मेरो रोजाइमा साधना



हरेक साधनामा नयाँ कुरा स्तम्भमा प्रा.डा. प्रकाशराज रेग्मीका लेखहरु पढ्ने गरेकी छु । साँच्चै उहाँका लेखहरुमा उल्लिखित कुराहरु साधारण तर हाम्रा लागि नयाँ नै हुन् ।

त्यस्तै श्रीरामसिंह बस्नेतद्वारा लिखित लेख पढेपछि फेरि अर्को अंकमा के विषयमा लेख्नुहुन्छ भनेर कौतुहल लाग्ने गरेको छ । गत वैशाखमा प्रकाशित ‘सुहागरातमा धर्मसंकट’ र जेठमा प्रकाशित ‘टार्न नसकिने झन्झट रजस्वला’ शीर्षकका उहाँका लेखको गहिराइ मैले मापन गर्न सकिन । यसको मत्लब यी लेख अति उत्कृष्ट लाग्यो ।

यस्ता लेख जो–कसैका लागि क्षिक्षाप्रद हुन्छन् । हुन त साधनाका अरु लेखलाई पनि कम आँक्न मिल्दैन । सबै उत्तिकै महत्वपूर्ण छन् । यसै कारण स्वास्थ्य पत्रिकाहरुमध्ये साधनालाई मैले नं. १ मा राखेकी छु । यो मेरो रोजाइमा परेको छ । यसमा मानसिक समस्याका बारेमा आजकल पढ्न नपाएकीले यसबारेमा पनि कलम चलाइदिन आग्रह गर्दछु ।
–सुबिना गौतम, ताहाचल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्