साधनाको लेखले आशा जगायो



म साधनाको नियमित पाठक हुँ । अनलाइनमार्फत हरेक साधना निःशुल्क पढिरहेको छु । हामी जस्ता गृहिणीका लागि घरमै बसेर यसरी स्वास्थ्यका विषय पढ्न पाउनु सुखद कुरा हो । साधनाको गत साउनको अंकमा प्रकाशित ‘किन कमजोर हुँदै छ पुरुषको प्रजनन क्षमता ?’ भन्ने लेखले मलाई आकर्षित ग-यो ।

किनकि म आमा बन्ने रहर बोकेर बसेकी एक महिला हुँ, तर आमा बन्न सकेकी छैन । यसले गर्दा घर–परिवार र छिमेकले मलाई हेर्ने व्यवहारमा फरकपन आएको मैले महसुस गरेकी छु ।

हाम्रो समाजमा अझै पनि बाँझोपन हुनुको मूल कारण महिला नै हो भनेर महिलाको मात्र परीक्षण गराउने, पुरुषचाहिँ परीक्षणका लागि जाँदै नजाने, गर्भाधान भएन भने अर्को बिहे गर्ने परम्परा र कुविचार छ ।

यस कुविचारलाई चिर्न साधनाको यो अंक उपयोगी देखिन्छ । मेरो श्रीमान्ले पनि साधनाको लेख पढ्नुभएकाले अब हाम्रो जीवनमा खुशीको वहार ल्याउन मद्दत पुग्ला कि १ आशा जगाएको छ ।

– एक पीडित महिला, धादिङ ।

प्रतिक्रिया दिनुहोस्