“समय नपुग्दैको बुढ्यौलीलाई यसरी रोकौ”



डा .अप्रतिम गोयल एमडी

जसरी व्यक्तिको उमेर बढ्दै जान्छ, त्यसै अनुरुप यसको असर उसको छालामा देखिन थाल्छ । उमेर बढेसँगै छालामा चाउरी पर्ने, धर्काहरु देखिने हुन थाल्छ ।

उमेर बढ्दाको लक्षण कपाल तथा समग्र स्वास्थ्यमा नै परिरहेको हुन्छ । उमेर बढ्दै जाँदा मानिसलाई छिटो–छिटो थकाइ महसुस हुन थाल्छ । कपाल सेतो हुनसक्छ । उमेर धेरै बढेपछि वृद्धावस्थाका लक्षण देखिनु सामान्य नै हो । प्रत्येक व्यक्तिले यसबाट गुज्रनुपर्छ । तर कतिपयलाई चाहिँ कम उमेरमा नै बुढ्यौलीका लक्षण देखिन थाल्छन् ।

यसलाई प्रिमेच्योर एजिङ (उमेर नपुगी बुढ्यौली) अर्थात् असमयमै आएको बुढ्यौली भन्दछौँ । असमयमै आएको बुढ्यौलीमा मानिसको छालामा कम उमेरमा नै चाउरी परेको तथा मसिना रेखाहरु बन्न लागेको देखिन्छ ।

प्रिमेच्योर एजिङको लक्षण:

असमयमै बुढ्यौली आयो भने लक्षणका रुपमा छालामा चाउरीपन तथा मसिना रेखाहरु देखिन थाल्छन् । यस्तै गरी अनुहार, घाँटी, हात आदिमा काला धब्बा तथा दागहरु (हाइपरपिग्मेन्टेसन) देखिन्छन् । यस्ता धब्बाहरुले सबैलाई तनाव दिने भए तापनि महिलाहरु बढी चिन्तित हुन्छन् । किनकि यसले महिलाको सुन्दरतामा कमी आउने भएकाले उनीहरुको आत्मविश्वासमा पनि कमी आउँछ ।

छालालाई मेलानिनले प्राकृतिक रंग प्रदान गर्छ । यो मेलानोसाइटिस कोशिकाहरुद्वारा उत्पादित हुन्छ ।
मेलानिनको उत्पादन बढी भएपछि हाइपरपिग्मेन्टेसन हुन्छ । यस्तै वंशाणुगत कारणले पनि हुन्छ । गर्भावस्था, सूर्यको युभी किरण आदिको कारणले पनि हुन्छ ।
२० देखि ५ वर्षको उमेरका

महिलाहरुबीच तनाव, गर्भनिरोधक चक्कीहरुको सेवन, गर्भधारण, रजोनिवृत्ति आदि कारणले पनि छाला विशेष गरी अनुहारमा दाग आउँछ । २० वर्षको उमेरसम्म चाहिँ संक्रमणका कारणले पन्अिनुहारमा कालो, रातो दाग देखिन सक्छ ।
सूर्यको किरण या परावैजनी किरण (युभी) हाइपरपिग्मेन्टेसनको प्रमुख कारक हो । यसले शरीरमा सीधै मेलानिनको उत्पादनलाई प्रभावित गर्छ । मूलरुपमा मेलानिन एक प्राकृतिक सनस्क्रिन हो । यसले छालालाई सूर्यको परावैजनी किरणबाट बचाउँछ । तर जब सूर्यको प्रत्यक्ष किरण लामो समय वा धेरै बेर पर्छ तब मेलानिनको उत्पादनमा प्रभाव पर्छ । यसका कारण कालो धब्बा बन्न सक्छ ।

छाला सूर्यको अधिक सम्पर्कमा आउनाले ४० वर्षभन्दा बढी उमेरका मानिसमा लेन्टिगो सोलारिस (Lentigo solaris) नामक स–साना धब्बा बन्न सक्छन् । जब मानिसको उमेर बढ्दै जान्छ, उसको छालाका कोषहरु पुनर्जीवित (Regenerate) हुने क्षमता कमजोर हुँदै जानु नै यसको मूल कारण हो । यी साना दागहरु कलेजी रंगका हुन्छन् । त्यसैले यिनलाई लिवर स्पट पनि भनिन्छ ।
मानिसको शरीरका हर्मोनल उतारचढावका कारण पनि अनुहारमा दाग तथा धब्बाहरु देखिन्छन् । यसरी उत्पन्न हुने कालो रंगका दागहरु (पिग्मेन्टेसन) लाई मेलास्मा भन्ने गरिन्छ । यी दागहरु पनि सूर्यको किरणसँग सम्बन्धित छन् । एस्ट्रोजन तथा प्रोजेस्टेरोन हर्मोन सूर्यको प्रकाशको सम्पर्कमा आउनाले मेलानिनको उत्पादनमा प्रभाव परी दागहरु देखिन्छन् ।

कतिपय अवस्थामा परफ्युम लगाएर तुरुन्तै घाममा निस्कँदा छालामा काला धब्बा देखिन सक्छन् । यसलाई रोक्नका लागि अनुहार, घाँटी वा शरीरको अन्य भागमा परफ्युम नलगाई कपडामा मात्र पर्ने गरी लगाउनु उचित हुन्छ ।ठूला शहरमा बस्नेहरुलाई प्रदूषणका कारण पनि अनुहारमा अनेक दागहरु देखिने, छालामा सुख्खा तथा चाउरीपन देखिने हुन्छ ।

