अंग्रेजी दैनिक द हिमालयन टाइम्सको फ्रेब्रुअरी १३, २०१९ को अंकमा २१ वर्षीय कुमार नामका युवाले १४ वर्षका सचिनलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले समातेको खबर छापिएको थियो । यो घटना केटी साथीलाई प्रेम प्रस्ताव राखेको निहुँमा झगडा शुरु भई त्यहाँसम्म पुगेको उल्लेख थियो ।
यस्तै गरी भारतको जी न्यूजले, डिसेम्बर २५, २०२३ मा दिल्लीमा सचिन मौर्य हत्या काण्डसम्बन्धी समाचार प्रसारण गरेको थियो । यो हत्याको कारण ईष्या रहेको उल्लेख गरिएको थियो । त्यस हत्या आरोपमा उनका साथी तथा छिमेकीलाई गिरफ्तार गरिएको थियो । सचिन एक युवतीलाई प्रेम गर्दथे । यो कुरा आफ्नै साथीलाई मन परेको थिएन । यसले गर्दा उनीप्रति साथीले इष्र्या गर्न लागेको र बढ्दै जाँदा हत्यामा परिणत भएको उल्लेख गरिएको थियो ।
आफ्नो यौनसाथी अर्को व्यकि्ततिर लागेको शंका भएको सि्थतिमा ईष्या हुन सक्छ ।
माथिका प्रतिनिधि घटनाहरुजस्तै समाजमा नियाल्ने हो भने हामीले थुपै्र यस्ता घटना पाउन सक्छौं । यसमा अन्तरनिहित कुरालाई विश्लेषण गर्दा ईष्या एक महत्वपूर्ण भावना भएको देखिन्छ ।
यौन ईष्या के हो ?
सामान्यरुपमा भन्नुपर्दा ईष्या क्रोध, आक्रोश, अप्राप्ति, लाचारी तथा घृणाजस्ता अनेक भावनाहरुको समषि्टगत रुप हो । मानव सम्बन्ध सन्दर्भमा एक विशिष्ट अनुभव हो । यो बाल्यकालदेखि नै पाइन्छ । समाजशास्त्रीहरुका अनुसार यसमा सामाजिक मूल्य–मान्यताको महत्वपूर्ण भूमिका हुने गर्दछ ।
ईष्याका अनेक प्रकारमध्ये प्रणय सम्बनि्धत ईष्य एक प्रमुख हो । यसमा जैविक, सामाजिक कारण महत्वपूर्ण हुने गर्दछ । किनकि यसले मानव प्रजनन रणनीतिलाई निर्देशित गर्दछ । यसैसँग सम्बनि्धत हुन्छ यौन ईष्या । मानवको सन्दर्भमा विशेष गरी आफ्नो यौनसाथीको यौनको दृषि्टले रुचि अर्को कुनै व्यकि्तमा हुन गएमा यौन इष्र्या हुने गर्दछ । आफ्नो यौनसाथीप्रति आफूसँगको सम्बन्धको सन्दर्भमा शंका भएमा ईष्र्याको भावना निकै नै प्रबल हुने गर्दछ ।
