क्षमाशीलता र जीवन रुपान्तरण



मुक्तिबन्धु

काममा मन लाग्दैन । कुरा सुन्दा झोक चन्छ । जहिले पनि चिच्याहट लाग्छ । मन कतै अडिँदैन । मानिसहरु हललल हाँसेको सुन्दा आफ्नो भने मनमा चटटट डढेलो चटचटाउँछ । चसक्क चस्कन्छ छाती । मनमा ठुलै घाउ भएको हो कि के हो, के हो ? समाज कति निठुरी छ भने मन यति पिरो, अमिलो र थिलथिलो हुँदा पनि ङिच्च हाँसेर बोल्नुपर्छ । यस्तो किन हुन्छ ? सुविख्यात मनोचिकित्सक मौरिस फ्रेडम्यान भन्छन्, ‘यस्तो त्यसै हुँदैन । थिचिएर, मिचिएर वा कुनै कारणले मनको तल्लो तहमा गाँठो परेर नै यस्तो भएको हुनसक्छ । सतहमा यो देखिँदैन । गाँठो भित्रभित्रै कसिन्छ, गाडिन्छ, अनि दुख्न थाल्छ । आक्रोश उम्लन्छ । आँसु आउँछ ।’

मानव मनोवेत्ता जे.डी. फ्र्याङ्कले व्यापक शोध अनुसन्धानपछि निक्र्यौल निकाल्दै भनेका छन्, ‘मनमा यस्तो गाँठो कसैको कटु व्यवहारका कारण बन्छ, जुन हामी बिर्सन सक्दैनौँ । जस्तै– हेला, उपेक्षा, तिरष्कार, अपमान, गाली सबैले मानव–मनमा गाँठो पार्छ । बदला लिने आक्रोशले भित्रभित्रै ज्वालामुखीको रुप लिन्छ । आफ्नो क्षमताले नपुगेर बदला लिन नसकेपछि यही गाँठो गहिरो घाउ बन्छ, पीडा बन्छ, छटपटी बन्छ । भित्रभित्रै आपैmँलाई पिरोल्छ, गाल्छ ।’

जापानी मनोचिकित्सक के. कुरोकाबाका अनुसार कान–आँखाबाट पसेको पीडा मनका बाटोबाट शरीरमा नउत्री छाड्दैन । मनको पीडा जति–जति गहिरो हुन्छ त्यति–त्यति त्यसले शरीरमा रोग निम्त्याउन थाल्छ । कुरोकाबाका सहकर्मी अर्का वैज्ञानिक योसियुकी कागोले आफ्नो वैज्ञानिक शोधमा यसको खुलासा गर्दै भनेका छन्, ‘नकारात्मक भावहरु, जस्तै– विश्वासघात, द्वेष, ईष्र्या, जलन, प्रतिशोधजस्ता भावहरुमा जो डुबिरहन्छ त्यसलाई उच्च रक्तचाप र यसै चापको बाटोबाट हृदयघातलगायत आँतका विभिन्न रोग पनि आइलाग्न सक्छन् । यसरी नकारात्मक भावनाहरु केवल मनलाई पीडा र छटपटी दिने मात्र होइन शरीरलाई पनि प्रतिपल गलाउँदै र कमजोर पार्दै–मार्दै लान्छन् । कुरोकाबा र योसियुकीको शोध अध्ययनबाट के पनि पत्ता लागेको छ भने,

जसले पीडकलाई पनि क्षमा दिन सक्छ त्यसले आफूलाई रक्तचापजस्ता घातक बिमारीबाट जोगाउन सक्छ ।

हामीले हाम्रा पूर्वजहरुको सल्लाह ‘क्षमा गर्नुस् र बिर्सिदिनुस्’ को सूत्र मात्र अपनाउन सक्यौँ भने हामी आफ्नो जिन्दगी बदल्न सक्छौँ । कसैले आफूमाथि गरेको निष्ठुरता र अपमानको व्यवहारलाई हामीले क्षमा गरिदियौँ भने हाम्रो जीवनमा शानि्त र सन्तोषको वातावरण निर्मित हुन सक्छ । हामी मानसिक, शारीरिक नानाथरी रोगबाट जोगिन सक्छौँ ।

नीतिकारहरु भन्छन्, ‘क्षमा बलम् अशक्तानां शक्तानां भूषणं क्षमा । क्षमा वशीकृतिर्लोके क्षमया किं नसिध्यति ?’ अर्थात् निर्बल, अशक्तहरुका लागि क्षमा बल हो । आफूलाई सम्हाल्ने मनोबल हो । जादुमयी शकि्त हो क्षमा । बलिया र सशक्तहरुका लागि क्षमा आभूषण हो । गहना हो । क्षमाशीलताले विद्वान् वीर र बहादुरहरुको इज्जत बढाउँछ । क्षमा वशीकरणको प्रभावकारी उपाय हो । क्षमाबाट धेरै समस्या समाधान हुन सक्छन् ।

