स्किन मुलायम र ताजा राख्ने उपाय



सुनिता श्रेष्ठ
ब्युटिसियन


मोइश्चराइजरले तपाईंको छालालाई हाइडे«ट गर्दछ र तपाईंको अनुहारमा देखा पर्ने चाउरीपनका साथै फाइन लाइनलाई छोप्ने काम गर्दछ । यही कारण हो कि उमेर गइसकेका महिलाहरु पनि आफ्नो उमेरभन्दा १० वर्ष कान्छी देखिने गर्दछन् ।

यस मौसममा स्टिम बाथ लिने गर्नाले छालाको लागि धेरै लाभदायक हुने गर्दछ । यसले छालामा सुख्खापन हुन दिँदैन । गर्मी मौसमभन्दा चिसो मौसममा हामीले छालाको हेरचाह बढी नै गर्नुपर्ने हुन्छ । अहिले हावा चल्ने मौसम हो । यो मौसममा चल्ने हावाका कारण हाम्रो छालालाई धेरै हानि पु¥याउने गर्दछ । त्यसैले आउनुस्, हाम्रो छालालाई नरम र ताजा राख्ने केही उपायहरु जानिराखौं ।

ओइल बेस भएको साबुन प्रयोग गर्नुस्:
चिसो मौसममा चल्ने हावाले हाम्रो छालामा गहिरो प्रभाव पार्ने गर्दछ, जसले गर्दा छाला सुख्खा हुने र फुट्ने समस्या देखा पर्दछ । त्यसैले यस अवस्थामा साबुन सकभर कम प्रयोग गर्नुहोस् । किनभने साबुनले छालाको सुख्खापनलाई अझ बढाउने काम गर्दछ । यसका ठाउँमा ओइल बेस भएका साबुन उपयोग गर्न सकिन्छ, जुन बजारमा सजिलै पाउन सकिन्छ ।

विभिन्न क्रिमले मालिस गर्नुस्:
चिसो मौसममा अनुहारको चमक हराउनुका साथै बेजानजस्तो हुने गर्दछ । त्यसैले जाडो मौसममा आफ्नो छालालाई सिया बटर, कोका बटर, मिल्क क्रिम, ग्लिसरिन, मख्खन, ऐलोबेरा, कोल्ड क्रिम, मोइश्चराइजर आदिले मालिस गर्न सकिन्छ । जसको प्रयोगले छालामा नरमपन बनाइराख्न मद्दत पुग्छ ।
नुहाउनुअघि र पछि तेलले मालिस गर्नुस्: 
नुहाउनुअगाडि र नुहाइसकेपछि आफ्नो शरीरमा नरिवल अथवा सस्र्युंको तेलले मालिस गर्ने गर्नुस् । तेल मालिस गरिसकेपछि १५–२० मिनेट जति घाममा बस्नुहोस् । यसबाट अझ धेरै फाइदा पाउन सकिन्छ । यसले छाला नरम बनाइराख्न मद्दत गर्दछ ।

कटनको कपडा लगाउनुस्:
कुनै मोटो कपडा लगाउनुअघि भित्रबाट पियोर कटनको कपडा लगाउने गर्नुस्, ताकि माथिबाट लगाइने ऊनीको स्वीटर अथवा ज्याकेटबाट हुने स्किन एलर्जीबाट टाढा रहन सकियोस् ।

मनतातो पानीले नुहाउनुस् 
धेरै तातो पानीले नुहाउनुहुँदैन । मनतातो पानीमा केही थोपा बेबी ओइल, ओलिभ ओइल वा बडी ओइल राख्न सकिन्छ । यसले गर्दा छाला नरम भइराख्छ । यस मौसममा स्टिम बाथ लिने गर्नाले छालाको लागि धेरै लाभदायक हुने गर्दछ । यसले छालामा सुख्खापन हुन दिँदैन ।

ओठमा दूधको तर वा लिपगार्ड लगाउनुस्
जाडो मौसममा चिसो हावाले हाम्रो ओठमा धेरै नराम्रो प्रभाव पार्ने गर्दछ । त्यसैले ओठमा दूधको तर वा राम्रो लिपगार्ड लगाउने गर्नुहोस् । सकभर हामीले यस्ता लिपगार्ड छनोट गर्नुपर्छ कि जसमा ट्री ओइल मिसाइएको होस् । यसको प्रयोगले ओठ नरम, मुलायम, चम्किलो र गुलाबी बनाइराख्न मद्दत गर्दछ ।

अनुहारको चमक बढाउन मोइश्चराइजर उपयोगी
हाम्रो छालालाई मोइस्चराइजरको प्रयोगले पनि धेरै फाइदा दिने गर्दछ । नुहाइसकेपछि मोइश्चराइजरको प्रयोग गर्न सकिन्छ । मोइश्चराइजर किन्ने समय यस कुराको ध्यान राख्नुस् कि यसमा एसपीएफको मात्रा अवश्य होस् । यस मौसममा मेकअपलाई त्यति ध्यान नदिए पनि मोइश्चराइजिङ क्रिमको सही छनोट गर्न कहिल्यै बिर्सिनुहुँदैन । किनभने यसले हाम्रो छालाको रक्षा गर्ने गर्दछ ।

छालामा भएको समस्याको कारण बजारमा उपलब्ध हुने स्किन क्रिमबाट तपाईंलाई एलर्जीको समस्या हुने गर्छ भने तपाईंले एलोबेरा वा कैलेमाइन भएका लोसन उपयोग गर्न सक्नुहुन्छ । यी दुवै प्रकारका क्रिम तपाईंको छालाका लागि फाइदाजनक हुने गर्दछ । मोइश्चराइजरले तपाईंको छालालाई चिसो हावा, गर्मी र प्रदूषणबाट बचाउने गर्दछ । त्यसैले दिनमा दुईपल्ट मोइश्चराइजर लगाउने गर्नुपर्छ तर लगाउनुअगाडि सफा पानीले आफ्नो छालालाई राम्रोसँग पखाल्न नबिर्सिनुहोला ।

विशेषज्ञहरुका अनुसार राम्रा खालका क्रिमको प्रयोगले तपाईंको एपिडर्मल कोशिकालाई एक–आपसमा बाँडेर राख्न मद्दत गर्नुका साथै तपाईंको छालाको रक्षा गर्ने काम गर्दछ । यदि तपाईं मेकअपको सौखिन हुनुहुन्छ भने मोइश्चराइजरलाई आफ्नो साथी बनाउनुहोस् । आफ्नो अनुहारमा मेकअप गर्नुअगाडि मोइश्चराइजर लगाउनुहोस् । यस प्रकार तपाईंले मेकअपमा रहेका रसायनबाट आफ्नो त्वचाको रक्षा गर्नु सक्नुहुन्छ ।

मोइश्चराइजरले तपाईंको छालालाई हाइडे«ट गर्दछ र तपाईंको अनुहारमा देखा पर्ने चाउरीपनका साथै फाइन लाइनलाई छोप्ने काम गर्दछ । यही कारण हो कि उमेर गइसकेका महिलाहरु पनि आफ्नो उमेरभन्दा १० वर्ष कान्छी देखिने गर्दछन् । यदि तपाईं पनि आफ्नो अनुहारको प्राकृतिक चमक राखिराख्न चाहनुहुन्छ भने अनुहारमा मोइश्चराइजर लगाउन शुरु गरिहाल्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्