रोचक जानकारी



१. नवजात शिशुले सात महिनासम्म एकै समयमा सास फेर्न र खाना निल्न सक्छ ।

२. प्रत्येक मानिसले हरेक वर्ष लगभग ४ किलोग्राम छालाका कोशिकाहरू गुमाउने गर्छ ।

३. मानव मस्तिष्कको मेमोरी क्षमताचार टेराबाइट हार्ड ड्राइभभन्दा बढी हुन्छ ।

४. शरीरको ८० प्रतिशत ताप हामीले टाउकोबाट गुमाइराखेका हुन्छौं ।

५. मानव शरीरमा कम्तीमा पनि ७ सय इन्जाइमहरू सक्रिय हुन्छन् ।

६. मानिस एकमात्र त्यस्तो प्राणी हो जो आफ्नो ढाडमा सुत्न सक्छ ।

७. यदि मानिसले जीवनभर कपाल नकाट्ने हो भने कपालको लम्बाइ लगभग ७ सय २५ किलोमिटर हुन्छ ।

८. मानव शरीरमा हुने क्याल्सियममध्ये ९९ प्रतिशत उसको दाँतमा हुन्छ ।

९. चिसो हुँदा बच्चा सामान्यतया काँप्दैनन् । यदि तपाईंले बच्चा काँपिरहेको देख्नुभयो भने, यसको मतलब तिनीहरूको रगतमा चिनीको मात्रा धेरै कम भएको हुन सक्छ ।

१०. भिटामिन ‘डी’ घामबाट आउने होइन, हाम्रो छालाबाट आउने हो । सूर्यको किरणले हाम्रो छालामा रहेको कोलेस्ट्रोललाई भिटामिन ‘डी३’ मा परिणत गर्न मद्दत पुर्‍याउने काम गर्ने हो ।

११. दुई भाषा बोल्ने मानिसले एक भाषाबाट अर्को भाषामा बोल्दा अन्जानमा आफ्नो व्यक्तित्व पनि परिवर्तन गर्ने गर्छन् ।

१२. मर्नुअघि ७ मिनेटको दिमागीय न्युरल गतिविधि (neural activity) का समयमा मानिसले आफ्ना सम्झनाहरू सपनाजस्तै ढाँचामा देख्ने गर्छन् ।

स्रोत : इन्टरनेट

प्रतिक्रिया दिनुहोस्