पिताप्रति छोरीको आकर्षण



डा. राजेन्द्र भद्रा

वर्जित भए पनि हामीले संसारभरिमै पिता र छोरीको यौनसम्बन्ध भएको घटना सुन्दै आएका छौं । नेपामा पनि बारम्बार यस्ता घटना भएको सन्दर्भले सञ्चार क्षेत्र र समाजलाई तताउने गर्दछ । धेरैजसो सन्दर्भमा पिताबाट छोरीले यौनशोषण वा दुराचार भोग्नुपरेको स्थिति हुन्छ । पिता र छोरीबीचको यौनसम्बन्ध एक वर्जित मात्रै होइन, कानुनतः अपराध मानिन्छ । विशेष गरी पश्चिमा समाजमा सौतेलो पिताको हकमा पनि यस्तो सम्बन्ध वर्जित हुँदाहुँदै यौन सम्बन्धका घटना बारम्बार हुने गरेको भेटिन्छ । तर यसदेखि बाहेक केही परिस्थितिमा छोरीले पितासँग प्रणय तथा यौनसम्बन्ध आफ्नो रुचिले राखेको भनिएका घटना पनि भएका छन् ।

सन् १९१२ मा अंग्रेजी पत्रिका ‘मिरर’ले ३६ वर्षीया जेन (नाम परिवर्तन) भन्ने एक महिलाले आफ्नो विवाहको सात वर्षपछि पतिलाई छोडेर पितासँग सम्बन्ध विकास गरेको र यौनसम्बन्ध पनि राखेको कुरा गरेकी छिन् । पछि पितालाई उनले यौन प्रलोभनमा पारेकी वा पिताले उनलाई भनेर त्यसमा केही विवाद पनि रहेको थियो । सन् २०२२ मे महिनामा प्रशिद्ध पत्रिका ‘द सन’ मा जोन डेभस र छोरी जेनिफर डेभसले यौनसम्बन्ध राखेको र सो सम्बन्धबाट सन्तान पनि जन्माएको घटना छापियो । जेनिफरले यो सम्बन्ध अन्य व्यक्तिसँगको जस्तै भएको र कसैलाई हानि नपु¥याएको भनेको उल्लेख गरिएको थियो । यसदेखि बाहेक पनि यस्ता अन्य घटनाबारेमा पत्रप्रत्रिकामा समाचार नआएका होइनन् ।

नेपालको सन्दर्भमा भने पिता र छोरीको बीचमा यौनसम्बन्ध रहेका घटनाहरू प्रशस्तै प्रकाशमा आए पनि सो विशेषतः यौनशोषणको रुपमा आएको पाइन्छ । तर यसको अर्थ यो होइन कि यस्ता घटना भएका छैनन् वा हुँदैनन्, यकिनका साथ भन्न सकिने स्थिति छैन । हुन सक्छ, सामाजिक रुपमा वर्जित भएकोले यस्तो घटना घटे पनि बाहिर आउने स्थिति नभएको होस् । मनोविश्लेषणको बारेमा केही जानकारी राख्नुहुने कतिपयको मनमा कतै यो मनोविश्लेषक फ्रायडले प्रतिपादित गरेका इलेक्ट्रा कम्प्लेक्स नै हो कि त भनेर प्रश्न उठ्न सक्ला ?

पिताप्रतिको आकर्षण के हो ?

इलेक्ट्रा मनोग्रन्थि Electra Complex केटीहरूमा हुने पिताको स्नेह प्राप्तिको लागि आमासँगको प्रतिस्पर्शी भावना जनाउने मनोविश्लेषणात्मक शब्द हो । यसलाई छोराको सन्दर्भमा आमाप्रतिको आकर्षण जनाउने ओडिपल मनोग्रन्थि -Oedipal Complex_ को विपरीत अर्थको रुपमा लिने गरिन्छ ।

यस्तो मनोवैज्ञानिक स्थिति प्रशिद्ध मनोवैज्ञानिक फ्रायडले गरेका भए पनि इलेक्ट्रा कम्लेक्स शब्दको प्रयोग भने उनका सहयोगी कार्ल यङ्गले सन् १९१३ मा गरेका थिए । फ्रायडका अनुसार महिलाको मनोयौनिक विकासको क्रममा बालिकाहरू शुरुमा आमासँग सामीप्यता भएको हुने भए पनि जब उनले आफ्नो लिङ्ग नभएको थाहा पाएपछि लिङ्ग नभएको (काटिएको) दोष आमालाई लगाउँदै पिताप्रति सामीप्यता खोज्न थाल्छ वा भनौं आकर्षित हुन थाल्छ ।

