चिकित्सकहरुको पलायन रोक्न आवश्यक



अन्य क्षेत्रका प्राविधिकहरुजस्तै चिकित्सा क्षेत्रका नर्सलगायत डाक्टरहरुको पलायन पनि निरन्तर वृद्धि भइरहेको छ । पढ्न, छोटा तालिमहरुका लागि विदेश गएका धेरै डाक्टर अनेक बहानामा उतै हराउने गरेका छन् ।

कतिपय डाक्टरहरुचाहिँ विदेशमा काम गर्ने उद्देश्यले नै जाने गरेका छन् । राज्यले प्रत्यक्ष–अप्रत्यक्षरुपमा लगानी गरेका चिकित्सकहरुको विदेश पलायन हुने मोहले गर्दा नेपालमा चिकित्सा सेवा भविष्यमा अझ कमजोर हुँदै जाने देखिएको छ । सरकारको अदूरदर्शिता, असुरकि्षत कार्यक्षेत्र, सुविधा र प्रोत्साहनको कमी, भौतिक पूर्वाधारको कमीजस्ता कारणले चिकित्सकहरुको विदेशमोह बढ्दै गएको पाइन्छ ।

सरकारी सेवामा ठूलो संख्यामा चिकित्सकहरुको दरबन्दी खाली भए तापनि त्यस अनुरुप लोक सेवा एवं चिकित्सा शिक्षा शास्त्रअन्तर्गतका दरबन्दीमा विज्ञापन नहुने, सरुवा, बढुवामा राजनीति धेरै हुने, दुर्गम क्षेत्रमा काम गर्न चाहने चिकित्सकलाई त्यस अनुरुपको भौतिक पूर्वाधार र अन्य सुविधा उपलब्ध नगराइदिने र त्यस्तो हुँदाहुँदै पनि काम गरेका चिकित्सकलाई राज्यले थप प्रोत्साहन नगर्ने गर्दा चिकित्सकहरुमा निरासा बढेको पाइन्छ ।

त्यस्तै गरी शहरी क्षेत्रका ठूला सरकारी अस्पतालमा काम गर्ने अवसर पाएका चिकित्सकहरुमा पनि सन्तुषि्ट र प्रोत्साहनको भावना पाइँदैन । अस्पतालमा राजनीति धेरै हुने, बिरामीको लोड अत्यधिक भई राम्ररी उपचार गर्ने अवसर नै नपाउने र मरिमेटेर काम गर्दा पनि वृति्त विकासमा भेदभाव हुनेजस्ता कारणले विशेष गरी युवा पुस्ताका चिकित्सकहरुमा निरासा छाई विदेश पलायन हुने सोचको विकास भएको पाइन्छ ।

नेपालका अस्पतालहरुमा उपचारका क्रममा बिरामीको मृत्यु भएका कतिपय घटनाहरुमा चिकित्सकहरुमाथि आक्रमण हुने घटनाहरु पनि बाक्लै हुने गरेका छन् । यस्ता घटनाले गर्दा नेपालमै बस्ने चाहना राखेका चिकित्सकहरुमा पनि हतोत्साहको भावना सिर्जना भएको छ । स्वास्थ्य संस्था तथा चिकित्सकहरुको सुरक्षाका लागि कानुन भए तापनि राज्यले त्यसको प्रभावकारी कार्यान्वयन गरेको पाइँदैन ।

बिरामी पक्ष पनि आफ्ना बिरामी वा आफ्नो पक्ष अन्यायमा परेको अवस्थामा कहाँ गुनासो वा उजुरी गर्न जाने भन्ने विषयमा त्यति सचेत भएको पाइँदैन । आफैँ आक्रोशित भएर वा अरुको उक्साहटमा लागेर स्वास्थ्य संस्था वा चिकित्सकमाथि आक्रमण गर्न उद्यत भएको पाइन्छ । यसले चिकित्सा सेवाको वातावरणलाई धुमिल्याउने काम गरेको छ । साथै चिकित्सकहरुलाई हतोत्साहित गरी विदेश पलायन हुन बाध्य पार्ने गरेको छ ।

विशेष गरी बेलायत, अमेरिका, मालदिप्स आदि देशमा अहिले नेपाली चिकित्सकहरु पलायन हुँदै गएको देखिन्छ । विशेष गरी अमेरिका र बेलायतमा नेपाली चिकित्सकहरु अध्ययन तथा तालिममा जाने र पछि उतै अल्मलिने गरेको पाइन्छ । मालदिप्स र ती मुलुकहरुमा कामै गर्ने उद्देश्यले पनि नेपालबाटै प्रकि्रया पु¥याएर चिकित्सकहरु काम गर्न जाने गरेको पाइन्छ । यसबाहेक अन्य मुलुकहरुमा पनि नेपाली चिकित्सकहरु कामको खोजीमा जाने गरेका छन् ।

विदेश पलायन हुने अधिकांश चिकित्सकहरुले पहिलेदेखि नै विदेश जाने लक्ष्य नबनाउने भए तापनि मुलुकको बिगि्रँदो परिसि्थतिका कारण नचाहेर पनि बिस्तारै उनीहरुमा वितृष्णाको भावना विकास भएको पाइन्छ । ग्रामीण क्षेत्रसम्म चिकित्सा सेवाको राम्रो पहुँच नपुगेको र शहरका सरकारी अस्पतालहरुमा पनि चिकित्सकहरुको दरबन्दी खाली नै हुँदा एउटा चिकित्सकले धेरै जनालाई सेवा दिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

जसले गर्दा स्वास्थ्य सेवाको गुणस्तर पनि खसि्कनु स्वाभाविक नै है । ग्रामीण क्षेत्रसम्म भरपर्दो स्वास्थ्य सेवाको विस्तार गर्न र शहरी क्षेत्रमा समेत प्रभावकारी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि पनि चिकित्सकहरुको पलायन रोक्न जरुरी छ । यसका लागि सरकारले चिकित्सकहरुको छाता संस्था नेपाल मेडिकल एसोसिएसनसँग समेत गम्भीर छलफल गरी उचित कदम चाल्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्