प्रसिद्ध मनोविश्लेषक फ्रायड यो बाल्यकालमा हुने ओडिपल कम्प्लेक्समा आमाप्रति हुने ईष्यासँग सम्बनि्धत रहेको बताउँछन् । ईष्याको बारेमा उनले धेरै विश्लेषण गरेका थिए । तर उनको विश्लेषणलाई पूर्णरुपमा सही नभए पनि एकहदसम्म सही थियो भन्ने गरिन्छ । उनले यो एक जटिल खालको भावनात्मक सि्थति भएको चर्चा गरेका थिए । साथै उनले यसका विभिन्न भागहरु जस्तो– हानि नोक्सानीको दुःख, आत्ममोहको चोट, सफल प्रतिद्वन्दीविरुद्ध शत्रुताको भावना, आफ्नो नोक्सानीको जिम्मेवार आफैंलाई ठानेर आत्म आलोचना गर्नुजस्ता कुरालाई मानेका छन् । तर कतिपय मनोविश्लेषकहरु यी कुरालाई पूर्णरुपमा ईष्यासँग सम्बनि्धत नभएको ठान्दछन् ।
विकासवादी मनोविज्ञानको आधारमा भन्ने हो भने यसले आनुवांशिक गुण अर्को पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्दछ । ईष्या भएको सन्दर्भमा व्यकि्तले यो कुरालाई बेवास्ता गर्ने, प्रश्न गर्ने, सकि्रय रुपमा दूरी बढाउने, निराशायुक्त भावना व्यक्त गर्ने, उद्दण्ड व्यवहार देखाउने वा हिंसात्मक व्यवहार गर्नेजस्ता विविध प्रतिकि्रया देखाउन सक्छन् । अर्कोतिर जोडीको निगरानी गर्ने, सम्भावित प्रतिद्वन्द्वीलाई भेट्ने, आफ्नो यौनसाथीको निष्ठाको परीक्षा गर्ने, क्षति न्यूनीकरण गर्ने वा हिंसात्मक व्यवहार गर्ने हुन सक्छन् ।
समस्या के पर्दछ त ?
आफ्नो यौनसाथी अर्को व्यकि्ततिर लागेको शंका भएको सि्थतिमा ईष्या हुन सक्छ । त्यस्तो सि्थतिमा शंका मात्रै हुन सक्छ वा वास्तवमा नै अर्को व्यकि्तप्रति आकर्षित भएको हुन सक्छ । यस्तो सि्थति पुरुष वा महिला दुवैको हकमा लागू हुन सक्छ । यस्तो सि्थतिमा दम्पती विच विश्वासमा कमी आउने कारण बन्न सक्छ । यसले व्यकि्तको मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्दछ । शंका वा तनावले गर्दा चिंता हुने गर्दछ । दम्पतीबीचमा असुरक्षाको भावना आउँछ, विश्वासको कमी हुन्छ । भावनात्मकरुपमा आफैंलाई विध्वंश गर्न उद्यत् हुन्छ । असुरक्षाको भावनाका साथै आत्मविश्वासमा पनि कमी आउँछ । अनि आत्मसम्मानका साथै आफ्ना मूल्य तथा विश्वासमा पनि चोट पुग्ने हुन्छ ।
कतिपय सि्थतिमा महिला आर्थिक, सामाजिकरुपमा बढी सक्षम भएको सि्थतिमा पनि पुरुषलाई ईष्याको अनुभव हुने गरेको पाइन्छ । यहाँ महिलाको यस्तो सि्थति हुनुमा यौन ईष्याले पारिवारिक कलह पैदा गर्न सक्छ । माथि भनिएका प्रतिकि्रयात्मक व्यवहारको कुरा गर्दा केही व्यवहार आत्मीय जोडीबीच नै हिंसात्मक हुन सक्छ । गम्भीर चोट लाग्ने वा ज्यानसम्म जान सक्ने सि्थतिको असर हुन सक्छ ।
समाधानको लागि के होला ?
