मधुमेह नियन्त्रणका लागि गहुँको जमराको रस प्रभावकारी मानिन्छ । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । साथै गहुँको जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिँदैन । किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ ।
केही वर्षयता नेपालीहरुमा स्वास्थ्य समस्या उच्च दरले बढेको छ । त्यसमा पनि पाचन प्रणालीसँग सम्बन्धित समस्या झनै उच्च गतिमा बढेको छ । ग्यास्ट्राइटिसलाई त नेपालमा राष्ट्रिय रोग नै मानिदै आएको छ । यससँगै मधुमेह र उच्च–रक्तचापका बिरामी पनि कमी छैनन् । शारीरिक सक्रियताको कमी, मानसिक तनावमा वृद्धि, असन्तुलित खानपान र प्रदूषित वातावरण स्वास्थ्य समस्या बढ्नुका कारण हुन् । स्वस्थ जीवनका लागि सन्तुलित आहारको उल्लेखनीय योगदान भन्ने सत्यलाई कसैले नकार्न सक्दैन । त्यसै कारण आयुर्वेदले आहार, निद्रा र ब्रह्मचर्यलाई स्वास्थ्यको त्रि–उपस्तम्भ मानेको छ ।
मानिसको स्वास्थ्यमा उसले खाने आहारको प्रमुख भूमिका रहेको हुन्छ । घरमा बनाएको मही, दाल, सागपात, जाँतोमा पिँधेको पीठो र ढिकीमा कुटेको चामलको परिकार खान छोडेर बजारका मिसावटयुक्त कृत्रिम खाद्यपदार्थमा आकर्षण बढ्दै गएको छ । यसले गर्दा पत्तै नपाई हाम्रो स्वास्थ्य बिग्रँदै गएको छ ।
हाम्रो भाते संस्कृति
हिजोआज आमनेपालीको मूल खाना सेतो चामलको भात बनेको छ । त्यसमा पनि दाल कसले पकाइराख्छ भन्दै झोल राखेको तरकारीसँग मात्र भात खाने संस्कृति विकसित भएको छ । अझ सादा खाना खानुपर्छ भन्ने भ्रम पालेकाहरु तरकारीलाई मसलारहित खल्लो पारी खाने गर्दछन् । उता स्वादिलो खान रुचाउनेहरु भने आवश्यकताभन्दा बढी मसला राखेर जिब्रो पड्काई–पडकाई खाने गर्छन् । भात खान बानी परेका नेपालीहरु दुई छाक मात्र पनि पेटभरी भात खान नपाउँदा भातका लागि छट्पटिन थाल्छन् ।
यहाँ भात खानु गलत भन्न खोजिएको भने होइन तर सधैँ भात खाएर भाते बन्नु गलत हो । दैनिक खाइने खानामा सेतो चामलको भातको आधिक्यताले मात्र शरीरलाई सन्तुलित राख्न सक्दैन । शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्वको आपूर्ति भातले मात्र गर्न सक्दैन । भातको अधिकताले रगतमा ग्लुकोजको मात्रा बढाउँछ, मान्छेलाई अल्छी बनाउँछ । शारीरिक रुपमा मोटोपन गराउँछ ।
तरकारीको रुपमा रायोको साग, गुन्द्रुक वा मस्यौराको झोल दैनिक खाएर मात्र पनि मस्तिष्कको विकास हुन सक्दैन । भिटामिन र खनिज प्रदार्थहरुको अभावमा शरीरका ग्रन्थिहरु सक्रिय रहन सक्दैनन् । फलतः मानसिक स्वास्थ्य सही रहन्न । अत्यधिक मात्रामा भातको प्रयोग गरे मधुमेह हुने सम्भावना बढ्छ, खल्लो तरकारी खाएर जाँगर चल्दैन, मानसिक समस्या उत्पन्न हुन्छ । तर स्वादिलो खाने बहानामा बढी मसालेदार तरकारी खाए पनि उच्च रक्तचाप एवं ग्यास्ट्राइटिस हुने सम्भावना धरै बढ्छ ।
