जन अदालत



स्तम्भकारहरुलाई मुरी–मुरी धन्यवाद
साधनाका हरेक अंक विशेषझैँ लाग्छ । इडिटर्स पिक, नयाँ कुरा, जनस्वास्थ्य, यौनजीवन, महिला स्वास्थ्य, आयुर्वेद आदि स्तम्भलाई हरेक अंकमा फरक कोण र फरक ढंगले प्रस्तुत गरिएको छ । त्यसैले पनि यस अंकमा फलानो स्तम्भकारले के लेखे होला भन्ने कौतुहल जागिहाल्छ । स्तम्भकारहरुलाई मुरी–मुरी धन्यवाद !

– शम्भु अमात्य, बनेपा, काभ्रे ।

कोरोनाबारे सकारात्मक सामग्री चाहियो
आजकल जता पनि कोरोनाकै चर्चा छ । आज यति संक्रमित भए, आज यति मरे, काठमाडौं उपत्यकामा झनै खतरा जस्ता चर्चाले वाक्क बनाइसक्यो । अब त कोरोना भन्ने शब्द नै नसुनौं जस्तो भइसक्यो । त्यसैले अब कोरोनाको नकारात्मक चर्चा होइन, सकारात्मक चर्चा शुरु गरौं । कोरोनाविरुद्ध खोप निस्केको, कोरोनालाई वैकल्पिक उपायद्वारा जितेको, बिस्तारै अवस्था सहज हुँदै जाने जस्ता मनोबल बढाउने सामग्री साधनाले पस्कनुपर्‍यो ।

– विश्वदीप खड्का, न्युरोड, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्