साधनाप्रति अगाध स्नेह



साधना हेल्थ एन्ड ब्युटी पत्रिकाको म नियमित पाठक हुँ । खासमा भन्ने हो भने साधनामा उल्लेख गरिएको
ब्युटिकेयर सम्बन्धी लेखबाट नै म ब्युटिसियन पेसामा आबद्ध हुन पुगेको हुँ । त्यसैले यो पत्रिकाप्रति मेरो अगाध स्नेह छ । तर पछिल्ला वर्षहरुमा ब्युटिकेयरबारे साधनामा धेरै लेखहरु आउन छोडेको मैले महसुस गरेकी छु । म एक ब्युटिसियन भएकीले पनि यो स्तम्भ मेरा लागि चासोको विषय बनेको छ । त्यसैले यो स्तम्भलाई प्राथमिकतामा राखियोस् ।

– सिमाली राना, सिमाली ब्युटिपार्लर, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्