खाना र औषधिको सम्बन्ध



डा. जया प्रधान

साधारणतया बिरामी हुँदा खानाप्रति रुचि घट्ने, खान मन नलाग्ने तथा खानाको स्वाद नहुने हुन्छ । यो स्वाभाविकरुपमा प्रायः सबैले अनुभव गरेको हुन्छ । बिरामी हुँदा कतिपय स्थितिमा औषधि सेवन गुर्नको साथै दैनिक नियमित खानपिनमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । एकातिर बिरामी हुँदा खानाप्रतिको रुचि घट्न सक्छ भने अर्कोतिर केही औषधिको सेवनले अझ रुचिमा प्रभाव पार्ने हुन्छ ।

हुन त बिरामी हुँदा सेवन गर्ने औषधिले सहज पार्नुको साथै स्वस्थ हुनुमा मद्दत पु¥याउँछ । बिरामी हुँदा लिइने केही औषधिले व्यक्तिको खाना तथा त्यसबाट पाइने पौष्टिक तत्वको शोषण र उपयोगमा बाधा पु¥याउन सक्छ । कहिलेकाहीँ बिरामीले खाएको खाना र त्यसबाट प्राप्त हुने पौष्टिक तत्वले पनि औषधिको उपयोग तथा यसको काममा बाधा पु¥याउन सक्छ ।

  एकातिर औषधिले आएको खाना र यसबाट प्राप्त हुने पौष्टिक तत्वको शोषण तथा उपयोगमा प्रभाव पार्दछ भने अर्कोतिर खाना र त्यसमा भएका पौष्टिक तत्वले औषधिको उपयोगमा असर पार्न सक्छ । खानामा पानीको मात्रा, खानाको तापक्रम, खानाबाट प्राप्त हुने पौष्टिक तत्वको परिमाण, खानाको अम्लीय तथा क्षारीय गुण आदि कारणले औषधिको शोषण र शरीरमा पार्ने असरलाई प्रभावित पार्दछ ।

अर्कोतर्फ औषधिको प्रकार, परिमाण, लिने समय र कति पटक लिने आदि कुराले खानाबाट प्राप्त हुने पौष्टिक तत्वको शोषण, उपयोग, मेटाबोलिजममा प्रभाव पार्नुका साथै कतिपय औषधिले पौष्टिक तत्व नष्ट पार्ने, त्यसको गुणलाई परिवर्तन गर्ने, शरीरले उपयोग गर्न नसकेको खेर जाने हुन्छ । औषधिले खानाबाट प्राप्त हुने सबै प्रकारका पौष्टिक तत्वहरु– कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र खनिज पदार्थलाई प्रभाव पार्न सक्छ । जस्तै– केही औषधिको सेवनले कलेजोमा चिल्लो पदार्थ जम्मा हुने, रगतमा चिनीको मात्र घटबढ हुने, शरीरमा भिटामिन सुरक्षित रहन नसक्ने तथा पिसाबबाट खनिज तत्व बढी खेर जाने हुन्छ ।


कतिपय औषधिको सेवनले रुचि बढाउने, रुचि घटाउनेदेखि शोषण तथा मेटाबोलिजम प्रक्रियासम्ममा प्रभाव पार्ने हुन्छ । जस्तै– एन्टिस्टामिन, केही परिवार नियोजनका चक्कीले खानाप्रतिको रुचि बढाउने हुन्छ । यसै गरी केही औषधि– रगतमा चिनी कम गर्ने औषधि, क्यान्सर किमोथेरापुटिक एजेन्ट र एन्टिबायोटिक औषधिले वाकवाक लाग्न, बान्ता आउन सक्ने हुनाले खानाप्रति रुचि कम गराउँछ ।
यसै गरी खानाको प्रकार तथा खानाबाट प्राप्त हुने पौष्टिक तत्वले पनि सेवन गरेको औषधिको कार्यमा प्रभाव पार्न सक्छ ।

