तपाईको घरमा हाम्रो डाक्टर



१. मलाई केही वर्षदेखि रक्सीको लत लागेकोले छोड्न चाहेर पनि सकिन । मैले रक्सी खान नछोडेमा के समस्या हुन सक्छ ? र, रक्सी छोड्नका लागि कुनै उपाय वा उपचार छ भने बताइदिन अनुरोध छ ।

– भक्तिविलास, भक्तपुर ।

भकि्तविलास जी, रक्सी पिउनुका धेरै बेफाइदाहरु छन् । जस्तो– प्रमुखरुपमा कलेजोको खराबी र कलेजो फेल हो । त्यस्तै अरु रोगहरुमा मुटु फेल हुने, नसामा घात हुने, मसि्तष्कमा हानि हुने हुन्छ । रक्सीको लत लागेर मात्रा थप्दै जानुपर्ने बाध्यता हुन्छ । शरीरमा विभिन्न भिटामिनको कमी हुन्छ । शरीर कमजोर भएर सन्तुलन गुम्ने र शरीरको आत्मरक्षात्मक शकि्त कमजोर भएर विभिन्न अन्य रोग लाग्ने सम्भावना हुन्छ । साथै सामाजिक, पारिवारिक समस्या थपिने र आर्थिक क्षति पनि हुन्छ ।

रक्सी खान छोड्न नसक्ने भन्ने हुनै सक्दैन । यहाँले रक्सी छोड्ने प्रकि्रयालाई प्राथमिकतामा राख्न सक्नुभएन भन्न सकिन्छ । यदि भित्री मनदेखि नै रक्सी छोड्ने प्रण गर्ने हो र प्राथमिकतामा यही प्रण राख्ने हो भने छोड्न सकिन्छ, धेरैले छोडेका उदाहरण हाम्रो सामु छन् । रक्सी खाने बानी परिसकेपछि छोड्न गाह्रो त हुन्छ नै । त्यसैले पनि छोड्न नसकेको भन्ने गरिन्छ । तर मनैदेखि नै रक्सी छोड्ने इच्छा भएका, निर्णयमा अडिग रहन सक्नेलाई तलतल कम गर्न औषधि दिएर केही मात्रामा सजिलो पार्न वा सहज गराउन सकिन्छ । रक्सी छोड्न चाहने मानिसको व्यकि्तत्व, शरीरको बनावट र परिवेश हेरेर औषधिसम्बन्धी उपयुक्त सल्लाह दिन सकिन्छ ।

२. जाडो मौसममा मलाई प्रायः घाँटी दुख्ने समस्या भइरहन्छ । यस्तो समस्या हुन नदिन के गर्नुपर्ला ? र, घाँटी दुखिहालेमा गर्न सकिने घरेलु उपाय भए जानकारी पाऊँ ।

– राजन बाँस्तोला, गोंगबु, काठमाडौं ।

राजनजी, जाडोमा घाँटी दुख्ने समस्या हुन नदिन चिसोबाट बच्ने, चिसो पानी वा अन्य चिसो पेय झोल वा सर्बत नपिउने, तातो पानी पिउने, न्यानो कपडा लगाउने, कोठामा क्रस हावा बहने छ भने त्यस्तोमा सीधा हावाले हान्ने गरी नबस्ने । साथै चिसो मात्र नभई धेरै तातो, धेरै पिरो वा धेरै अमिलो पनि खानुहुँदैन । चिसो समयमा घरबाहिर हिँड्दा पनि सीधै चिसो हावा लिएको भन्दा मास्क प्रयोग गरेर परोक्ष हावा लिएको सुरकि्षत हुन्छ । घाँटी दुखिहालेमा नुन बेसारवाला मनतातो पानीले घाँटी कुल्ला गर्ने, मनतातो सुप वा झोल कुरा खाने गर्नुपर्छ । यदि ज्वोरो आउने वा घाँटी रातो हुने, धेरै दुख्ने वा पिपका थोप्लाजस्तो देखिने भएमा घरेलु उपायको भरमा नबसी तुरुन्त चिकित्सकहाँ जानुपर्छ । त्यसमा पनि मिलेसम्म नाक, कान, घाँटी विशेषज्ञलाई देखाएको राम्रो हो ।

३. मेरा ४६ वर्षीय श्रीमान् राति सुत्दा असाध्य घुर्नुहुने भएकाले मेरो समेत निद्रा बिगि्रन्छ । यो घुर्ने समस्याको उपचार कहाँ गर्न सकिन्छ ? बताइदिनुभए आभारी हुने थिएँ ।

– शैलजा, चितवन ।

शैलजाजी, यो घुर्ने समस्या पुरुषहरुमा झन्डै विश्वव्यापीजस्तै छ । यदि अधिक तौल छैन भने नियन्त्रण गर्न सकिने सम्भावना पनि हुन्छ । घुरेको व्यकि्तलाई चलाउने, हल्लाउने र जगाएर नघुर्नुस् भन्ने गरेमा विस्तारै पछि घुर्ने समस्यामा कमी आउन सक्ने हुन्छ । तर यस्तो प्रकि्रया नियमितरुपमा नथाकीकन गर्ने धैर्यता भने आवश्यक पर्छ ।

