
ध्यानाकर्षण
म साधनाको पहिलेदेखिकै नियमित पाठक हुँ । तर अहिले साधना बजारमा पाउन सकिएन । अनलाइन त पढ्ने गरेको छु, तर पत्रिका भए संकलन गरेर राख्न पनि सजिलो थियो, पढ्दा पनि बेग्लै स्वाद आउँछ । त्यसैले साधना बजारमा सजिलै किन्न पाइयोस् । यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।
– सपना महर्जन, कलंकी, काठमाडौं ।
स्वास्थ्यसम्बन्धी रोचक कुरा थपियोस्
साधनामा पहिले धेरै रोचक कुराहरु पढ्न पाइन्थ्यो । अहिले त्यस्ता रोचक कुराहरु कम भएको महसुस भएको छ । आगामी अंकमा थप रोचक सामग्री पढ्न पाइने अपेक्षा गरेको छु ।
हुन त नयँ कुरा स्तम्भमा डा. प्रकाशराज रेग्मीलगायत अन्य लेखकहरुले पनि कहिलेकाहीँ अत्यन्तै पठनीय विषयवस्तुमा कलम चलाउनुभएको छ । यसका लागि उहाँहरुलाई धेरै धन्यवाद ∕ तर पढाँ–पढाँ लाग्ने छोटा रोचक प्रसंगहरुको अलि कमी महसुस भएकोले यस्ता कुरा थप गरियोस् ।
– सुमन कुमार, वालिङ, स्याङ्जा ।