इलेक्ट्रा मनोग्रन्थि -Electra complex_ को नामकरण भने युनानी Greek मिथक वा पौराणिक कथाका पात्रबाट लिइएको छ । इलेक्ट्राले आफ्नो राजा पिता अगामेमनन -Agamemnon_ को हत्या गर्ने आमा र उनका पे्रमीको हत्या गरी बदला लिइएको घटनामा आधारित छ ।

फ्रायडले प्रतिपादित गरेको सिद्धान्त अनुसार विकासको क्रममा कामवासनाको ऊर्जा बालबालिकाको यौन उत्तेजना हुने अङ्गहरूमा केन्द्रित हुन्छ । मनोयौनिक विकास सिद्धान्तअनुसार ५ निम्न अवस्थाहरू वा चरणहरू हुन्छन् । १. मौखिक Oral अवस्था (जन्मदेखि १ वर्षसम्म), २. गुदा Anal अवस्था (१ देखि ३ वर्षसम्म), ३. लैंगिक Phallic अवस्था (३ देखि ६ वर्ष सम्म), ४. सुषुप्त अवस्था (६ वर्षदेखि १२ वर्ष वा यौवनावस्थासम्म) र ५. प्रजनन अङ्ग Genital अवस्था (यौवनावस्थादेखि जीवनपर्यन्त) । फ्रायडका अनुसार इलेक्ट्रा Electra कम्लेक्स अर्थात् पिताप्रतिको आकर्षण लैंगिक (एजबििष्अ) अवस्थामा विकसित हुने गर्दछ ।

समस्या र यसको सामना

व्यक्तिको उमेर बढ्दै जाँदा सामान्यतया छोरीले आफ्नी आमासँगको सन्दर्भमा आफ्नो पहिचान बनाउन थाल्ने हुन्छ र आमाको व्यक्तित्वका विशेषताहरूलाई आफ्नो अहम् (भ्नय) मा समाहित गर्न थाल्ने हुन्छ । अन्ततः यस प्रक्रियाले छोरीलाई आफ्नी आमाको नैतिकतालाई उनको पराअहम् (क्गउभच भनय) मा समावेश गर्न सक्ने बनाउँछ । पराअहंले आफ्ना आवेगहरूलाई नियन्त्रण गर्न सहयोग गर्दछ । फ्रायडको दृष्टिकोणमा यही पराअहंको प्रभुत्वले नै बालबालिकालाई आफ्नो लैंगिक भूमिकाहरू स्वीकार गर्न, यौनिकता बुझ्न र नैतिकता भावना निर्माण गर्न सक्ने बनाउँछ । यसरी छोरीको बाल्यावस्थामा पिताप्रतिको आकर्षण तथा आमाप्रतिको प्रतिस्पर्धा स्वतः नै सुल्झिने गर्दछ र त्यसले वयष्क जीवनमा कुनै असर पर्दैन ।

तर भनिन्छ, केही परिस्थितिहरूमा भने इलेक्ट्रा मनोग्रन्थि नसुल्झिन सक्छ र त्यसले केही वयष्क जीवनमा केही समस्या गराउन सक्छ । यस्तो किन हुन्छ त ? पक्का भन्न सकिने स्थिति नभए पनि कुनै आघातपूर्ण घटना वा कारणले नसुल्झिएको हुन सक्ने भनिन्छ । यसका केही लक्षणहरू भने निम्नानुसार हुने गर्दछ ।
– आमालाई बेवास्ता गर्ने वा शत्रुतापूर्ण व्यवहार गर्ने वा कुनै कारणविना नै आमालाई नरुचाउने ।
– पिताले गरेका कुरामात्र ठीक मान्ने ।
-पिताको जस्तो विशेषता भएको व्यक्तिसँग प्रणय सम्बन्ध राख्न चाहने । आफ्नो यौन वा जीवन साथीमा पिताको जस्तै नै विशेषता वा विम्ब खोज्ने । अनि आफ्नो केटा साथीको व्यक्तित्वलाई आफ्नो पिताको अनुसार छ वा छैन भनी दाँज्ने गर्दछन् ।
-पिताले गर्ने गरेका कार्यहरूमा एकदमै संलग्न हुन चाहने ।
-निर्णय लिन केटा साथीमा पूर्णरुपमा भर पर्ने वा उसकै आश्रय खोज्ने ।

 

