जीवनशैलीमा वातावरणको प्रभाव



डा. क्षितिज बराकोटी

हाम्रा वरिपरि घट्ने घटना, परिसि्थति र वातावरणले हाम्रो जीवनलाई पनि प्रभावित गर्दछ । खासगरी हामी कस्तो वातावरणमा छौं, त्यसले हामीलाई कुनै न कुनै रुपमा राम्रो वा नराम्रो कि्रया–प्रतिकि्रया गरिरहेको हुन्छ ।

यस्तो वातावरणलाई हामी दुई भागमा बाँड्न सक्छौँ, पहिलो वातावरण हो– सामाजिक एवं पारिवारिक वातावरण । त्यो समाज जहाँ हामी बस्दछौं, काम गर्दछौं, पढ्छौं, खेल्छौं, व्यवहार गर्दछौं, त्यसबाट हामीलाई पनि सकारात्मक वा नकारात्मक प्रभाव पर्न गइरहेको हुन्छ । त्यसैले पारिवारिक र सामाजिक वातावरणप्रति हामी जागरुक हुनु जरुरी छ ।

गर्मी याममा नियमित बिहान–बेलुका चिसो स्नान गर्नुपर्दछ ।

यसरी नै दोस्रो वातावरण हो– प्राकृतिक वातावरण । यस अन्तर्गत मौसम, हावापानी, ऋतु, दिनरात, जाडो, गर्मी, वर्षा आदि पर्दछन्, जसले हाम्रो जीवनशैलीमा सकारात्मक वा नकारात्मक अवस्था सिर्जना गर्न सक्दछन् । त्यसैले दुवै खालका वातावरणहरुलाई व्यवसि्थत गरेर र आवश्यक परिमार्जनहरु गरेर जीवनशैलीलाई स्वस्थ र सुदृढ बनाउनुपर्छ । अब यिनै वातावरणीय गतिविधिलाई कसरी व्यवसि्थत गर्ने र स्वस्थकर जीवनशैली कायम गर्ने भन्ने बारेमा केही चर्चा गरौं ।

घरपरिवार एवं सामाजिक वातावरण र जीवनशैली

घरपरिवार र जीवनशैली: हामी आफ्नो बानी व्यवहारहरु घरपरिवारबाटै सिक्दछौं । त्यसैले घरपरिवार हाम्रो जीवनको पहिलो पाठशाला हो । घरपरिवारमा खुशी र आनन्द ल्याउन एवं परिवारका सदस्यहरुबीच सुमधुर सम्बन्ध कायम हुन सक्यो भने मात्र घरपरिवार सुखी ठहरिन्छ । परिवारमा गरिने खानपान, बोलिचाली, प्रेम एवं सौहार्दता, समझदारी र जिम्मेवारीबोधजस्ता कुराहरू एक–आपसमा प्रयोग गर्ने, सिक्ने र सिकाउने, सकारात्मकताको बानी बसाउने आदि अभ्यास गर्नुपर्दछ । नियमित रुपमा गर्ने बानीबाट नै परिवारका कनिष्ठ सदस्यहरुले वरिष्ठहरूबाट सिक्दछन् । यही दीर्घकालीन बानी व्यवहारले नै संस्कारको रूप धारण गर्दछ । सुसंस्कारको खेती घरबाटै शुरु हुन्छ । सुसंस्कारयुक्त परिवार रमाइलो, सम्मानपूर्ण व्यवहार, समझदार, आत्मीयपन र प्रेमपूर्ण भावले भरिएको हुन्छ, जसबाट जीवन नै आदर्शपूर्ण हुन पुग्छ । त्यसैले यस्तो वातावरण सृजना गर्नको लागि हरेक सदस्यले घरको नियम एवं आचारसंहिता पालना गर्नुपर्दछ ।

