ललितपुर स्वास्थ्य व्यवसायी संघमा पुनः महर्जन



ललितपुर । आधुनिक औषधि तथा स्वास्थ्य व्यवसायी संघ ललितपुरको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले इन्द्रवीर महर्जनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । आगामी २ वर्षका लागि महर्जनलाई अध्यक्षमा चयन गरिएको हो । अधिवेशनले पवित्रराज वैद्य, मनोज अमात्य, धु्रवनारायण श्रेष्ठ, नरहरि महत, राजु पन्थी र सजन श्रेष्ठलाई सदस्यमा चयन गरेको छ ।

निर्वाचन अधिकृतसमेत रहनुभएका संघका कानुनी सल्लाहकार अधिवक्ता अर्तिनाथ बोकीका अनुसार निर्वाचित समितिको आगामी बैठकले निर्वाचित ६ सदस्यमध्येबाट उपाध्यक्ष, सचिव र कोषाध्यक्ष चयन गर्नेछ । कार्यसमितिमा महिला सदस्य विद्या श्रेष्ठ र सम्राटमान जोशीलाई मनोनीत गरिएको छ । संघको अधिवेशन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नुएको थियो । सो अवसरमा अध्यक्ष इन्द्रवीर महर्जनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका स्वास्थ्यकर्मी आबद्ध यस संघले व्यवसायमुखीभन्दा सेवाको भाव बढी बोकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्