साधनाले निरन्तरता पाइरहोस्



साधनाको फागुन अंक (पूर्णाङ्क २९९) अनलाइनमा पढ्न पाइयो । यस अंकका सबै लेखहरु उत्कृष्ट नै छन् । तीमध्ये पनि डा. प्रकाशराज रेग्मीको ‘वाहा कोदो’ शीर्षकको लेख अहिलेको परिप्रेक्ष्यमा धेरै उपयोगी लाग्यो ।

कोदो कति महत्वपूर्ण अन्न रहेछ भन्ने कुरा यस लेखबाट मैले बुझेँ । निद्रासम्बन्धी लेख त्यत्तिकै पठनीय र उपयोगी छ । स्पोर्ट मेडिसिन, स्मार्ट फोन, यौनजीवन, महिला स्वास्थ्यसम्बन्धी विज्ञहरुका लेखले सम्बन्धित क्षेत्रका व्यक्तिहरुलाई तानेको महसुस गरेको छु ।

त्यस्तै डा. हरिहर खनालले दिनुभएको स्वास्थ्यसम्बन्धी प्रश्नको उत्तर जो–कोहीका लागि उपयोगी देखिन्छ । समग्रमा यस पत्रिकाले यस्तै लेख–रचनाहरु प्रस्तुत गरेर निरन्तरता पाइरहोस् ।

– अनन्त श्रेष्ठ, विराटनगर 

प्रतिक्रिया दिनुहोस्