स्वास्थ्य र कृषि क्षेत्रमा गोमूत्रको उपयोग



 

डा. केदार कार्की वरिष्ठ पशुचिकित्सक

पूर्वीय हिन्दू संस्कृतिमा गाईलाई गौमाता अर्थात् आमाको दर्जा दिइएको छ । किनकि गाईबाट प्रत्यक्ष वा अप्रत्क्ष रुपमा मानवलगायत वनस्पतिसमेतको समेत हेरचाह हुने गरेको छ । गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोमूत्र, गोबरजस्ता वस्तुहरु अनेकौं रोगको निवारणमा उपयोग गरिन्छ ।

गाईबाट प्राप्त हुने यस्ता चिजमध्ये यहाँ हामी गोमूत्रको चर्चा गर्न गइरहेका छौं । गोमूत्र प्राचीन कालदेखि अनेक रोगहरुको उपचारमा उपयोग हुँदै आएको छ । यसको वर्णन चरक संहिता, सुश्रुत संहिता, अथर्ववेद, भाव प्रकाश आदिमा गरिएको छ ।

पछिल्ला वर्षहरुमा गरिएको अध्ययन अनुसार गोमूत्र रक्तचाप, धमनीहरुमा हुने रोकावट, कब्जियत, बबासिर, माइग्रेन, स्त्रीरोग, कान तथा नाकका रोगहरुसँग लड्न सक्षम छ ।

प्राचीन कालमा गोमूत्रलाई आधुनिक युगको एन्टिबायोटिक जस्तै गरी व्यापक प्रयोग गरिन्थ्यो । अहिले पनि यसको प्रयोगबाट धेरै फाइदा लिन सकिन्छ । गोमूत्रमा विभिन्न रोगसँग लड्ने क्षमता हुन्छ ।

 गोमूत्रको प्रयोग मानव स्वास्थ्यमा मात्र नभएर कृषि बाली एवम् माहुरी पालनमा समेत धेरै उपयोगी मानिन्छ ।

गोमूत्रको औषधीय गुण

गोमूत्रमा विभिन्न रासायनिक घटकहरु पाइन्छन् । यसमा सोडियम, नाइट्रोजन, सल्फर, म्यागानिज, आइरन, क्याल्सियम साल्टस, साइट्रिक एसिड, एन्जाइम्स, क्लोरिन फासफेट, कारबोलिक एसिड, हरमौन्स, म्यग्नेसियम ल्याक्टोज, सकिसनिक एसिड, क्रिएटिनिन, भिटामिन ए, बी, सी, डी तथा ई पाइन्छ । गोमूत्रमा यी सबै तत्व सन्तुलित मात्रामा नै हुन्छन् । अतः यसको उपयोगबाट रोगमुक्त रहन मद्दत पुग्छ ।

गोमूत्रमा युरिया, क्रिएटिनन, कारबोलिक एसिड फिनोल्स, क्याल्सियम, म्यागानिज भएकाले यसमा कीटाणु नाशक गुण छ । एन्टिअक्सिडेन्ट गुण तथा एलैन्टाइनका कारण गोमूत्रलाई क्यान्सरको उपचारमा पनि उपयोग गर्न सकिन्छ । एलैन्टाइनको कारणले गोमूत्रले घाउ भरिने गतिलाई पनि छिटो गराउँछ । गोमूत्र नियमित सेवन गर्नाले शरीरको रोग–प्रतिरोधात्मक क्षमतामा अभिवृद्धि हुन्छ ।

मुटु तथा रक्तसञ्चार प्रणालीमा गोमूत्र लाभकारी हुन्छ । किनकि क्यालिकेरिनले धमनीहरु फैलाउँछ । युरोकाइनेजलेमा फिब्रिनो लाइटिक गुणका कारण रगत जम्नबाट रोक्छ । नाइट्रोजन, सल्फर, सोडियम तथा क्याल्सियमले रक्त शुद्धीकरणमा मद्दत गर्दछ ।

तामा र क्याल्सियमले मोटोपन कम गर्ने तथा हाडहरु बलियो बनाउँछ । गोमूत्रले शारीरिक समस्थिति बनाएर राख्छ । यसै गरी बोसो लाग्न कम गर्ने, मानसिक तनाव हटाउने, शरीरको विषालु पदार्थहरु सफा गर्ने, मुटु र मस्तिष्क बलियो बनाउने काममा गोमूत्रले मद्दत गर्छ ।

कृषि कार्यमा गोमूत्रको उपयोग

गाईबाट प्राप्त पाँच चिजलाई मिलाएर पञ्चगव्य बनाइन्छ । दूध, दही, घिउ, गोमूत्र र गोबर मिलाएपछि पञ्चगव्य बन्छ । भनिन्छ, तोकिएको मात्रा मिलाएर बनाइएको पञ्चगव्य अमृतसमान हुन्छ । गोमूत्र र गोबरलाई कृषि भूमिमा प्रयोग गर्दा माटो उर्वर बन्छ ।

कृषिकार्य गर्दा कीटनाशकको रुपमा पनि गोमूत्रको उपयोग गर्न सकिन्छ । हालैको अनुसन्धान अनुसार गोमूत्र मात्रै पनि कीटनाशकको रुपमा प्रयोग गर्न सकिन्छ । गोमूत्रले डिस्टिलेट जैविक अणुहरुको गतिविधिलाई तेज गराउँछ । गोमूत्रले माटोमा नाइट्रोजनको मात्रा बढाउँछ, जसले गर्दा बालीनालीको उत्पादनमा वृद्धि गराउँछ ।

माहुरी पालनमा गोमूत्रको उपयोग
युरोपियन फाउलबु्रड माहुरी पालनमा नकारात्मक असर पु-याउने एउटा सर्वकालिक रोग मानिन्छ । यस रोगलाई गोमूत्रले छिटो र समग्ररुपमा समाधान गर्न मद्दत पुग्छ । साथै माहुरीको विकासमा सहयोग गर्दछ र तिनको कार्य क्षमतामा अभिवृद्धि गराउँछ ।गोमूत्र पर्यावरणीय हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।

गोमूत्र चिकित्सा पद्धति आगामी दिनमा एउटा महत्वपूर्ण अनुसन्धानको विषय हुन सक्छ । हुन पनि आर्युवेदमा गोमूत्रलाई जीवनका लागि अमृत मानिएको छ ।

गोमूत्र उपयोग पद्धति अनेकौं भयानक रोगहरुको उपचारका लागि महत्वपूर्ण साबित बन्न सक्ने देखिन्छ । गोमूत्रका बारेमा नेपालमा अनुसन्धान हुन सकेको देखिँदैन । यसलाई परम्परागत रुपमा मात्र उपयोग गरिँदै आएकाले धेरैजसो यसको महत्वका बारेमा अनभिज्ञ देखिन्छन् । त्यसैले सम्बन्धित निकायहरुले गोमूत्रको व्यापकताबारे खोज–अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्