समाज र जीवनशैली: सामाजिक परिवेश कस्तो छ, सोही अनुरुप व्यकि्तको व्यवहारको निर्माण हुन्छ । राम्रो सामाजिक वातावरणले सामाजिक सुसम्बन्ध बन्ने, आदर्श गुणहरुको वृदि्ध विकास हुने, दयामाया– करुणा– प्रेम आदि सकारात्मकता बढ्ने कुराहरुमा समुदाय र समाज कस्तो छ सोही आधारमा निर्धारण हुन्छ ।

बस्ने समाजको वातावरण मात्र हैन, कार्यस्थलको वातावरण, विद्यालय वा कलेज वा विश्वविद्यालयको वातावरण, खेल्ने ठाउँको वातावरण, सुत्ने ठाउँको वातावरण, खाने–बस्ने स्थानको वातावरण आदिले पनि जीवनशैलीसँग निकै गहिरो सम्बन्ध राख्दछ । जीवनशैली उत्साहप्रद वा विषादयुक्त हुनमा यस्ता वातावरणहरुले पनि भूमिका खेलेका हुन्छन् । कुनै ठाउँको अवस्था शान्त, आनन्ददायी, मिलनसार, रमाइलो र व्यवसि्थत हुन्छ भने कुनै स्थानको वातावरण तनावग्रस्त, कोलाहल, अव्यवसि्थत, अशान्त र निराश बनाउने खालको हुन सक्दछ । यस्तो नकारात्मक वातावरणले शारीरिक तथा मानसिकरुपमा समस्या ल्याउन सक्ने हुँदा सबै मिली सकारात्मक बनाउनुपर्दछ ।

संगत एवं जीवनशैली

तपाईंका साथीसंगी हेरेर अरुले तपाईं कस्तो खालको व्यकि्त हो भन्ने अवधारणा बनाउँछन् । चोरको साथ लागेर हिँड्नुभयो भने तपाईं पनि चोरै हो कि भन्ने शंका गर्दछन्, गजडीको हुलमा मिसिनुभयो भने तपाईंलाई पनि त्यस्तै सम्झन्छन् । राम्रा मान्छेहरूको साथमा तपाईंलाई भेटिए तपाईं नराम्रै छविको भए पनि ओहो बिग्रेको मान्छे बल्ल सप्रन थालेछ भन्छन् । एकछिन्को देखादेखबाट नै मानिसमा तपाईंले गरेको संगतबाट नै तपाईंप्रतिको एक धारणा बनाउँछन् । हुन पनि संगत गुणाको फल भनिन्छ । संगतबाट सोझो व्यकि्त फटाहा बन्न पुग्दछ । संगतको प्रभाव ढिलो–चाँडो अवश्य पर्दछ । लामो समय साति्वक व्यकि्तको संगतबाट आफूमा पनि साति्वक गुण सर्दछ भने साति्वक व्यकि्त पनि तामसिक प्रवृति्तको निरन्तर संगतबाट तल खस्दै तमोगुणले भरिन सक्दछ ।

त्यसैले आफ्नो जीवनशैली सुधार्न सही दिनचर्या र उचित खानपान गर्ने, प्रगति उन्मुख व्यकि्तसँग सम्बन्ध गाँस्ने, सही काम गर्ने समाजमा आफूलाई पनि जोड्ने जस्ता कि्रयाकलापहरु अपनाउनुपर्दछ । अस्तव्यस्त जीवनयापन गर्ने, गलत मानिएका कार्यहरु गर्ने व्यकि्त र समाजको त्याग गर्नु बुदि्धमानी मानिन्छ । सकारात्मक कि्रयाकलापहरूमा निरन्तर सहभागी हुने परिवार तथा समाजसँग जोडिने कार्यले तपाईंभित्र पनि त्यो गुण स्वतः आउन थाल्छ । यसले तपाईंको जीवनलाई पनि आदर्श मार्गतिर डो¥याउँछ ।

प्राकृतिक वातावरण र जीवनशैली

प्राकृतिक वातावरण अनुरुप व्यवहार: मौसम, ऋतु हावापानी, जाडो, गर्मी, वर्षा आदि वातावरणहरुमा पनि जीवनशैलीजन्य समस्याहरु देखिन सक्छन् । उदाहरणको लागि नियमित व्यायाम, स्नान, योग आदिको अभ्यास गर्ने व्यकि्तहरु जाडो याममा अल्छी बनेर त्यस्ता नियमित कि्रयाकलापहरू टुटाउन पुग्दछन् ।

