हामी पाठकहरु कृतज्ञ छौं



सर्वप्रथम साधना मासिक पत्रिकाका सम्पूर्ण टिमलाई २०७९ को बडादशैँ, तिहार एवं छठ पर्वको अवसरमा हार्दिक शुभकामना ! मानव जीवनको एक महत्वपूर्ण पक्ष स्वास्थ्य नै हुन्छ ।

जनचेतनामूलक स्वास्थ्यसम्बन्धी लेख–रचनाहरुले भरिएको साधनाको प्रकाशनबाट हामी पाठक कृतज्ञ छौँ । विषेश गरी शारीरिक एवं मानसिकरुपमा कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुराको सेरोफेरोमा रही तयार गरिएका स्वास्थ्य क्षेत्रका विज्ञहरुका लेखले यसका पाठकहरुलाई चेतनाको आमूल परिवर्तनको पथमा लम्कन प्रेरित गरेको छ ।

मासिकरुपमा निरन्तर प्रकाशित यस पत्रिकाको म पनि नियमित पाठक हुँ । दैनिक जीवनमा सधैँ तन्दुरुस्त रहन सहयोगी भूमिका निर्वाह गर्न यो पत्रिका सफल भएको मैले अनुभूति गरेको छु । यसरी नै भविष्यमा पनि स्वास्थ्यसम्बन्धी नयाँ–नयाँ खोज र सोचहरु हामीसमक्ष यस साधनामार्फत आइरहोस् भन्ने कामना गर्दछु ।
– राजु भट्ट
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी,
विशालनगर, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्