अतः खाना सन्तुलित हुनुपर्छ । वास्तवमा खाना खाएर मात्र पनि हुँदैन, खाइएको खाना सही रुपमा पचाउने सामर्थ र साधन शरीरमा चाहिन्छ । अझ पचाएर मात्र पनि पुग्दैन । पचिसकेपछि पचेका तत्वहरुलाई शरीरका सबै अंग–प्रत्यंगहरुमा सम्यकरुपमा व्यवस्थापन गर्नु उत्तिकै जरुरी हुन्छ । अनि मात्र स्वस्थ शरीर र सबल मनको निर्माण सम्भव हुन्छ ।
जुस चिकित्सा
आज हामीले उपयोग गरिरहेको हावापानी दूषित छ, खाना मिसावटयुक्त एवं प्रशोधित र गुणस्तरहीन छ । तरकारी रासायननिक मलले ढाकिएको पाइन्छ । यस परिवेशमा हरेकले आफ्नो स्वास्थ्यलाई जोगाइराख्न र जीवनलाई जीवन्त बनाइराख्न सहज देखिँदैन । यस अवस्थामा स्वास्थ्यलाई सन्तुलित र जीवनलाई जीवन्त बनाउने उपाय जुस–चिकित्सा अचुक साधन बन्न सक्छ ।
हामीले स्वास्थ्य सन्तुलित र जीवन जीवन्त बनाउन दैनिक जुस उपयोग गर्नु बुद्धिमानी हुन्छ । आफ्नै खेतबारीमा उपल्ब्ध मौसमी फलफूलहरुको जुसले हाम्रो बढ्दो स्वास्थ्य समस्यालाई सहजै नियन्त्रण गर्न सक्छ । यसका लागि केवल सचेत बन्नु आवश्यक छ । जुसको प्रयोगले स्वास्थ्यलाई जोगाइराख्ने मात्र नभई बिग्रिएको स्वास्थ्यलाई पनि सुधार गर्न सम्भव हुन्छ । जुससँगको जीवन जीवन्त हुन्छ । जुस भन्नेबित्तिकै ताजा फलफूल वा तरकारी आदिलाई दबाएर निकालिएको रस भन्ने बुझिन्छ । जुस चिकित्सालाई आयुर्वेदको स्वरस चिकित्सा वा एक द्रव्य चिकित्साका रुपमा अथ्र्याउन सकिन्छ । जुसको प्रयोग ताजै र तत्कालै गर्नुपर्ने हुन्छ, अन्यथा अक्सिडाइज हुन्छ र औषधीय गुण नाश हुन्छ । बट्टामा प्याक गरिएको वा प्रशोधन गरी राखिएकोे जुस कुनै पनि दृष्टिले फाइदाजनक मानिदैन ।
पहिले–पहिले प्रायः खानेकुरा घरमै तयार हुन्थ्यो । मौसमी फलफूल एवं विषादीरहित तरकारीको पर्याप्तरुपमा सेवन गरिन्थ्यो । त्यसैले त्यो समयमा जुस अनिवार्य हुँदैनथ्यो ।
यद्यपि जुसको महत्व परापूर्वकालदेखि नै रहेको थियो । यसलाई चिकित्सामा पनि प्राचीनकालदेखि नै प्रयोग गरिँदै आएको पाइन्छ । तर आज समय यस्तो आएको छ कि प्रायः धेरै खाद्यसामग्री बजारबाटै खरिद गरिन्छ । विषादीविहीन तरकारी पाउन मुस्किल छ । फलफूल त विशेष परिस्थिति र चाडपर्वमा मात्र खाइन्छ । चेतनाको कमी र लोभले गर्दा बिरामी भए मात्र फलफूल खान दिइन्छ । जुस बिरामीले मात्र खाने संस्कृति नै विकास हुन थालेको देखिन्छ ।
फादर अफ जुसिङका रुपमा प्रख्यात ९३ वर्षीय अमेरिकी जेय कोर्डिचका अनुसार तरकारीको जुस शरीरको पुष्टिकारक हुन्छ । फलफूलको रसले भने शरीरको सफाइ गर्छ । यसले टक्सिन वा विजातीय पदार्थहरुलाई शरीरबाट निकाल्छ । त्यसैले फलफूलको रस तत्काल ऊर्जादायक हुन्छ ।
जुस कहिले र कसरी सेवन गर्ने ?