तीव्र ईष्याको कडा वेदना भोगिरहेको बेलामा राम्ररी सोच्न सकिने सि्थति हुँदैन । यस्तो हुनुको कारण हाम्रो नयाँ मसि्तष्क (neo-cortex) ले भन्दा त्यसभन्दा पुराना मसि्तष्कहरु लिमि्बक (limbic) मसि्तष्क र सरिसृप (reptilian) मसि्तष्कको भूमिका बढी हुने भएकोले यस्तो हुने मानिन्छ । तर्कसंगत तरिकाले समस्याको समाधानको लागि नयाँ मसि्तष्कको भूमिका बढी हुने वातावरण निर्माण हुुनु जरुरी छ । भावनामा बग्दा कतिपयमा बदलाको भाव आउने देखिन्छ तर यसले भावनात्मकरुपमा फाइदा नगर्ने देखिन्छ ।
मानसिक स्वास्थ्यमा यसको नकारात्मक असर पर्ने भएकोले यसको सामना गर्नु महत्वपूर्ण हुन्छ । यसको लागि आत्मप्रेम र यसलाई स्वीकार्न आवश्यक हुन्छ । कुनै पनि व्यकि्त सर्वगुण सम्पन्न हुँदैन र केही न केही कमी–जोरीयुक्त हुने वा गल्ती गर्ने गर्दछ । त्यो कमजोर हुनु वा गल्ती हुनुलाई स्वीकार्न सक्नुपर्दछ । यसो गरेमा आफ्नो महत्वलाई बुझ्न र ईष्यालु भावनालाई व्यवस्थापन गर्न सहज हुन्छ ।
यसको साथै विशेषज्ञसँग सरसल्लाह गर्नुपर्ने हुन सक्छ । उनीहरुले समस्याको स्रोत अर्थात् जरालाई पहिचान गर्न, त्यसको समाधानको लागि आवश्यक सल्लाह दिन सक्छन् । आफ्ना भावना, विचार तथा बनीव्यहोरालाई केलाउँदै मनमा भएको असुरक्षाका भावनालाई समाधान गर्न संज्ञानात्मक व्यवहार चिकित्सा congnitive behavioural therapy उपचार विधि अपनाउनु पनि पर्ने हुन्छ ।
यस्ता कुराबाट ध्यान हटाउने क्रियाकलापयुक्त विधि पनि उपयुक्त हुन्छ । यसले ईष्याको भावनामा केनि्द्रत मनलाई त्यसबाट टाढा लैजान सहयोग गर्दछ । यसका साथै आफ्नो रुचिका साहित्य पढ्ने, रुचिका चलचित्र हेर्ने, योगाभ्यास गर्नेजस्ता विधि सहयोगी हुन सक्छन् । ईष्या भावबाट विकर्षित हुन र तनावलाई कम गर्न सहयोग मिल्दछ ।
ईष्याको भावनालाई न्यूनीकरण गर्नका लागि यसलाई राम्ररी बुझ्न जरुरी छ । यसको लागि यो के कारणले भइरहेको छ भन्ने कुराको तहसम्म पुग्नुपर्दछ । कतिपय सि्थतिमा आफ्ना असुरक्षाका भावना वा भय भएको पनि ज्ञान नहुन सक्छ । सतहमा यस्ता भय अयोग्यता वा अपर्याप्तताको भय, परित्यक्त हुने भय, अरु कसैले आफ्नो स्थान लिने भय वा कसैले केही ठान्ला भन्ने भय हुन सक्छ । यी भयहरुलाई व्यवसि्थत गर्न सकिएमा ईष्या भावको व्यवस्थापन गर्न पनि सहयोग मिल्दछ ।
यदिईष्याका भावनाको अनुभव भइरहेको छ भने त्यसको बारेमा झगडा नगरीकन वा नहुने किसिमले कुराकानी गर्नुपर्दछ । यस्तो सि्थतिमा यौनसाथी वा श्रीमान् वा श्रीमतीलाई तपाईंले के–कस्तो अनुभव गरिरहनुभएको छ भन्ने स्पष्ट पार्न सहज हुन्छ । यसो गर्न सकेमा यष्र्याको भावना अत्यधिक हुन गई संवाद नै नहुने सि्थतिमा पुग्नुभन्दा पहिले नै समस्याको समाधान गर्न सकिन्छ । यसो गर्न सकिएमा समझदारी, विश्वास अनि आदरलाई पुनस्र्थापना गर्दै सम्बन्ध स्वस्थरुपमा अघि बढाउन सकिन्छ ।