बालिकाको स्वस्थ विकासमा पिताको महत्वपूर्ण भूमिका हुने गर्दछ ।

सहयोगी, स्नेही तथा राम्रो सञ्चारयुक्त सम्बन्ध रहेको पितासँग हुर्केकी छोरीको भविष्यमा प्रणय जीवन राम्रो हुने बताइन्छ । उनीहरूको कम उमेरमा र भैपरि यौनसम्पर्क राख्ने सम्भावना निकै कम हुन्छ भने अर्कोतिर उनीहरू बढी आत्मविश्वासी हुने, अनिश्चित यौनसम्पर्क वा अन्य कार्य अस्वीकार गर्न सक्ने क्षमतावान् हुन्छन् भने भविष्यमा जीवन साथीसँगको जीवन भरिपूर्ण र सुखद हुने बताइन्छ ।

समाधानको लागि
पहिलो कुरा त माथिका जस्ता लक्षणहरू देखिएमा केही समस्या छ भनेर सोच्नुपर्ने हुन्छ । भनिन्छ, कतिपय स्थितिमा यसले व्यक्तित्व विकासमा अवरोध गर्न सक्दछ । अनि चिन्ता, तनावलाई बढाउन सक्ने र स्वस्थ सञ्चारमा पनि बाधा पु¥याउन सक्छ । त्यसैले यसको समाधान खोज्नु आवश्यक हुन्छ ।

यसको पहिचान र समाधानको लागि आत्म–सचेतना (क्भाि(बधबचभलभकक) को प्रयास गर्नुपर्दछ । यसको लागि निकै नै धैर्यता र निरन्तर प्रयासको आवश्यक पर्दछ । तपाईं समस्यामा हुनुहुन्छ भन्ने नै नलाग्न सक्छ । त्यसैले तपाईंमा यस्तो लक्षण छ वा छैन र त्यसले केही समस्या पारेको छ वा छैन भनेर वस्तुस्थितिको राम्रो विश्लेषण गर्नुपर्दछ । आत्म–सचेतनाको साथै के–कस्ता समस्या पारेको छ भन्ने पनि थाहा पाइन्छ र त्यसको अस्वीकार गर्नुको सट्टा समस्या रहेको कुरामात्रै होइन, त्यसको जिम्मेवारी पनि लिनुपर्दछ । जिम्मेवारी लिएपछि त्यसलाई न्यूनीकरण गर्ने बाटो खुल्दछ । सुल्झिन नसकेको इलेक्ट्रा मनोग्रन्थिले वयष्क जीवनमा विशेष गरी प्रणय सम्बन्धको बारेमा गलत निर्णय गर्न सक्ने सम्भावना हुन्छ । त्यसैले पनि यस्तो समस्या भएमा हेलचक््रयाइँ नगर्ने सल्लाह दिइन्छ । आत्म–सचेतना प्राप्ति गर्ने प्रयास आफैँले नसकेमा मनो विशेषज्ञको सहयोग लिनु आवश्यक हुन्छ ।

केही विवादका कुरा

फ्रायडले प्रतिपादन गरेका अनेक सिद्धान्तमध्ये यो एक चर्चित तथा विवादास्पद सिद्धान्त हो । ओडिपन कम्लेक्स (मनोग्रन्थि) को अर्को पक्षको रुपमा यसलाई प्रस्तुत गरे पनि उनले केटाको तुलनामा केटीको मनोयौनिक पक्षबारे कम जानकारी रहेको स्वीकारेका थिए । अहिलेका धेरैजसो मनोचिकित्सक वा मनोविश्लेषकहरू फ्रायडको यो सिद्धान्तलाई स्वीकार नगर्ने पाइएको छ ।

उनीहरू यो सिद्धान्त पुरानो मात्रै होइन, लैंगिक भेदभावयुक्त रहेको ठान्छन् । उनीहरूको विचारमा फ्रायडले विपरीत लिंगी यौनिकता तथा लैंगिकतालाई मात्र विचार गरेर त्यसको आधारमा बनाइएको यो सिद्धान्तले अन्य किसिमको यौनिकता वा लैंगिकताका कुरालाई नसमेटेको स्थिति छ भन्ने गर्दछन् ।

यो सिद्धान्तले एकल अभिभावक (माता वा पितामध्ये एक) मात्र भएको परिवार, समलिंगी अभिभावक वा समलिंगी व्यक्तिको यौनिकतालाई समेट्न नसकेको भनाइ छ । फ्रायडका मनोयौनिक विकासका चरणहरू पुरुषमा आधारित भएर बनाइएको साथै वैज्ञानिक रुपमा प्रमाणित गर्न गाह्रो रहेको आरोप छ । जे भए पनि यसले मनोविश्लेषणात्मक विचारका इतिहासलाई हेर्ने एक झ्यालको रुपमा रहेकोमा भने धेरै सहमत होलान् ।

प्रतिक्रिया दिनुहोस्