जुस सेवनका लागि कुनै निश्चित समय हुँदैन । तर जुस पिउनुभन्दा आधादेखि एक घन्टाअघि–पछि खानपिन गर्नुहुँदैन । बिहान खालिपेटमा जुस पिउनु बढी फाइदाजनक हुन्छ ।
दैनिक ५० देखि १०० मि.लि. जुस दैनिक सेवन गर्नु लाभदायक हुन्छ । जुस प्रायः एक–अर्कोसँग नमिसाई प्रयोग गर्नु राम्रो मानिन्छ । जुसमा नून, चिनीजस्ता पदार्थ नराखी प्रयोग गर्ने सल्लाह जुस विशेषज्ञहरुको रहेको छ । जुसलाई तताउने वा चिसो बनाउने काम भुलेर पनि गर्नुहुँदैन । यो बनाएपछि तत्कालै पिउनुपर्दछ । जुस बनाउँदा प्रयोग गरिने कफलफूल, पानी, चक्कु र भाँडाकुँडाको सरसफाइलाई राम्ररी ख्याल गर्नुपर्दछ ।
जमराको चामत्कारिक प्रभाव
जमरा एमिनोएसिड, इन्जाइम, भिटामिन र प्रोटिनको राम्रो स्रोत हो । यसको पोषक तत्वले शरीरको मृत्त कोशिकालाई पुनर्जीवन दिन्छ र रगतको पीएच लेभललाई सदा सन्तुलित राख्छ । शरीरमा हुने अक्सिजनको कमीलाई पूर्ति पनि यस चामत्कारिक जमराले गर्दछ । यसर्थ जमराको जुसलाई ग्रीन ब्लड पनि भनिन्छ, जसले क्यान्सरको उपचारमा चामत्कारिक प्रभाव देखाउँछ ।
जुस सेवनबाट हुने फाइदा
एन्टिबायोटिक र हर्मोनको कार्य गर्ने :
ताजा जुसबाट प्राकृतिक औषधि, एन्टिबायोटिक र भेजिटल हर्मोन प्राप्त हुन्छ । उदहारणका लागि प्याज, गोलभेंडा, अदुवा र मुलाको ताजा जुसबाट प्राकृतिक एन्टिबायोटिक प्राप्त हुन्छ । लामो आकारको सिमीबाट इन्सुलिनजस्तो पदार्थ र काँक्रो एवं प्याजबाट प्यान्क्रियाजलाई इन्सुलिन निकाल्न चाहिने हर्मोन प्राकृतिक स्वरुपमा प्राप्त हुन्छ ।
अम्लपदार्थको सन्तुलन गर्ने :
प्रायः स्वास्थ्य समस्यामा शरीरमा अम्लपदार्थको मात्रा बढेको पाइन्छ । ताजा र कच्चा जुसहरु क्षारीय गुणले युक्त हुन्छन्, जसले शरीरमा अनावश्यकरुपमा बढेको अम्लपदार्थसँग प्रतिक्रिया गरी सन्तुलनमा राख्ने काम गर्छ ।
असमयमा हुने बुढ्यौली रोक्ने :
कच्चा जुसमा सजिलै अवशोषण हुने अर्गानिक खनिजहरु जस्तै– क्याल्सियम, पोटासियम, सिलिकन आदि प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरका कोषहरुमा जैव रसायन एवं खनिजको मात्रालाई सन्तुलित तुल्याउँछ । साथै असमयमा हुने बुढ्यौलीबाट पनि बचाउँछ ।
तुरुन्तै रगतमा पुगेर प्रभाव देखाउने :
कच्चा जुसमा पाइने तत्वहरुले घाउचोट निको हुने प्रक्रियालाई गति प्रदान गर्दछ । साथै कोषहरुको पुनर्जागरण गराउनमा मद्दत गर्दछ । कच्चा जुसको सबैभन्दा रमाइलो एवं विशेष कुरा के हो भने, यसलाई शरीरले पचाउनुपर्दैन, जुन सीधै अवशोषित हुन्छ र तत्काल रक्तप्रवाहमा पुगी प्रभाव देखाउन थाल्छ ।
