बजारमा साधनाको अभाव



साधना हेल्थ एन्ड ब्युटी म्यागेजिनको म नियमित पाठकजस्तै हुँ । नर्सिङ पढ्दादेखि नै साधना मेरो पठनीय सामग्री बनेको थियो । त्यस बेला ‘नर्स अफ द मन्थ’ स्तम्भले मेरो मन छुन्थ्यो ।

म आफू नर्स पढ्दै गरेकीले पनि यो स्तम्भ मेरो विशेष चासोको विषय बनेको थियो । तर बिस्तारै पछिल्ला अंकहरुमा नर्सका बारेमा लेखेको पाइएन । साथै आजकल बजारमा साधनाको पनि अभाव छ । मैले किन्न खोज्दा पाउन सकेकी छैन ।

हुन त कोभिडको महामारीका कारण पनि बजारमा साधना पाउन नसकेको हुन सक्छ । अब त जनजीवन सामान्य रुपमा फर्किसकेकाले हरेक पत्रिका पसलमा साधना पु¥याउन अनुरोध गर्दछु ।

कहिलेकाहीँ अनलाइनमा आक्कलझुकल पढ्ने गरेकी त छु तर प्रत्यक्ष पत्रिका हातमा लिएर पढेजस्तो अनलाइनमा पढ्न त्यति व्यावहारिक र मजा पनि हुँदैन ।
– रुप्सना तिमल्सिना, चाबहिल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्