लेजर थेरापीमा आशावादी



साधनाको असार अंकमा लेजर थेरापीसम्बन्धी लेख प्रकाशित भएको रहेछ । मैले पनि आफ्नी आमालाई लेजर थेरापिस्ट डा. सुशीला वैद्यसँग नै लेजर थेरापीबाट उपचार गराउँदै छु । आमालाई एक्कासि प्रेसरले हानेपछि ब्रेनहेमरेज भएर प्यारालाइसिस भएको थियो । धुलिखेल अस्पतालमा एक महिना उपचारपछि मैले आमालाई उहाँको क्लिनिकमा लगेँ ।

मलाई यस क्लिनिकको बारेमा त्यसअघि थाहा थिएन । मेरो आदरणीय गायक रामकृष्ण ढकाललाई पनि नसासम्बन्धी समस्या हुँदा यही क्लिनिकमा आएर उपचार गरेपछि पूर्णरूपमा ठीक हुनुभएको जानकारी पाएँ । उहाँको उपचार सफल भएको सुन्दा मलाई पनि मनमा विश्वास पलायो र मैले आमालाई उपचार गर्न यस क्लिनिकमा लिएर आएको थिएँ । डा. सुशीलाले परीक्षण गरी उपचार गरिदिनुभयो ।

आमाको स्वास्थ्यमा बिस्तारै सुधार देखिएको छ । अरु बिरामीहरुको उपचार सफल भएको देखेर मेरी आमालाई पनि निको हुन्छ भन्ने कुरामा म धेरै आशावादी बनेको छु । पारिवारिक वातावरण सृजना गराई उपचार गर्ने उहाँको तरिकाबाट धेरै बिरामी खुशी भएको देखेँ । मलाई पनि मन प¥यो ।

लेजर थेरापी पद्धतिको उपचारमा एउटा सानो डिभाइसले बिरामीको जुन ठाउँमा समस्या छ । त्यस भागमा राखेर लेजर विकिरण दिएपछि बिरामीलाई बिस्तारै ठीक हुँदै जाँदो रहेछ । हेर्दा पत्याउन गाह्रो तर अरु बिरामीहरु पूर्णरूपमा निको भएको देखेँ । हाड–जोर्नीको समस्या, प्यारालाइसिसदेखि क्यान्सरसम्मको उपचार गर्न सकिँदो रहेछ ।

– गोविन्द कँडेल

प्रतिक्रिया दिनुहोस्