जन अदालत



साधना ई–पेपरको रुपमा राख्नुपर्‍यो 

साधनाको प्रिन्ट कपी पढ्न नपाएको धेरै भयो । केही लेख–रचनाहरु अनलाइनमा पढ्न पाइए पनि प्रिन्ट भएर आएको कपीमा पढेजस्तो मजा भएन । कागजको पाना पल्टाउँदै डिजाइनयुक्त रंगिन पेजमा पढ्नुको मजा भिन्नै हुन्छ । त्यसैले साधनालाई ई–पेपरको रुपमा अनलाइनमा राख्न आग्रह गर्दछु । 

आजकल कुनै पनि पत्रिका अनलाइनमा ई–पेपरको रुपमा पढ्नेहरुको संख्या बढिरहेको छ । यसरी अनलाइनमा प्रिन्ट कपीकै जस्तो पाना पल्टाउँदै पढ्दाको मजा नै अर्कै हुन्छ । ई–पेपर बनाएर अनलाइनमा राख्न ठूलो कुरा पनि होइन भने साधनाचाहिँ किन पछि पर्ने ? 

– सुरेश भट्ट, मध्यपुर ठिमी–२, लोकन्थली, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्