साधना अनलाइनमा पढ्न पाउँदाको खुशी



म साधनाको पुरानो पाठक हुँ । शायद विदेशमा भएर होला, मैले प्रत्यक्षरुपमा साधना पढ्न नपाएको धेरै भएको थियो । हुन त आजकल धेरैजसो पत्रपत्रिका अनलाइनमा पढ्न पाइन्छ तर त्यसको मेसो नपाएर म साधनाका लेख–रचना पढ्न वञ्चित भएको थिएँ ।

तर केही महिनाअघि न्युज अफ नेपाल डट कममा अचानक साधनाको ई–पेपर देखेपछि साधनामा प्रकाशित लेख–रचना पढ्ने गरेको छु । साधनालाई अनलाइनमा राखिएकाले पक्कै पनि यसका पाठकहरु बढेको हुनुपर्छ । अनलाइनको क्रेज बढिरहेको समयमा साधनाले आफूलाई अनलाइनमा लगेकोमा धेरै खुशी लागेको छ ।
– उत्तम कार्की, चितवन, हाल: युएई ।

प्रतिक्रिया दिनुहोस्