जीवनशैलीमा दैनिक कार्यतालिकाको महत्व



डा. क्षितिज बराकोटी

प्रावृतिक चिकित्सकके तपाईंको जीवनशैली अस्तव्यस्त छ ? कुन बेला के गर्ने भन्ने व्यवस्थापन गर्न कठिनाइ छ ? यदि त्यसो हो भने यो लेख राम्ररी पढ्नुहोस्, ताकि आफ्ना गतिविधि समयतालिका र कार्यतालिका निर्माण गरी सोही आधारमा जीवनशैलीलाई व्यवस्थित बनाउन र सहज जीवनयापन गर्न सकियोस् ।

दैनिक कार्यतालिका भनेको के हो ?
दिनभर के–कति कार्यहरु गर्ने भन्नेबारे समयसहितको तालिका नै कार्यतालिका हो । जीवनशैलीका लागि दैनिक कार्यतालिकाको अर्थ विभिन्न गतिविधिहरुको व्यवस्थित प्रयोगका लागि तयार गरिएको दैनिक योजनासहितको कार्यान्वयन गरिने काम र समयको तालिका हो जसमा बिहान उठेदेखि सुत्ने बेलासम्मका सकेसम्म सबै वा नसके खासखास कार्यहरुलाई स्पष्ट समावेश गरिएको हुन्छ । यसले व्यक्तिको दिनचर्या तथा रात्रिचर्याका कामहरुलाई लेखेर आफूले देख्ने ठाउँमा लेखेर टाँस्ने, आपूmलाई सम्झाउने ढंगले कागज, पाटी वा डिभाइसहरुमा लेख्ने, नोट गरेर राख्ने गरिन्छ ।

दैनिक कार्यतालिकाले व्यक्तिलाई अनुशासित बनाई उसभित्र निश्चयता र आत्मविश्वास जगाउँछ ।

हरेक कार्यहरु जीवनशैलीका अंशहरु हुन् । तथापि कतिपय अवस्थामा कार्यतालिका (Work schedule) लाई केवल पेसागत कार्यतालिका f (Job work schedule) का रुपमा मात्र हेरिन्छ । तर जीवनशैलीका दृष्टिकोणमा हेर्ने हो भने अर्थोपार्जन होस् वा नहोस् हरेक गतिविधि वा कार्यहरुले हाम्रो जीवनमा सकारात्मक वा नकारात्मक प्रभाव छाडेको पाइन्छ । त्यसैले यहाँ दैनिक कार्यतालिका भनेको निश्चित समयमा निश्चित काम गर्ने तालिका हो, गतिविधिहरुलाई सुव्यवस्थित गर्ने समयसारणी (Time table) हो भन्ने बुझनुपर्दछ ।

आवश्यकता र महत्व
समय व्यवस्थापन गर्ने तरिका नमिल्दा, नजान्दा वा समयप्रतिको लापरबाहीका कारण धेरै मानिसहरु तनाव र अव्यवस्थित जीवनशैलीबाट गुज्रनुपरेको देखिन्छ । यदि आफ्ना हरेक गतिविधि र कामहरुलाई प्राथमिकता र आवश्यकताका आधारमा समयमै सम्पन्न गर्ने हो भने जीवन नै सहज बन्छ, व्यवस्थित बन्दछ ।

उदाहरणको लागि हरेक दिन कति बजे उठ्ने, नित्य कर्म गर्ने, व्यायाम गर्ने, योग साधना गर्ने, व्यक्तिगत वा सामाजिक कार्यहरु गर्ने, खाने, पिउने, व्यावसायिक गतिविधि एवं सामाजिक कार्यहरु गर्ने, आराम गर्ने, मनोरञ्जन गर्ने, पढ्ने, खेल्ने, सुत्ने आदि विभिन्न गतिविधि तथा कामहरु गर्दा समयसारिणी, गतिविधि तालिका वा कार्यतालिका बनाएर ग¥यौं भने त्यो नभुलीकन, समय सीमाभित्रै गर्न सक्छौं, प्राथमिकता दिएर सम्पन्न गर्न सक्छौं । दैनिक रुटिन अनुरुप काम गर्ने बानी बसाल्ने गर्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ र समयको पनि बचत हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरु

