
साधनाले प्रकाशित गर्ने स्वास्थ्य सामग्रीहरु खारिएका चिकित्सक एवं स्वास्थ्य क्षेत्रका विज्ञहरुद्वारा तयार गरिने भएकाले यसको स्तरीयतामा कमी देखिँदैन ।
बरु यस्ता सामग्रीहरु सधैँ एउटै विषयका भएकाले मानसिक स्वास्थ्य, पशु स्वास्थ्य, कृषिबालीमा लाग्ने रोग आदि विषयमा पनि कलम चलाउनुहुन अनुरोध गर्दछु ।
– अनुपराज बस्नेत, धुम्बाराही, काठमाडौं ।
साधनाको स्तरीयता बढेको महसुस
गत मंसिर अंकको साधनाले मलाई आकर्षित ग¥यो । पशु र तरकारीमा किसानद्वारा लुकिछिपी दिइने गरेको हर्मोन सुईले मानव स्वास्थ्य जोखिममा पार्ने गरेको कुरा यस अंकको साधनाले उजागर गरेको छ ।
यसले गर्दा केही हदसम्म उपभोक्ता सजग हुने देखिन्छ । यसबारे कलम चलाउने विज्ञलाई हार्दिक धन्यवाद । नियमित स्तम्भकारका लेखहरु पनि कम आँक्न मिल्दैन । यस्ता लेखहरुले साधनाको स्तरीयता बढाएको महसुस भएको छ ।
– जीवन साह, भरतपुर, चितवन ।