यदि अधिक तौल छ भने पहिलो चरणमा तौल घटाउने कार्य गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै अन्य उपाय खोज्नेतिर लाग्ने गर्नुपर्छ । त्यस्तै नियमितरुपमा धेरै घुर्ने बानी छ भने नाक, कान, घाँटी विशेषज्ञ तथा सुताइसम्बन्धी विशेषज्ञ ९कभिभउ मयअतयच० सँग परामर्श गरेर आवश्यक सल्लाह लिन सकिन्छ । त्यस्तो सेवा चितवनमा हुन पनि सक्छ । त्यहाँ नाक, कान, घाँटी सेवा त छ नै तर सुत्नेसम्बन्धी सेवा भए÷नभएको मलाई यकिन भएन । यसका साथै वैकलि्पक सेवाका लागि फोक्सो वा श्वासप्रश्वास विशेषज्ञ भेटे पनि हुन्छ ।

४. म ३३ वर्षको भएँ । परिवारबाट विवाहको लागि दबाब आइरहेको छ । तर मलाई केटीप्रति कुनै आशकि्त छैन, बरु केटाप्रति छ । घृणा र भेदभाव हुने डरले भन्न सकेको छैन । मेरो जीवनलाई अब कसरी अगाडि बढाऊँ ? सुझावका लागि अनुरोध छ ।

– जीवन, काठमाडौं ।

जीवनजी, माथिको भनाइको अर्थले यहाँको यौनिक झुकाव अलि फरक तथा अल्पमतमा पाइने समलिंगीको रुपमा प्रस्फुटन हुँदै गरेको महसुस हुन्छ । त्यस्तो झुकाव हुँदाहुँदै बिहे गरेर एउटी महिलाको जीवन बर्बाद पार्ने सल्लह कदापि दिन सकिँदैन । बरु केही समय लगाएर, योजना बनाएर तथा धैर्य गरेर आफ्नै अन्तरंगको जीवन अनुसार अघि बढ्नु नै उचित हुन्छ ।
अहिले समय पहिलेको भन्दा धेरै फरक भएको छ । समाज राम्रै विकसित भैसकेको र अग्रगामी भएको छ । साथै तपाइंको वास्तविक झुकावलाई पनि अलि–अलि गरेर सबैले आत्मसात् गर्ने, स्वीकार्ने बाटोमा जाने अपेक्षा गर्न सकिन्छ । यदि परिवारमा आफ्नो कुरा बुझ्ने, सम्झने तथा सपोर्ट गर्ने कोही छ भने सबभन्दा पहिले मनको कुरा ऊसँग बाँढेर आफ्ना चाहनाहरु व्यक्त गर्नुपर्छ । आफू के गर्दा बढी खुशी हुन सक्छु भन्ने कुरा स्पष्ट पार्नुपर्छ ।

यदि परिवारमा यस्ता कुरा भन्न सम्भव छैन भने साथिभाइसँग भए पनि राखेर आफ्नो बारेमा वास्तविकता स्पष्ट पार्नुहोस् । बिहे गर्ने वा बिद्रोह गरेर जिउने तरिका मात्रै ठीक कदापि होइन । त्यस्तै आफैँलाई गुमराहमा राखिराख्नु पनि ठीक कदापि होइन । त्यसैले आफूलाई सुरकि्षत, शान्त र खुशी राख्दै जीवन सार्थक बनाउनु जरुरी हुन्छ । आफू विद्रोही भएर अस्वीकार्य हुनुभन्दा अरुलाई आफ्ना कुरा भनी अरुको विश्वास जितेर आफू अनुकूलको जीवन जिउनु नै उचित हुन्छ ।

५. मेरो हातखुट्टा बारम्बार बाउँडिने समस्या छ । ढाड पनि सड्किइरहन्छ । यो कुनै समस्या हो कि केही तत्वको कमीले यस्तो भएको हो ?

– हिमकला, सुकेधारा, काठमाडौं ।

हिमकलाजी, हातखुट्टा बाउँडिने, ढाड सड्किने भनेको मांसपेशी खुमि्चने ९mगकअभि कउबकm० प्रकि्रया हो । यसको कारण शरीरमा अत्यावश्यक लवणहरुको कमी हुनु (जस्तो– क्यालि्सयम, म्यागि्नसियम वा पोटासियम), रक्तसञ्चारमा कमी–कमजोरी हुनु, स्नायुको समस्या हुनु, अकि्सजनको आपूर्तिमा अवरोध हुनु, शरीरमा ऊर्जा अभाव वा अत्यधिक थकान हुनु आदि प्रमुख हुन् । यसबाहेक अन्य धेरै थाहा नभएका कारणहरु पनि छन् । यीमध्ये जुनसुकै कारण पनि हुन सक्छ ।

यसको यकिन गर्नका लागि परीक्षण गरेर हेर्नुपर्ने हुन्छ । साथै बिरामीको इतिहास पनि थाहा पाउनुपर्ने हुन्छ । हाम्रो चिकित्सकीय नियमित प्राकि्टसमा साधारणतया भिटामिन ‘ई’ तथा क्यालि्सयम खाँदा यस्तो समस्यामा फाइदा भएको पाइएको छ । त्यसैले अस्पताल नगएसम्म यो उपाय पनि अपनाउन सकिन्छ । यसै गरी यहाँ काठमाडाैंमै भएकोले शिक्षण अस्पताल वा वीर अस्पतालमा फिजिसियन भेटेर परामर्श गर्नुभएमा आवश्यक सहयोग मिल्ने नै छ ।

प्रतिक्रिया दिनुहोस्