरुको स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु (लेख, प्रश्नोत्तर आदि) पाठकवर्गलाई अति उपयोगी साबित भएको छ । यस्तै नै उत्कृष्ट सामग्री नियमितरुपमा प्रकाशित भइरहोस् भन्ने आशा गर्दछु । अन्त्यमा एक नियमित पाठकको हैसियतले मेरो एउटा सुझाव के छ भने, ‘साधना’ मासिकको प्रत्येक अङ्कमा कुनै एक रोगसँग सम्बन्धित एक विशेषज्ञ डाक्टरसँगको अन्तर्वार्ता पनि समावेश गरे सुनमा सुगन्ध हुने थियो । 

– अच्युतमान सिंह प्रधान ‘उत्सुक’ 

बालुवाटार, काठमाडौं । 

नयाँ–नयाँ विषयलाई प्राथमिकता दिइयोस् 

कोभिड महामारी घट्दै जान थालेकाले जीवन सामान्य अवस्थातिर आइसक्यो भन्दा हुन्छ । तर कोभिड महामारीकै क्रममा देखिएका र पछिसम्म पनि देखिन सक्ने मानसिक स्वास्थ्य समस्या अहिले चिन्ताको विषय बनेको छ । 

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्माको सहयोगमा लक्ष्मण अधिकारीले तयार गर्नुभएको गत असोजमा प्रकाशित यसै विषयको लेख निकै सान्दर्भिक लाग्यो । साथै मुसाको उपचार, गर्भावस्थामा हुने असामान्य रक्तश्राव, चामलबारेका लेखहरु पनि उत्तिकै स्वास्थ्योपयोगी छन् । यस्तै नयाँ–नयाँ विषयका लेखहरुलाई प्राथमिकता दिइयोस् । 

– जीवन बुढाथोकी, पृथ्वीचोक, पोखरा । 

प्रतिक्रिया दिनुहोस्