अन्याय, अत्याचार, दुव्र्यवहार सबैलाई क्षमा गर्ने ? कतिसम्म क्षमा गर्ने ? कायर सिल्पट बनेर मरेतुल्य जीवन बाँच्ने ? यो लर्तरो प्रश्न होइन । यो सामाजिक र न्यायिक प्रश्न हो । आत्मसम्मानको प्रश्न हो । आजको चल्तीको भाषामा यो मानव अधिकारको प्रश्न पनि हो । शानि्त सुरक्षाको प्रश्न पनि हो । मूलतः सुशासनसँग सम्बनि्धत प्रश्न हो । यी प्रश्नमा शारीरिक हिंसाको पक्ष प्रमुख छ । हामी यहाँ मानसिक हिंसाको कुरा गर्दै छौँ । मानसिक हिंसा पनि गौण त हाइन नि ∕ हो, मानसिक हिंसा रङ्गेहात समात्न र देखाउन त्यति सजिलो छैन । जुन पीडा घरमा, कार्यालयमा, बाटोघाटोमा, सभा–गोष्ठीमा प्रत्यक्ष–अप्रत्यक्ष किसिमबाट बेहोर्नुपरेको हुन्छ । यसरी बेहोर्नुपरेको मानसिक पीडा शारीरिकभन्दा जब्बर पनि हुन सक्छ । यस्ता पीडकलाई कसरी क्षमा गर्ने ?

यो सवाल कतिपय सन्दर्भमा अनुत्तरित रहन पनि सक्छ । कुनै विवेकशील व्यकि्तले कसैको दुव्र्यवहार क्षमा गर्न चाहे पनि भावना र अनुभूतिमा छाएको पीडाले क्षमालाई जन्मनुअघि नै पन्छाइदिन पनि सक्छ । आधुनिक मनोचिकित्सकहरु मानिसका यस्ता भावदशासित परिचित छन् । यसै कारण यिनीहरुले कतिपय टेकि्नकको खोजी गरेका छन् । जसको प्रयोग गरेर समस्याबाट बाहिर निस्कन सकिन्छ । यस क्रममा पहिलो विन्दु हो आफूप्रति इमानदार रहनु । जुन व्यकि्तलाई तपाईं क्षमा गर्न सकिरहेको हुनुहुन्न, त्यसलाई नकार्ने काम नगर्नुहोस् । अरुझैँ तमाम मानवीय कमी–कमजोरीयुक्त व्यकि्तका रुपमा त्यसलाई पनि हेर्नुहोस् । तपाईंले जति बढाएर, चढाएर सोच्नुभएको छ त्यति नै मात्रामा उसले गल्ती गरेको नहुन पनि सक्छ । तटस्थ भएर, पूर्वाग्रहमुक्त भएर, गहिरिएर विचार गर्नुहोस् । यस क्रममा तपाईं आफ्नो मनमा जे–जस्तो भावना आओस्, सहजतापूर्वक आउन दिनुहोस् । अनि हेर्नुहोस्, बिस्तार–बिस्तारै तपाईंको मनको बोझ घट्दै जान्छ ।

यस क्रममा अर्को विन्दु अलि बेग्लै खालको छ । तर यो प्रभावकारी छ । तपाईं एक पाना कागज लिनुहोस् । आफ्नो मनमा मडारिइरहेका भावनाहरुलाई त्यस कागजमा फसाफस लेख्नुहोस् । यस्तो एकपटक होइन, अनेकपटक लेख्नुहोस् । मनोविज्ञानको भाषामा यसलाई मनोविरेचन भन्छन् । यसबाट क्रमिकरुपले मन हल्का हुँदै जान्छ । यसरी कागजमा लेख्ने अर्को पाटो पनि छ । तपाईं कागजमा त्यसलाई मैले माफ गरिदिएँ भनेर पनि लेख्नुहोस् । एकपटक होइन, अनेकौँ पटक लेख्नुहोस् । यसरी लेख्दा मानसिक आक्रोशको दिशा बदलिन्छ । केही समयपछि मन हल्का महसुस हुन थाल्छ ।

यस क्रममा तेस्रो विन्दु सार्थक विश्लेषणको हो । तपाईं खालि आफ्नै बारेमा मात्र नसोच्नुहोस् । आफूलाई उसको ठाउँमा राखेर पनि सोच्नुहोस् । उसको दृषि्टकोणलाई पनि पहिल्याउन, बुझ्न प्रयास गर्नुहोस् । तपाईंकोे आफ्नै सोच गलत रहेको पनि त हुन सक्छ । अर्काको दृषि्टकोण बुझेपछि सजिलैसित आत्मविश्लेषण गर्न सकिन्छ । परिणामतः तपाईंले जति बढाइचढाइ सोच्नुभएको छ त्यति नै तहमा उसको गल्ती छैन भन्ने पो साबित हुन आउँछ कि ∕ त्यसो भए त झन् सजिलै माफ गर्न र मनको बोझ बिसाउन सकिन्छ ।

तरिका जुन कुनै अपनाए पनि क्षमा दिने विचार मनमा जति गाढा र गहिरो हुन्छ, त्यसै अनुपातमा मनको दुःख पीडा बिलाउँदै जान्छ । मौरिस पै्रmडम्यानले त यसरी माफ गर्नुलाई एक नयाँ जीवनको आरम्भ मानेका छन् । रुपान्तरण मानेका छन् । मौरिसका अनुसार माफ गरेपछि जिन्दगीमा एक नयाँ र ताजगी ऊर्जा एवं गति प्राप्त हुन्छ । मनश्चेतना ग्रनि्थमुक्त हुन्छ । गाँठो फुकिन्छ । पीडा, छटपटी, डाह कहाँ हराउँछ कहाँ, खोज्दा भेटिँदैन । अनि चिन्ता किन लिने ? आफूभित्र क्षमाशीलताको विकास गरौँ र प्रकाशपूर्ण दिशातिर नयाँ कदम बढाऔं ।

प्रतिक्रिया दिनुहोस्