साधना ग्रामीणमुखी पनि होस्



मैले प्रायः साधनाका लेखहरु नछुटाई पढ्ने गरेकी छु । यसमा प्रकाशित लेखहरु प्रायः शहरिया जीवन बिताउनेहरुका लागि उपयोगी भएको महसुस गरेकी छु ।

सौन्दर्य, खानपानसम्बन्धी लेख–रचनाका साथै स्वास्थ्योपचारमा जोडिएका ल्याब टेस्ट एवं उपचारका विषयमा साधनामा प्रकाशित लेख–रचना नेपालको दुर्गम ग्रामीण समुदायका लागि भन्दा पनि शहरियाहरुका लागि केन्द्रित भएको देखियो ।

त्यसैले साधनाले दुर्गम ग्रामीण भेगका स्थानीयको स्वास्थ्य समस्या, त्यहाँका जडीबुटी एवं घरायसी उपचारका बारेमा पनि कुरा उठाओस् । सुविधा सम्पन्न अस्पताल नभएका ग्रामीण बस्तीका व्यक्तिहरु साधनामा प्रकाशित त्यस्ता लेखबाट लाभान्वित हुन सकून् ।

विजया श्रेष्ठ, जिरी, दोलखा

प्रतिक्रिया दिनुहोस्