डा. अग्रवालको अल्पायुमै निधन



बालरोग विशेषज्ञ तथा नेपाल चिकित्सक संघ कोशी शाखाका कोषाध्यक्ष डा. विमल अग्रवालको अल्पायुमै निधन भएको छ । कोशी अञ्चल अस्पतालमा कार्यरत ४२ वर्षीय डा. अग्रवाल नोबल मेडिकल कलेजमा १५ दिनअघि एन्जियोग्राफी गर्ने क्रममा मतिष्कघात भै अचेत हुनुभएको थियो । डा. अग्रवालको उपचारका क्रममा जेठ ७ गते निधन भएको हो ।

६ वर्षदेखि कोशी अस्पतालमा कार्यरत डा. अग्रवाललाई मस्तिष्कघात भएपछि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । परिवारले चिकित्सकको लापरबाहीका कारण निधन भएको आरोप लगाएका छन् । डा. अग्रवाल पूर्वी क्षेत्रकै चर्चित बालरोग विशेषज्ञ मानिनुहुन्थ्यो । नेपाल चिकित्सक संघ कोशी शाखाले डा. अग्रवालको निधनप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्