यस्तै गरी प्रिमेच्योर एजिङ हुँदा उमेरै नपुगी छालामा सुख्खापन देखिने, छालाको चमकमा कमी आउने हुन्छ । छाला कसिलो नहुने, कपाल झर्ने, कपाल सेतो हुनेजस्ता लक्षणहरु पनि देखिन्छन् । असमयमै बुढ्यौली देखिनुमा घाममा अधिक समय रहनु, इलेक्ट्रोनिक उपकरणको बढी उपयोग, धूमपान गर्नु, अस्वस्थ खाना खानु, मदिरा सेवन गर्नु, निद्रा नपुग्नु, तनावमा रहनु पनि हुन् ।

सनस्क्रिनको प्रयोग नगरी घाममा धेरै बेर बस्दा असमयमै बुढ्यौली आउन सक्छ । सूर्यको किरणको सम्पर्कमा धेरै समय रहनाले छाला छिट्टै बुढो देखिन सक्छ । वास्तवमा सूर्यले छालाको कोशिकाहरुलाई क्षति पु¥याउँछ । कोषहरुमा क्षति पुगेपछि छालामा चाउरीपन देखिन थाल्छ ।

जसले मोबाइल फोन वा इलेक्ट्रोनिक उपकरणको अधिक उपयोग गर्छ उसले प्रिमेच्योर एजिङको सामना गर्नुपर्ने हुनसक्छ । वास्तवमा ब्ल्यु लाइटले छालामा परिवर्तन ल्याइदिन्छ । नीलो रंगले कोलेजन तथा छालाको लचकतालाई प्रभावित पारिदिन सक्छ । यसले गर्दा छालामा चाउरीपन तथा मसिना रेखाहरु देखिन सक्छन् । ब्ल्यु लाइटले ताप पैदा गरिदिन सक्छ, यसले छालामा गर्मी महसुस गराउन सक्ने हुन्छ ।
खानपान:
अस्वस्थ खाना सेवन गर्नु प्रिमेच्योर एजिङको महत्वपूर्ण कारण हो । किनकि हामी जे खान्छौँ, त्यसको असर हाम्रो शरीरमा प्रत्यक्ष रुपमा पर्छ । यदि हामीले अधिक चिनी भएका तथा चिनी भएका प्रशोधित खाना खान्छौँ भने हामीले निश्चत रुपमा नै प्रिमेच्योर एजिङको सामना गर्नुपर्छ । फास्ट फुड, तारेको, भुटेको धेरै खाना तथा जंक फुड धेरै खानेले पनि प्रिमेच्योर एजिङलाई निम्तो दिन्छन् ।

धूमपान स्वास्थ्यका लागि सधैँ हानिकारक नै हो । यो सम्पूर्ण स्वास्थ्यका लागि अहितकर छ । वास्तवमा यसले छालाको कोषहरुमा पनि क्षति पुर्‍याउँछ । धूमपान गर्दा उत्पन्न हुने र शरीरले ग्रहण गर्ने निकोटिन नामक विषाक्त पदार्थले छालाको कोलेजन तथा इलास्टिसिटीलाई कम गरिदिन्छ ।

यसले छालामा चाउरी पर्न शुरु हुन्छ । साथै चुरोटको धुवाँले छालामा सुख्खापन सिर्जना गरिदिन्छ । यसले चाउरीपन देखिने र असमयमै बुढ्यौली आउने हुन्छ । मदिराको सेवनले कलेजोको साथै छालालाई पनि प्रभावित गर्छ । मदिरापान गर्नाले छाला सुख्खा हुन्छ । साथै छालाका कोषहरुमा पनि क्षति पुग्छ । यसले गर्दा उमेर पुग्नुअघि नै बुढ्यौली देखा पर्छ ।स्वस्थताका लागि पूरा निद्रा आवश्यक हुन्छ । पर्याप्त रुपमा निद्रा पुगेन भने समयअघि नै बुढ्यौली आउँछ । अध्ययनबाट थाहा पाइए अनुसार निद्राको कमीले छालाका कोषहरुको उमेर छिटो बढाइदिन्छ ।

तनावमा रहँदा पनि त्यसको असर छालामा पर्न सक्छ । जब कुनै व्यक्ति तनावमा पर्छ, उसको मस्तिष्कको कोर्टिसोल नामक स्ट्रेस हर्मोनलाई रिलिज गर्छ । यसले असमयमै बुढ्यौली निम्त्याउँछ । यसले छालालाई तन्काइदिन सक्छ ।

असमयमै हुने बुढ्यौलीबाट बच्ने उपाय:

असमयमै हुने बुढ्यौलीबाट बच्नका लागि हेल्दी डाइट याने स्वस्थ खाना लिने, घामबाट सकेसम्म बच्ने, घाममा निस्किँदा टाउको ढाकेर अनुहारमा प्रत्यक्ष सूर्यका किरण पर्न नदिने गर्नुपर्छ ।

छाला घाममा पर्ने अवस्थामा सनस्क्रिन लगाउने, छालामा जथाभावी परफ्युम नलगाउने, पानी प्रशस्त पिउने, मदिरा तथा धूमपान नगर्ने, नियमित एक्सरसाइज गर्ने, ध्यान गर्ने, तनावमा नपर्ने, निद्रा पुग्ने गरी सुत्ने गर्नुपर्छ । कम्तीमा ७ देखि ८ घन्टा सुत्नुपर्छ ।
स्रोत:ओन्ली माई हेल्थ

प्रतिक्रिया दिनुहोस्