जन अदालत



हरेक दृष्टिले उपयोगी
साधनाको गत चैतको अंक हरेक दृष्टिले पठनीय, उपयोगी एवं संग्रहणीय लाग्यो । ल्यापारोस्कोपी विधिबाट उपचार गर्दा महिलाको पेटको सुन्दरता कायम हुने, अस्पताल बसाइ आधा नै कम हुने, घाउ पाक्ने खतरा ज्यादै न्यून हुनेजस्ता अनेकौँ लाभ हुने कुरा प्रा.डा. सुमनराज ताम्राकारले औंल्याइदिनुभएकोमा उहाँप्रति आभारी छु । मैले पनि ल्यापारास्कोपी सर्जरी विधि नै अपनाएको थिएँ ।
– मायाविन्दु ठकुरी, धादिङ ।

हरेक अंकमा नयाँ कुरा
साधनाका हरेक अंकमा प्रा.डा. प्रकाशराज रेग्मीका नयाँ कुरा पढ्न पाउँदा धेरै खुशी लागेको छ । मैले अन्य लेखकहरुका लेखहरु नयाँ भएनन् भन्न खोजेको होइन, डा. रेग्मीको चाहिँ स्तम्भ नै नयाँ कुरा भएकोले बढी चासो भएको हो । समष्टिमा भन्दा साधनाका हरेक अंकमा सबै कुरा नयाँ नै पढ्न पाइन्छ । सधैँ यस्तै रहोस् भन्ने कामना गर्दछु ।
– शैलेन्द्रदेव झा, हेटौडा ।

 

प्रतिक्रिया दिनुहोस्