रजस्वलाबारे उपयोगी लेख



साधनाको केही अंकदेखि श्रीरामसिंह बस्नेतद्वारा लिखित लेखहरु नछुटाई पढ्ने गरेकी छु । महिलासँग सम्बन्धित समस्याका बारेमा लेख्नुभएकाले पनि मेरो ध्यान उहाँका लेखहरुमा आकृष्ट भएको हो । मेरो एक साथीलाई विवाहको अघिल्लो दिन रजस्वला भएर धर्मसंकट परेको थियो, जसले गर्दा विवाह नै सार्नुपरेको थियो । यस सन्दर्भमा लेखक बस्नेतले गत जेठमा ‘टार्न नसकिने झन्झट रजस्वला’ शीर्षकमा लेख्नुभएको लेख अति उपयोगी लाग्यो ।

किशोरावस्थाको प्रारम्भदेखि शुरु हुने रजस्वलाले महिलाको शारीरिक, भावनात्मक, यौनिक, पारिवारिक र सामाजिक पक्षमा धेरै प्रभाव पारेको हुन्छ । अर्को कुरा, उमेर ढल्किँदै गएर निश्चित विन्दुमा पुगेपछि रजस्वला सधैँका लागि बन्द अर्थात् रजोनिवृत्त हुन्छ । रजोनिवृत्त हुने बेलामा केही शारीरिक र मनोभावनात्मक परिवर्तनको अनुभव महिलाले गर्छन् ।

यस्ता जानकारीमूलक सन्देशसहित रजस्वला टार्न नसके पनि राम्रोसँग व्यवस्थापन गरी जीवन सहज बनाउन सकिने कुरा लेखक बस्नेतले अघिल्ला दुई साधनामा दर्शाउनुभएको छ । आगामी साधनामा पनि यस्तै महिलाका लागि उपयोगी लेखको अपेक्षा गर्दछु ।
– सुमिना, चितवन ।

 

प्रतिक्रिया दिनुहोस्