उपयोगी सामग्री



म साधनाको नियमित पाठक हुँ । पहिला साधना किन्न पसलहरुमा पुगिरहनुपथ्र्यो । अहिले अनलाइनमार्फत निःशुल्क हातैमा आइपुग्छ । यो निकै सुखद कुरा हो ।

साधनाको पूणाङक  २९२ मा मानसिक रोग ‘ओसीडी’ सम्बन्धमा डा. विश्वबन्धु शर्माका महत्वपूर्ण भनाइहरु पढेर धेरै कुरा बुझ्न पाइयो । ओसीडीको जस्ता लक्षण भएका मानिसहरुलाई देख्दा जिस्क्याउने गरिन्थ्यो तर यससम्बन्धी डा. शर्माका भनाइ सुनेपछि यो त रोग रहेछ, यस्तो व्यवहार गर्ने मानिसलाई उपचारका लागि सहयोग गर्नुपर्ने रहेछ भन्ने बुझियो ।

साधनाको यस अंकमा प्रकाशित डा. प्रकाशराज रेग्मी, डा. अरुणा उप्रेती, डा. सुमनराज ताम्राकारका लेखहरु निकै उपयोगी र जानकारीमूलक लाग्यो । डा. हरिहर खनालले दिनुभएका विविध प्रश्नका जवाफ र डा. राजेन्द्र भद्राका यौनसम्बन्धी लेख पनि प्रशंसनीय छन् ।

– रोशन पोखरेल, भैरहवा ।

प्रेरणादायी भनाइ
साधनाको पूर्णाङक २९२ मा भगवती तिमल्सिनाले तयार गर्नुभएको नर्सिङसम्बन्धी सामग्री धेरै जानकारीमूलक लाग्यो । झन्डै ३९ वर्षदेखि नर्सिङ सेवामा रहेकी कविता देवकोटा मेडमका अनुभव तथा विचारहरु निकै प्रेरणादायी र मननयोग्य छन् । जतिसुकै चुनौती भए पनि मानव सेवा गर्न पाइने यो नर्सिङ पेसा नै उत्तम हो भन्ने लागेर म पनि नर्सिङ पढिरहेकी छु । नर्सहरुलाई कामअनुसारको सेवा–सुविधा दिनुपर्छ भन्ने कविता देवकोटाको भनाइ निकै सान्दर्भिक लाग्यो ।

 

– प्रेरणा कार्की, विराटनगर ।

प्रतिक्रिया दिनुहोस्