मृगौलापीडितलाई १२ लाख सहयोग



काठमाडौं । गोरखा शहीद लखन गाउँपालिका–८ निवासी स्थानीय युवा समाजसेवी नरबहादुर अधिकारीलाई औषधि उपचारार्थ १२ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ । उहाँका दुईवटै मृगौलाले काम गर्न छोडेपछि उपचारार्थ विभिन्न सहयोगी हातले आर्थिक सहयोग प्रदान गरेका हुन् । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा सांसद चूडामणि खड्काले संकलित सहयोग पीडित अधिकारीलाई प्रदान गर्नुभएको हो ।

मृगौलापीडित अधिकारीको मृगौला प्रत्यारोपण गर्न करिब ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । थोरै भए पनि सहयोग प्रदान गर्न स्वदेश तथा विदेशमा रहेका युवाले उक्त रकम संकलन गरेका हुन् । मृगौलापीडित अधिकारीले शहीद लखन गाउँपालिकाका स्थानीय युवाद्वारा आर्थिक सहयोगस्वरुप प्रदान गरिएको उक्त रकम आफ्ना लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्