रोचक तथ्य



  • मानिसको शरीरको कुल तौलमा लगभग दश भागको एक भाग तौल रगतको हुन्छ ।
  • तपाईंले गुमाउनुभएको शरीरको अधिकांश बोसो फोक्सोमार्फत शरीरबाहिर निस्कन्छ ।
  •  जुन हातको प्रयोग धेरै हुन्छ त्यो हातमा नङ चाँडै बढ्ने गर्छ ।
  • अदुवामा पाइने जिन्जरोल (gingerols) र सोगाओल (shogaols) नामक तत्वहरुले पाचनमा मद्दत गर्नुका साथै महिलाहरुको महिनावारीमा पनि उपयोगी हुन्छ ।
  • स्तनपान गराउनाले आमाहरूलाई पछि स्तन क्यान्सरको जोखिम कम गर्न मद्दत पुग्न सक्छ ।
  • ५–१० प्रतिशत क्यान्सर वंशाणुगत कारणले हुने गरेको पाइएको छ ।
  •  विशेष गरी हरियाली भएका ठाउँहरूमा घुमफिर गर्नाले आत्मसम्मान (self-esteeem) मा सुधार गर्नुका साथै नकारात्मक विचारहरू कम गर्न मद्दत पुग्ने गरेको पाइएको छ ।
  • शरीर तन्काउने व्यायाम (stretching) गर्नाले शरीरको मांसपेशीमा रगत प्रवाह बढाउन मद्दत गर्छ ।
  • रोजमेरीको सुगन्धले स्मरण शक्ति र सतर्कता (alertness) बढाउन मद्दत गर्छ ।
  •  रक्तनलीहरू नभएका मानव शरीरका दुईवटा अंगहरूमध्ये एउटा अंग कर्निया हो ।
प्रतिक्रिया दिनुहोस्