विभिन्न प्रकारका खाद्यपदार्थहरु जस्तै– फाइबरयुक्त खाद्यपदार्थ, दँध तथा दँधबाट बनेको परिकार, साग–तरकारी, पेयपदार्थ आदिले औषधिको शोषण तथा उपयोगमा प्रभाव पार्ने कुरा अध्ययनले देखाएको छ । जस्तै– आइरन चक्की ताजा फलफँलको रसका साथमा लिँदा यो औषधिको शोषण तथा उपयोग शरीरमा राम्ररी हुन्छ । जबकि यिचाको साथामा लिँदा यसमा भएको ट्यानिक एसिडको कारणले गर्दा लौहतत्वको शोषण उपयुक्त तवरले हुन सक्दैन । यसै गरी टेट्रासाइक्लिन औषधिको साथ दँध तथा दँधबाट बनेको परिकार लिँदा दूधमा पाइने क्याल्सियम तत्वले औषधिको शोषणमा बाधा पु¥याउँछ ।

यस प्रकारका औषधि र पौष्टिक तत्व दुवैको शोषण तथा उपयोगमा प्रभाव पार्नुको साथै कतिपय स्थितिमा शरीरमा पौष्टिक तत्वको कमीसमेत हुन सक्ने सम्भावना हुन्छ । केही डिउरेटिक्स औषधिको सेवनले शरीरमा पोटासियम तत्वको कमी हुन सक्छ भने एस्प्रिन औषधिको कारणले लौहतत्वको शोषणमा बाधा पु¥याई एनिमियासमेत हुन सक्छ ।

यस प्रकार सेवन गर्ने औषधि, व्यक्तिको अवस्था र सो समयमा खाने खानेकुराबीच सम्बन्ध भएको हुनाले जुन उद्देश्यले औषधि सेवन गरिएको छ त्यसको प्रभावकारिता कायम राख्नको लागि डाक्टरको सल्लाह÷सिफारिसबमोजिम औषधि कति खाने, खालि पेटमा वा खानापछि वा खाना खाइसकेपछि खाने, केको साथमा खाने आदिबारे स्पष्ट जानकारी राख्न जरुरी हुन्छ ।


यस लेखमा औषधिले खाना र पौष्टिक तत्वमा पार्ने प्रभाव, पौष्टिक तत्वले औषधिको उपयोगितामा पार्ने प्रभाव तथा औषधिले शरीरमा पौष्टिक तत्वको परिमाणलाई पार्न सक्ने प्रभावबारे जानकारी दिए तापनि औषधिको सेवन गर्दा सम्बन्धित डाक्टरको सल्लाहअनुरुप सिफारिस गरिएको र कुन औषधिले कस्तो असर पादर्छ भन्ने स्पष्ट जानकारी लिई सोही अनुरुप खानाको व्यवस्था गर्नुपर्ने हुन्छ ।
यस लेखमा साधारणतया अस्वस्थ हुँदा सेवन गर्ने औषधि र त्यसले खाना तथा पौष्टिक तत्वमा पार्ने प्रभावबारे जानकारी दिने उद्देश्य लेखिएको हुनाले औषधिको सेवनबाट असर नै पर्छ भन्ने कुरालाई लिनुभन्दा पनि सम्बन्धित डाक्टरबाट सिफारिस गरिएको औषधि सेवन गर्नुका साथै आवश्यक परामर्श लिई सोको अवलम्बन गर्न जरुरी हुन्छ ।

चीज हालेर बनाएको रामतोरिया

विधिः
सर्वप्रथम लामो गरी काटेको रामतोरिया तातो तेल (२ टेबल चम्चा)मा मधुरो आँचमा फ्राइ गर्नुपर्छ । त्यसपछि अर्को प्यानमा बाँकी तेल हालेर अदुवा, प्याज र हरियो खुर्सानी हाली हल्का फ्राइ गर्नुपर्छ । उक्त फ्राइ गरेको प्याजमा बेसार हालेर चलाउनुपर्छ । त्यसपछि यसमा मसिनो गरी काटेको पनिर र फ्राइ गरेको रामतोरिया हाली मधुरो आँचमा पकाउनुपर्छ । त्यसपछि यसमा स्वादअनुसार नँन हालेर मधुरो आँचमा करिब ५ मिनेट जति पकाउनुपर्छ । पाकेपछि माथिबाट काटेको धनियाँ हालेर सर्व गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्