रोचक तथ्य



– तनावका क्षणहरूमा वा दिनको कुनै पनि समयमा गहिरो सास फेर्दा, राम्रो रक्तसञ्चार हुने, चिन्ता र रक्तचाप कम हुने आदि फाइदा हुन्छन्

– शरीरको अन्य ठाउँको तुलनामा हाम्रोे पैतालामा प्रतिवर्गइन्चमा धेरै पसिना ग्रन्थि र स्नायुका अन्तिम भागहरू हुन्छन् ।

– ध्यानले बुढ्यौली प्रक्रियालाई ढिलो गराउन मद्दत गर्छ ।

– पानीको कमीले कब्जियत, दम, एलर्जी, माइग्रेनजस्ता विभिन्न समस्या निम्तिन सक्छ ।

– दौडनु स्वास्थ्यकोे लागि राम्रो हो । हप्तामा २० देखि ३० किलोमिटर दौडिने मानिसको प्रतिरक्षा प्रणाली सबल हुनका साथै हड्डी पनि बलियो हुन्छ ।

– भिटामिन ‘डी’ हड्डीको स्वास्थ्य निर्धारण गर्न क्याल्सियम जत्तिकै महत्वपूर्ण छ । तर धेरै मानिसले यसको पर्याप्त मात्रा प्राप्त गरेका हुँदैनन् ।

– ओलिभ तेल (Extra virgin) संसारकै सबैभन्दा स्वस्थकर तेल मानिन्छ ।

– तपाईंको मुटुलाई स्वस्थ राख्न स्याउले खराब कोलेस्ट्रोलको स्तर घटाइदिन सक्छ ।

– ५० वर्षमुनिका महिलालाई समान उमेरका पुरुषहरूको तुलनामा प्रतिदिन दोब्बर फलाम तत्व (iron) चाहिन्छ ।

– मानिसले आफ्नो जीवनकालमा करिब ३५ किलोजति छाला खसाल्छन् ।

– पुस्तक पढ्नाले कोर्टिसोल र अन्य अस्वस्थ तनाव दिने हर्मोनको स्तर ६८ प्रतिशतले कमी हुने पाइएको छ ।

– भिटामिन ‘डी’को कमी, मधुमेह, क्यान्सर, अस्टियोपोरोसिस(osteoporosis)   जस्ता गम्भीर रोगहरुसँग सम्बन्धित छ ।

प्रतिक्रिया दिनुहोस्