मटरकोसाको बोक्रा पनि स्वास्थ्यवद्र्धक



जाडो शुरु हुनेबित्तिकै बजारमा हरियो मटरकोसा उपलब्ध हुन थाल्छ । त्यसैले यो समयमा हरेकको भान्सामा मोटरकोसा पुगेको हुन्छ । मटरकोसा छोडाएर यसका दानाहरु कुनै पनि तरकारी र अन्य परिकारमा समेत मिसाउने गरिन्छ । मटरकोसामा पाइने प्रोटिन र भिटामिनजस्ता गुणले यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

मटरकोसाको दानासँगै यसको बोक्रा पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा बिर्सनुहुँदैन । तर मटरकोसाको बोक्रा चाहिँ प्रायजसोले फाल्ने गरेको देखिन्छ । यसको बोक्रामा पाइने गुण र पोषक तत्व तपाईंको स्वास्थ्यका लागि धेरै हितकर हुन्छ ।हरियो मटर जति स्वादिष्ट र पौष्टिक हुन्छ, यसको बोक्रा पनि उत्तिकै पौष्टिक हुन्छ । यदि तपाईं पनि मटरको बोक्रालाई बेकारको रूपमा लिई फ्याँक्नुहुन्छ भने, आजबाटै बन्द गर्नुहोस् । मटरकोसाको बोक्रामा पर्याप्त मात्रामा क्याल्सियम, फाइबर, भिटामिन, कपर आदि पाइन्छ । यस्तो बोक्राको सेवनले तपाईंको पाचन प्रणालीलाई मजबुत बनाउँछ । मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्न पनि निकै फाइदाजनक हुन्छ ।

यसमा पाइने फाइबरको पर्याप्त मात्राले तौल घटाउन र पाचन प्रणालीमा सुधार गर्न निकै उपयोगी हुन्छ । त्यस्तै शरीरमा खराब कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न पनि मटरकोसाको बोक्राको सेवन उत्तम मानिन्छ । शारीरिक तौल घटाउन र मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम गर्नसमेत यो धेरै उपयोगी मानिन्छ । मटरकोसाको बोक्राको भित्री झिल्ली निकाल्नचाहिँ अलि मेहनत गर्नुपर्ने हुन्छ ।
स्रोत: www.onlymyhealth.com

प्रतिक्रिया दिनुहोस्