जमरा–जुसको विशेष फाइदा
छाला जवान राख्ने
छालालाई जवान, चम्किलो, मुलायम राख्नका लागि गहुँको जमराको जुस एकदमै प्रभावकारी हुन्छ । किनभने यसमा प्राकृतिक न्युट्रिसन र एन्टिअक्सिडेन्ट भरपूर मात्रामा पाइन्छ । यी तत्वले शरीरमा बूढोपन आउन दिँदैन । नियमितरुपले यो पेय पिउँदा छाला हाइड्रेट रहन्छ । छालाको दाग–धब्बा पनि हट्छ । चाउरीपन हट्छ ।
कपाल कालो र स्वस्थ बनाउने
समय नपुगी कतिको केश फुल्ने गर्छ । कपालको हाँगा फाट्ने, रुखो हुने, झर्ने समस्या पनि धेरैले झेलिरहेका हुन्छन् । यदि दिनहुँ गहुँको जमराको जुस पिउने हो भने कपालका यी तमाम समस्या हट्न मद्दत पुग्छ ।
होमोग्लोबिन बढाउने
गहुँको जमराको जुसले शरीरमा रक्तसञ्चार प्रक्रिया चुस्त बनाउँछ । यसले शरीरमा नयाँ रगत बनाउँछ र पुरानो रगत विस्थापित हुन्छ । साथै शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।
ब्लड सुगर नियन्त्रण गर्ने
मधुमेह नियन्त्रणका लागि पनि गहुँको जमराको रस प्रभावकारी मानिन्छ । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।
क्यान्सर प्रतिरोधी क्षमता
गहुँको जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिँदैन । किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ ।
कब्जियतको उपचार
कब्जियतको समस्या झेलिरहेकाहरुले गहुँको जमराको जुस नियमित सेवन गरेमा यो समस्या हराउँदै जान्छ । यसले शरीरको पाचनक्रियालाई पनि चुस्त राख्न मद्दत गर्छ ।
अधिकाँश नेपालीले दशैँमा जमारा उमारेर शिरमा लगाउने परम्परा छ । कसै–कसैले जमराको माला पनि लगाउने गरेको देखिन्छ । तर अब त्यतिले मात्र दशैँको जमराको सार्थक उपयोग भएको मानिदैन । दशैँको टीकासँगै जमराको जुस बनाएर सेवन गर्ने र आशिर्वाद लिन आउनेहरुलाई पनि एक गिलास जमराको जुसले स्वागत गर्ने बानी बसालौं । दशैंको भोजन संस्कृतिमा नयाँ आयाम थपौैं । अनि अन्य दिनहरुमा पनि कोल्ड ड्रिंकको सट्टा जमरा उमारेर जुस बनाई पाहुनाको स्वागत गर्ने गरौं । यसले दीर्घ जीवनका लागि अवश्य सहयोग पुग्नेछ ।
अधिकांश नेपालीले दशैँमा जमारा उमारेर शिरमा लगाउने परम्परा छ । कसै–कसैले जमराको माला पनि लगाउने गरेको देखिन्छ । तर अब त्यतिले मात्र दशैँको जमराको सार्थक उपयोग भएको मानिदैन । दशैँको टीकासँगै जमराको जुस बनाएर सेवन गर्ने र आशिर्वाद लिन आउनेहरुलाई पनि एक गिलास जमराको जुसले स्वागत गर्ने बानी बसालौं ।
कुन रोगका लागि केको जुस ?