दैनिक कार्यतालिका वा समयतालिका बनाउँदा सर्वप्रथम व्यक्तिगत स्वास्थ्य र तन्दुरुस्तीलाई ध्यान दिएर समय छुट्याउनुपर्दछ । बिहान उठेर शौचादि गर्ने, शरीरको सक्रियता बढाउन शारीरिक अभ्यास गर्ने, शरीर तथा मन एवं भावको फिटनेसका लागि योग गर्ने, बिरामी हुनुहुन्छ भने डाक्टरकहाँ जाँच र उपचारको लागि समय छुट्याउने, यदि आर्थिक डामाडोल भएको छ भने अर्थोपार्जनको योजनासहित काम गर्ने, पढाइ कमजोर छ भने विद्यार्थीले त्यसलाई सुधार गर्न समय निकाल्ने, सम्बन्ध बिग्रँदो छ भने कायम गर्न समय दिने आदि आवश्यकता र प्राथमिकताका आधारमा दैनिक कार्यतालिका वा गतिविधि तालिका निर्माण गर्नुपर्दछ ।

व्यक्तिपिच्छे प्राथमिकता र आवश्यकताहरु फरक हुन सक्छन्, त्यसैले आफ्नाे कामहरुको विशिष्ट पहिचान गर्न सक्नुपर्दछ । कुन काम नगरी नहुने हो, पहिले कुन काम सकिहाल्नुपर्दछ, कुन काम छिटो नगर्दा समस्या आउन सक्छ ? यस्ता कुराहरुका आधारमा दैनिक कार्यतालिका वा रुटिन निर्माण गर्नुपर्दछ ।

दैनिक कार्यतालिकाको सम्मान गर्नुहोस्
कार्यतालिका बनाउने तर त्यसलाई अपनाउन लापरबाही गर्ने वा पूरा नगर्ने, दुई–चार दिन गरेर समयलाई ध्यान नदिने बानी धेरैको हुन्छ । यसो गरिएमा समयप्रतिको लापरवाही र गैरजिम्मेवारी ठहरिन्छ । समयले कसैलाई पनि पर्खिंदैन, समयको पहिचान गरी यसको उच्चतम सदुपयोग गर्ने बानी गर्नुपर्दछ । त्यसैले यसका लागि मनदेखि नै समयको परिपालना गर्न दृढ संकल्प गर्नुपर्छ । मैले कुनै पनि हालतमा दैनिक कार्यतालिकामा भएका कामहरुलाई पूरा गर्नै पर्छ भन्ने भाव लिएपछि बल्ल पूरा हुने सम्भावना रहन्छ ।

आवधिक कार्यतालिका
कतिपय काम वा योजनाहरु एकै दिनमा पूरा हुन सक्दैनन् । यस्तो अवस्थामा एक साताभित्र गरिने कामको रुपरेखा र कार्यतालिका निर्माण गर्न सकिन्छ । कतिपय कामहरुका लागि अर्धमासिक, मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक, द्वैवार्षिक आदि समय अवधिका योजनाहरु पनि लिखितरुपमा अनुमानित समयतालिका वा कार्यतालिका बनाउन सक्नुपर्छ ।

कतिपय योजनाहरु पाँच–दश वर्षभित्र के–कसरी काम गर्ने भन्ने योजनाको खाका पनि तयार गर्नुपर्छ । ऋण लिएको भए कति समयसम्म तिरिसक्ने हो, सीमा तोकेर योजना बनाउनुपर्छ, यसै गरी पढाइ पूरा गर्ने, घर बनाउने, बिहे गर्ने, छोराछोरी जन्माउने, हुर्काउने, पढाउने आदि दीर्घकालीन योजनाहरुलाई पनि व्यवस्थित बनाउन सही सोच र संकल्प लिनै पर्छ, जसलाई सही कार्यतालिका एवं कार्ययोजनाले सहयोग गर्दछ ।

कार्यतालिका निर्माणका फाइदाहरु
दैनिक कार्यतालिकाले व्यक्तिलाई अनुशासित बनाई उसभित्र निश्चयता र आत्मविश्वास जगाउँछ । आफू स्वयं र परिवार, साथीभाइ तथा कामसँग सम्बन्धित व्यक्तिहरुलाई तनावरहित बनाउँछ । कामलाई सुव्यवस्थित बनाउँछ । यसबाट क्षण–क्षण समयको सदुपयोग गर्न र कार्यशैलीलाई व्यवस्थित गर्नसमेत सहयोग गर्दछ । एउटा निश्चित रुटिनको निर्माण गर्दछ । जसले व्यक्तिलाई अनुशासित बनाउँछ, उसमा निश्चयता र आत्मविश्वास जगाउँछ ।

