जन अदालत



व्यावहारिक स्वास्थ्यमा कलम चलाइयोस् 

अहिले मुलुक कोरोना भाइरसको प्रभावबाट सहजतातर्फ गइसकेको अनुभूति भएको छ । यसभन्दा अगाडि कोरोनाको प्रभावले साधना किनेर पढ्ने खासै अवसर मिलेको थिएन । तर पनि कहिलेकाहीँ अनलाइनमा राखिएका लेखहरु पढ्ने गरेकी छु । डा. अरुणा उप्रेतीको तेल मालिससम्बन्धी लेख असाध्यै मन प¥यो । साधनाले यस्तै व्यावहारिक स्वास्थ्यसम्बन्धी लेखलाई प्राथमिकतामा राखेर प्रकाशन गरोस् ।

– सूर्या देवकोटा, विराटनगर । 

नियमित उपलब्धताको चाहना 

साधनाको पूर्णाङ्क २८५ साधनाकै अफिसमा पुगेर पढ्ने अवसर मिल्यो । यस अंकका सबै लेखहरु उत्कृष्ट लाग्यो । यसमा प्रकाशित ट्रान्स फ्याटसम्बन्धी लेख सबैका लागि पठनीय छ । औषधि, गाँजा, तेल मालिस, भाँडावर्तन, योनिश्राव आदिसम्बन्धी लेख नेपालीका लागि उपयोगी छन् । यस्तै–यस्तै लेखको अपेक्षा गर्दछु । साथै कोभिडको प्रभाव कम भइसकेकाले साधनाको नियमितता र सहज उपलब्धता होस् भन्ने चाहन्छु । 

– विनोद श्रेष्ठ, न्युरोड, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्