रोचक तथ्य



  •  अधिकांश मानिसले मस्तिष्कको क्षमताको १० प्रतिशत पनि प्रयोग गरेका हुँदैनन् ।
  •  अनुसन्धानअनुसार ध्यान गर्नाले तल्लो ढाड दुखाइलाई कम गर्न मद्दत गर्दछ ।
  •  शिशुहरु गर्भमा रुन सक्छन् । अनुसन्धानकर्ताहरुले २८ हप्तामा गरिने अल्ट्रासाउन्डमार्फत असन्तुष्टिको अभिव्यक्ति फेला पारेका हुन् ।
  •  विश्वमा ३९ प्रतिशत वयष्कहरूको शरीरको तौल अधिक छ ।
  •  जर्नलमा लेख्ने गर्दा त्यसले तपाईंलाई खुशी, सन्तुष्टि दिइरहन सक्छ ।
  •  ५० वर्षभन्दा कम उमेरका महिलाहरूलाई समान उमेरका पुरुषहरूको तुलनामा प्रतिदिन दोब्बर आइरनको आवश्यक हुन्छ ।
  •  नाङ्गो सुत्नाले शरीरमा भएको क्यालोरी घटाउन मद्दत गर्छ ।
  • स्पाइनल डिस्कमा ठूलो मात्रामा पानी हुन्छ, त्यसैले निर्जलीकरण अर्थात् शरीरमा पानीको आपूर्ति कम हुँदा ढाड दुख्न सक्छ ।
  •  दिनमा ६ मिनेट पढ्दा ६८ प्रतिशतले तनाव कम हुन्छ ।
  • स्याउ पानीमा तैरिन्छ, किनभने यसमा २५ प्रतिशत हावा हुन्छ ।
  • एउटा कपालको आयु करिब पाँच वर्ष हुन्छ ।
प्रतिक्रिया दिनुहोस्