हार्दिक आभार



साधनाका प्रायः सबै लेख–रचना स्तरीय हुने कुरामा दुईमत छैन । यसमा प्रकाशित नियमित स्तम्भहरु निकै ज्ञानवद्र्धक छन् । यसले मेरो स्वास्थ्यसम्बन्धी ज्ञान बढाउने काम गरेको छ । त्यसैले हरेक अंकमा नयाँ कुरा लिएर उदाउने डा. प्रकाशराज रेग्मी,समसामयिक कुरामा कलम चलाउने डा. अरुणा उप्रेतीलगायत अन्य सबै लेखक एवं सम्पादन मण्डलप्रति हार्दिक आभारप्रकट गर्दछु ।
– सरिना कार्की, बालाजु, काठमाडौं ।
‘मनको सेरोफेरो’ स्तम्भ खोइ ?
साधना अनलाइनमा पढ्न पाइएकाले खुशी लागेको छ । यसमा भएका प्रायः सबै स्तम्भहरु पढ्ने गरेको छु । यसमा प्रकाशित विषय विज्ञहरुद्वारा लिखित सामग्रीहरु समयसान्दर्भिक र ज्ञानवद्र्धक छन् । साधनाले केही स्तम्भहरुलाई भने नियमितता दिन सकेको देखिएन । नर्स अफ द मन्थ, मनको सेरोफेरोजस्ता स्तम्भ खोइ ? यस्ता लोकप्रिय स्तम्भले नियमितता पाऊन् ।
– बबिना तुलाधर, बनेपा ।

शरीरमा सधै“ सक्रिय रहने अंग

मानव शरीरमा सदा सक्रिय रहिरहने एकमात्र अंग हो मस्तिष्क । हामी केही नगरी बसिरहँदा पनि सक्रिय भइरहन्छ मस्तिष्क । हाम्रो मस्तिष्कले वास्तवमा २४ सै घण्टा काम गरिरहेको हुन्छ । हामी सुतिसकेपछि पनि मस्तिष्कको काम जारी नै रहेको हुन्छ ।
सुतेको अवस्थामा पनि मस्तिष्कले सुन्ने गर्छ र तनाव पैदा गर्ने सबै कारकहरुको व्यवस्थापन पनि गर्छ । यसले गर्दा व्यक्तिले राम्रो निन्द्रा प्राप्त गर्न सक्छ । यस अवधिमा व्यक्तिलाई थाहा नभए पनि दिमागले निर्णय गरिरहेको हुन्छ र समस्याहरुको समाधान खोजिरहेको हुन्छ । सुतिरहेको अवस्थामा पनि नयाँ सम्भावनाहरुको बारेमा सोचविचार गरिरहेको हुन्छ ।
हाम्रो शरीरमा हमेसा अन रहने मस्तिष्क कहिल्यै पनि ब्रेक वा छुट्टी नलिने अंग हो । तर न्युरो साइन्टिस्टहरु मस्तिष्कको पनि सीमाचाहिँ हुने कुरा गर्छन् । निन्द्रा पनि यस्तै एक प्रक्रिया हो । जसमा हाम्रो दिमागले काम गरिरहेको हुने भए तापनि यस अवस्थामा मस्तिष्कले सर्वप्रथम आफैँलाई ठीक अवस्थामा राख्छ ।
स्रोत: बीबीसी

प्रतिक्रिया दिनुहोस्