वर्षायाममा प्रातः भ्रमण गर्नेहरूको मुड बिग्रेर अभ्यास गर्न छोड्छन् । कतिपय व्यकि्तको स्वास्थ्य पनि मौसम आदि वातावरणले बिगार्न सक्दछ । त्यसैले मनमा दृढ संकल्प लिएर मौसम अनुसारको आहारविहार अपनाउने, ऋतु अनुसारको जीवनशैली सुधार्ने, जाडो–गर्मी आदि अनुरुपका नियमहरू पालना गर्नेजस्ता कार्यहरु गर्नुपर्ने हुन्छ । कुनै पनि नयाँ कार्य शुरु गर्नको लागि उचित मौसम, ऋतु, हावापानी आदिको सही समयको पनि चयन गर्न जान्नुपर्दछ । मौसम परिवर्तनका समयमा थप समस्याहरु आउँछन् । त्यसमा पनि मौसम परिवर्तन, स्थान परिवर्तन र खानपानमा फेरबदल एकसाथ भयो भने समस्या झन् बढी हुने सम्भावना हुन्छ ।

जाडो महिनामा जीवनशैली: हृदय तथा रक्तनलीजन्य समस्या, दम, ब्रोंकाइटिस, बाथरोग आदिको समस्या हुने व्यकि्तहरुले बढी सतर्कता अपनाउनुपर्दछ । यस समय खासगरी रुघाखोकी, चिसोको एलर्जी जस्ता समस्याहरु बढ्ने हुँदा न्यानो पोशाक, तातो खानपान र घाम ताप्ने गर्नुपर्छ । खासगरी शीतलहर वा हिँउ पर्ने र जाडोयाममा पानी पर्ने बेला चिसोको प्रकोप निकै बढ्ने हुँदा तातो पेयको प्रयोग गर्नुपर्छ । जाडोयाममा खासगरी साना बच्चाहरु वा ठूलै व्यकि्तले पनि दिसापिसाब रोक्ने हुँदा त्यसले स्थायी कबि्जयत हुने, मूत्र प्रणालीमा समस्या हुने हुन्छ ।

कतिपय व्यकि्त जाडोमा बढी तातो पानीले नुहाउने गर्दछन् तर मनतातो पानीले नुहाउने र अन्त्यमा चिसो पानीले जीउ पखाल्ने गर्दा न्यानोपन बढ्छ । तर अत्यधिक कमजोर व्यकि्त, वृद्ध, दम, रुघाखोकीमा भने चिसोको प्रयोग गर्नु ठीक हुँदैन । जाडोमा कुहिरो, तुसारो, हिँउ आदिका कारणले यात्रा जोखिमयुक्त हुन सक्छ । जाडोमा आगो ताप्दा खुला ठाउँमा ताप्नुपर्छ, कोठाभित्र आगो ताप्दा, हिटर बाल्दा, दाउरा वा कोइला बाल्दा दोहोरो हावा छिरेको छैन वा झ्यालढोका बन्द छ भने अकि्सजनको कमी भई गुमि्सएर ज्यान जान सक्छ । त्यसप्रति निकै चनाखो हुनुपर्छ ।

सानो कोठा छ भने त धूमपान गरेकै कारणले पनि लगातार चुरोट पिउने (चेन स्मोकर) हरुको पनि मृत्यु भएको उदाहरण छ । कतिपय अवस्थामा जाडो घटाउने नाममा रक्सी पिएको पनि देखिन्छ तर जाडोमा मद्यपानको बानी बस्ने, एकैछिन् न्यनोजस्तो लागे पनि यसको बढी प्रयोग झन् घातक हुन्छ ।

