लेखक एवम् साधना टिमलाई नववर्षको शुभकामना 



साधना हेल्थका हरेक अंकमा नयाँ–नयाँ कुरा पढ्न पाउँदा म यसप्रति बढी नै आकर्षित भएकी छु । अझ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा प्रस्तुत हुँदै आएको ‘नयाँ कुरा’ स्तम्भ मेरो झनै रोजाइमा पर्ने गरेको छ । इडिटर्स पिक, जनस्वास्थ्य, यौनजीवन, महिला स्वास्थ्य, आयुर्वेद आदि स्तम्भ पनि हरेक अंकमा फरक विषयमा फरक कोणबाट प्रस्तुत गरिँदा हामी पाठकले फरक–फरक खुराक ग्रहण गर्न पाएका छौं । यसका लागि स्तम्भकारज्यूहरुप्रति कृतज्ञता प्रकट गर्दछु । अन्त्यमा, नववर्ष २०८० को पावन अवसरमा लेखक एव सम्पूर्ण साधना टिमलाई हार्दिक मंगलमय शुभकामना

प्रतिक्रिया दिनुहोस्