रोगअनुसार विशुद्धरुपमा फलफूल वा तरकारीको मात्र प्रयोग गरी गरिने चिकित्सालाई जुस चिकित्सा भनिन्छ । अप्रिल २८, २०१७ मा द टाइम्स अफ इन्डियामा प्रकाशित लेखमा विभिन्न रोगका लागि निम्न ४१ वटा जुसबारे उल्लेख गरिएको छ ।
अम्लपित्त : अंगुर, सुन्तला, गाजर, मौसम र पालुङ्गोको साग ।
डन्डिफोर : नासपाती, अंगुर, बयर, गोलभेंडा र काँक्रो ।
एलर्जी : अंगुर, खुबानी, पालुङ्गोको साग, चुकन्दर र गाजर ।
रक्तअल्पता : आरुबखडा, रातो अंगुर, सकरखण्ड, अजवाइन, स्ट्राबेरी, गाजर र पालुङ्गो ।
आर्थेओस्क्लेरोसिस : अंगुर, भुइँकटहर, अजवाइन, सलाद, पालुङ्गो ।
आर्थराइटिस : भुइँकटहर, कागती, अंगुर, काँक्रो, सकरखण्ड, अमिलो स्याउ, अमिलो र चेरी ।
आस्थमा : खुबानी, कागती, आरु, गाजर, मुला र चेरी ।
मूत्रथैलीको समस्या : स्याउ, अजवाइन, कागती, काँक्रो, गाजर र खोले साग ।
ब्रोङ्काइटिस : प्याज, गाजर, आरु, गोलभेंडा र भुइँकटहर ।
सेलुलाइट : गाजर, स्याउ, अदुवा र चुकन्दर ।
कब्जियत : गाजर, स्याउ र पालक ।
ठण्डी : पालक, अजवाइन, गाजर, प्याज, भुइँकटहर र अंगुर दाख ।
मधुमेह : अजवाइन, पालक, गाजर, सलाद र सिट्रल फल ।
डिप्रेसन : गाजर, स्याउ, पालक र सकरखण्ड फल ।
झाडापखाला : मेवा, कागती, भुइँकटहर, गाजर र अजवाइन ।
एकजिमा : काँक्रो, सकरखण्ड, रातो अंगुर र पालक ।
छारेरोग : रातो अंगुर, नेभारा, गाजर, अजवाइन र पालक ।
नेत्रजल : गोलभेंडा, खुबानी, पालक र अजवाइन ।
थकान : गाजर, कागती, सुन्तला र पालक ।
वातरक्त : गोलभेंडा, काँक्रो, पालक, गाजर, बयर र अजवाइन ।
दुर्गन्घ : स्याउ, गोलभेंडा, अंगुर, अजवाइन, गाजर र पालक ।
तनाव : भुइँकटहर र हनी ।
शिरदर्द : अंगुर, कागती, गाजर, पालक र सलाद ।
हृदयरोग : चुकन्दर, पालक, रातो अंगुर, कागती, काँक्रो र गाजर ।
उच्च रक्तचाप : अंगुर, सुन्तला, गाजर र चुकन्दर ।
अपच : गाजर, बन्दाकोपी र चुकन्दर ।
इनफ्लुएन्जा : खुबानी, प्याज, गाजर, सुन्तला, भुइँकटहर र अंगुर ।
अनिद्रा : स्याउ, अंगुर, कागती, गाजर र अजवाइन ।
कामला : नासपाती, अंगुर, गाजर, अजवाइन, पालक, काँक्रो र कागती ।
मृगौला रोग : स्याउ, सुन्तला, कागती, काँक्रो, अजवाइन, सकरखण्ड र साग ।
कलेजो रोग : मेवा, अंगुर, गाजर, गोलभेंडा, सकरखण्ड र काँक्रो ।
स्मृति नाश : आरु, केरा र कागती ।
हिनावारी समस्या : सकरखण्ड, सलगम, पालक, अंगुर, चेरी र आलुबखडा ।
मानसिक घबराहट : गाजर र अजवाइन ।
मोटोपन : कागती, सुन्तला, चेरी, भुइँकटहर, मेवा, गोलभेंडा, सकरखण्ड, बन्दाकोपी, पालक र गाजर ।
महिनावारीको पूवार्ध समस्या : भुइँकटहर, केरा र सोया दूध ।
सोराइसिस : अंगुर, गाजर, सखरखण्ड र काँक्रो ।
तनाव : स्ट्राबेरी, केरा र नासपाती ।
टन्सिल : कागती, खुबानी, सुन्तला, भुइँकटर, पालक, मुला र गाजर ।
अल्ल्सर : गाजर, बन्दाकोपी, भुइँकटहर र मेवा ।
भेरीकोज भेज : खोले साग, आलुबखडा, गोलभेंडा, सकरखण्ड, गाजर र अंगुर ।