स्वयं र अरुलाई पनि आनन्दित बनाउँछ । घर र कार्यस्थललाई आनन्दित बनाउँछ । यसरी नै कार्यतालिका निर्माणबाट समयको बचत, योजना निर्माणमा सहजता, उचित निर्णय लिन, विश्लेषण र मूल्यांकनमा पनि सहयोग प्राप्त हुन्छ । कुन काम कति समयमा पूरा गर्ने भन्ने लक्ष्य निर्धारण गर्न र कामको बोझ घटाउन, कार्यलाई निरन्तरता दिन, हस्याङफस्याङ गर्नबाट जोगाउन सजिलो पार्छ र बढी काम गर्दा पनि थकान, तनाव कम भई विश्रामको अनुभूति हुन्छ ।

समयतालिका र कार्यतालिका मिलाई काम गर्दा काम निरन्तर हुने हुन्छ, जसले गर्दा दिमागमा उक्त कामको भाव रहिरहन्छ, बिर्सन दिँदैन, काम पूर्ण भएको अनुभूति हुन्छ, लक्षित कामहरूमा तीव्र प्रगति हुन्छ, जसबाट सन्तुष्टि प्राप्त हुन्छ । नसोचेका सफलताहरू प्राप्त हुन्छन् । योजना र त्यसको परिपालनाबाट व्यक्तिको कार्य छिटो र निर्धारित समयअघि नै सम्पन्न हुने वातावरण तयार हुन्छ । निरन्तर कार्यतालिका अनुरुप आफूलाई बाँधेर काम गर्दा समस्या के हो, समाधान कसरी गर्ने आदिबारे थाहा पाउन सकिन्छ ।

यसका साथै काममा एकाग्रता बढ्छ र कुन कामलाई प्राथमिकता दिने हो, थाहा पाइन्छ । कामको निरन्तरताबाट अन्तिम क्षणमा काम सक्न हुने तनावलाई कम पार्छ, भागदौड वा हतारको जीवनलाई व्यवस्थित पार्दा तनाव, चिन्ता आदि घट्छ । तालिकामा परेका कामहरुलाई प्राथमिकतामा राखिने हुँदा काममा सफलता, सहजता र निश्चितताका साथ सम्पन्न गर्न सकिन्छ । पेसागत दक्षता र सीपमा निखार आउँछ, कामको रफ्तार पनि बढ्छ, कार्यप्रगति तीव्र हुन्छ । जब व्यक्तिले काम समयमै पूरा गर्न सक्छ, उसप्रतिको विश्वसनीयता बढ्छ, उसले अवसरहरू प्राप्त गर्न सक्छ, जसबाट उसको समग्र विकास हुन्छ ।

कार्यतालिकाले कामलाई पूरा गर्न आत्मप्रेरित गर्छ, अधुरो छोड्ने बानी हट्छ । समय र खर्चको बचत गर्दछ । आगामी योजनाहरु झन् प्रभावकारी बन्दै जानेछन् । आगामी योजनाको प्रभावकारिता बढ्नेछ । सीमाको निर्माण परिधिको ज्ञान, सुरक्षा अवस्था राम्रो हुन्छ । महत्वपूर्ण कामलाई प्राथमिकतामा राख्न सहयोग गर्छ, जसबाट समय व्यवस्थापनमा पनि विशेष भूमिका रहन्छ । यसबाट व्यक्तिमा जवाफदेहिता (Accountability), उत्तरदायित्व (Responsibility), विश्वसनीयता (Reliability) तथा पारदर्शिता (Transparency) मा समेत वृद्धि हुने हुन्छ ।

दैनिक गतिविधि तालिकाको उदाहरण

आफ्नो उपलब्ध समय, पेसा, उमेर, स्थान, कार्यालय, कामको प्रकृति आदिको आधारमा दैनिक कार्यतालिका बनाएर देख्ने ठाउँमा टाँस्नुपर्दछ । यहाँ सानो उदाहरण प्रस्तुत गरिएको छ, आप्mनो आवश्यकता र समय उपलब्धताको आधारमा यस्तै ढंगले दैनिक समयतालिका वा कार्यतालिका निर्माण गर्न सकिन्छ:

समय दैनिक कार्य, क्रियाकलाप वा गतिविधि
बिहान

प्रतिक्रिया दिनुहोस्