रोचक जानकारी



क) नरिवलको दूधमा ल्याक्टोज हुँदैन । त्यसैले ल्याक्टोज पचाउन नसक्नेहरूलाई यसले दूधको विकल्पको रूपमा काम गर्छ ।

ख) दूध एकमात्र यस्तो खाना हो, जसमा बाँच्नको लागि शरीरलाई चाहिने हरेक पौष्टिक आहारा पाइन्छ ।

ग) स्ट्रोक, फोक्सोको क्यान्सर र हृदय रोगबाट हुने एक तिहाइ मृत्यु वायु प्रदूषणका कारणले हुने गर्छ । वायु प्रदूषणको प्रभाव धूमपान र धेरै नूनको सेवन गरेजत्तिकै खतरनाक हुन्छ ।

घ) महमा फिनोल्स तथा अन्य एन्टिअक्सिडेन्ट तत्वहरू पाइन्छ । यसले हृदय रोग भएका बिरामीहरूका लागि जोखिम कम गर्न मद्दत गर्छ ।

ङ) मधुमेह रोगीहरूका लागि चिनीभन्दा मह कम हानिकारक हो । मधुमेह भएका व्यक्तिहरूका लागि मह परिष्कृत चिनीभन्दा राम्रो भए तापनि मह सावधानीका साथ
सेवन गर्नुपर्दछ ।

च) ठिक्क मात्रामा रेड वाइन पिउनु हृदयको लागि राम्रो मानिन्छ । रेड वाइनमा रिसवेराट्रोल पदार्थ हुन्छ, जसले कोलेस्ट्रोल नियन्त्रण गर्ने, रक्तनलीमा क्षति हुन रोक्ने जस्ता कार्य गर्दछ ।

छ) साबुन–पानीबाट हात धुँदा श्वास–प्रश्वासबाट हुने संक्रमणको जोखिम १६ प्रतिशतले घटाउन सकिन्छ भने झाडापखालाबाट हुने मृत्युलाई ५० प्रतिशतले कम गर्न सकिन्छ ।

ज) फाइबरयुक्त भोजनहरूले हृदय रोग, मोटोपना र टाइप २ मधुमेहको जोखिम कम गर्न सक्छ।

झ) कोकको कार्बोनेसनले हड्डीहरूमा क्याल्सियमको कमी गराउँछ र मानिसको हड्डी कमजोर बनाउने गर्छ ।

ञ) भिक्स भेपोरबको मुख्य तत्व मेन्थोल हो, जसले तपाईंको टाउकोमा लगाउँदा रक्तचाप कम गरी परिणामस्वरूप दुखाइ कम गर्दछ।

ट) मानिसको आन्द्रालाई ठीकसँग काम गर्न पानी अति आवश्यक हुन्छ । आवश्यक मात्रामा पानी नपुग्दा डिहाइड्रेसन हुने गर्छ र पाचनसम्बन्धी समस्या, कब्जियत र एसिडिटी हुने गर्छ । यसले पेटको अल्सरसमेत निम्त्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्