गर्मी र वर्षायाममा जीवनशैली: पानी पर्ने, लामो झरी, यसरी नै वर्षायाममा संक्रमण नहोस् भनेर कमजोर तथा वृद्ध, दीर्घरोग भएकाहरुले बढी ध्यान दिनुपर्दछ । गर्मी स्थानमा लु चल्ने, पसिना बगेर निर्जलीकरण हुने हुँदा पानी र प्राकृतिक सर्बत आदिबाट अन्य आवश्यक तत्वको परिपूर्ति गर्ने, तातो हावा र घामबाट बच्ने, चिसो स्नान गर्ने, तिर्खा मेटाउने नाममा कोल्ड ड्रिंक्सको प्रयोग नगर्ने, बासी तथा सडेगलेको वा झिँगा भन्केको वस्तु नखाने, आप्नै घरमा बनेका कुराहरुमात्र प्रयोग गर्नेजस्ता नियमहरु पनि पालना गर्नुपर्दछ ।

गर्मी समयमा कतिपयलाई धूलोको एलर्जी बढ्ने, बादल लाग्दा वा पानी पर्दा जीउ दुख्ने, श्वासप्रश्वासका समस्याहरु बढ्ने, छालाका समस्याहरु हुने आदि कारणले तनावग्रस्त पार्दछ । वर्षामा पानी जम्ने कारणले लामखुट्टेबाट विभिन्न संक्रमणहरु हुन सक्छ । यसबाट बच्न लामखुट्टे बढ्न नदिन पानी जम्न नदिने, झुल लगाएर सुत्ने, शरीरमा तोरी वा नरिवलको तेल लगाउने आदि गर्नुपर्छ । वर्षाले पानीको स्रोत प्रदूषित हुन सक्छ ।

यस बेला पानी उमालेर वा निर्मलीकृत गर्ने औषधि जस्तै– क्लोरिन आदिको प्रयोग गर्नुपर्छ । काँचो कुरा प्रयोग नगरी वा क्लोरिनमा डुबाएर पखाली खानुपर्छ । डुबान, बाढीपहिरो आदि क्षेत्रमा पहिल्यैदेखि योजना बनाएर जीवनरक्षाका उपायहरु अपनाउनुपर्दछ । बाढीपहिरो, भूक्षय आदिको समयमा यात्रा गर्दा सावधानी अपनाउनुपर्छ । गर्मी याममा नियमित बिहान–बेलुका चिसो स्नान गर्नुपर्दछ ।

आफ्नो प्रकृतिको पहिचान: यसरी नै तपाईंले आप्नो शरीरको प्रकृतिलाई पनि चिन्नुपर्दछ । आप्नो शरीर कस्तो प्रकृतिको छ, शरीरमा विकार बढेको छ कि छैन, छ भने कसरी निस्कासन गर्ने, रगतका तत्वहरु सम वा सन्तुलित अवस्थामा छन् कि छैनन्, शरीर चिसो वा गर्मी कस्तो खालको छ, के कुराले प्रभावित गर्दछ जस्ता कुराहरुलाई पनि थाहा पाइराख्नु जरुरी हुन्छ ।

शरीरभित्रको पञ्चमहाभूत र शरीरबाहिर प्रकृतिको पञ्चमहाभूतका बीचमा सन्तुलन कायम छ कि छैन, त्यो पनि थाहा पाउनुपर्दछ । यदि शरीरमा कुनै रोग छ भने रोग अनुरुपका नियमहरु पालना गर्नुपर्छ । यदि एलर्जी छ भने बच्ने, कुन समयमा समस्याहरु आउँछन् त्यसप्रति सजग हुने, आवश्यक पर्दा विज्ञहरुको सल्लाह लिनेजस्ता कुरामा पछि पर्नुहुँदैन।

हरेक प्रतिकूल परिसि्थतिलाई पनि सम्हाल्न सक्छु र मैले जित्न सक्छु भन्ने आत्मविश्वास कायम गरेर समाधानका उपायहरु अपनाउनुपर्छ । शारीरिक र मानसिकरुपमा आपूmलाई बलियो बनाउने अभ्यासहरु गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्