जन अदालत



स्वास्थ्य खुराकको रुपमा साधना

मैले कोरोना भाइरसको नयाँ भेरिएन्ट सम्बन्धी जिज्ञासा लेखेर पठाएको थिएँ । डा. हरिहर खनालबाट साधनामार्फत त्यसको उत्तर पाएँ । उहाँले चित्त बुझ्दो उत्तर दिनुभएकोले धेरै खुशी लाग्यो ।

यस्तै डा. अरुणा उप्रेतीले गत महिना लेख्नुभएको आयुर्वेद उपचारको नाममा ठगिन सक्ने कुरा धेरै जनाकारीमूलक छ । यस्ता यावत् कुराले साधनालाई मैले स्वास्थ्य खुराकको रुपमा लिएको छु ।

  • सन्तोष ज्ञवाली, धादिङ

धेरै–धेरै शुभकामना

साधनाले स्वास्थ्यका हरेक विषयवस्तु र रोगबारेमा राम्ररी जानकारी गराउँदै आएको छ । साथै सचेत पनि गराउँदै आएको छ । घरमा बसी–बसी अनलाइनमार्फत स्वास्थ्य जानकारी लिएर आफ्नो स्वास्थ्यलाई अझ राम्रो बनाउन पाउनु हामी पाठकका लागि खुशीको कुरा हो ।

आगामी दिनहरुमा पनि साधनाले यसरी नै हाम्रो मन जित्दै जाओस् । धेरै–धेरै शुभकामना !

  • जीवनाथ श्रेष्ठ, नयाँ ठिमी, भक्तपुर
प्रतिक्रिया दिनुहोस्