उदासपनले गुमेको सुन्दरता



बिनु श्रेष्ठ ब्युटिसियन

स्वस्थ रही सौन्दर्य बढाउने उपायहरु :

– नयाँ हेयर कट गर्न सकिन्छ ।

-नयाँ हेयर स्टायलहरुमा सेट गर्ने ।

– हेयर मसाज, ट्रिटमेन्ट आदिबाट रिल्याक्स पाउन सकिन्छ ।

– मेनिकेयर, पेडिकेयर, ट्रिटमेन्ट, बडी मसाज आदिबाट पनि फ्रेस हुन सकिन्छ ।

– फेसियल ट्रिटमेन्ट लिने ।

– नेल, हेयर, आइब्रो, आइल्यासेस आदिलाई नयाँपन दिने ।

– ब्युटिसम्बन्धी विभिन्न उपायहरु अपनाएर आफूलाई ताजापन ल्याउने ।

– हाँस्ने, खुशी रहने ।
– साथीसँग घुम्ने, दुःख–सुखका कुरा साटासाट गरेर पनि मन हलुङ्गो पार्न सकिन्छ ।

– ऐना हेर्ने बानी बसाल्ने ।

माथिका विभिन्न उपायहरु अपनाएर आफूलाई उदासीनताबाट बचाउन सकिन्छ । आफ्नो जीवनलाई सहज बनाएर सौन्दर्ययुक्त भई आत्मविश्वासपूर्ण जीवन जिउन सकिन्छ ।

बाह्य सौन्दर्यले मानिसमा आत्मविश्वास बढाउँछ । तर भित्री मन उदास छ भने बाहिरी सौन्दर्य फिका देखिन्छ । त्यसैले मनलाई खुशी राख्नु आवश्यक छ । पुरुष वा महिला सबैमा जीवनको भोगाइ, परिस्थिति आदिले गर्दा थाहै नभई कति बेला जीवनप्रति उत्साह–उमंग नै हराउन थाल्छ । त्यतिखेर इच्छा, चाहनामा कमी हुँदै जान्छ । कतै जाने, कोहीसँग भेट्ने इच्छा पनि रहन्न । फेरि यस अवस्थामा सबैजना टाढिएर पनि जान्छन् । परिणामस्वरुप स्वास्थ्यमै नकारात्मक प्रभाव पर्न जान्छ ।

मेरो एकजना पुरानो ग्राहक हुनुहुन्छ स्नेहा । उहाँ ज्यादै सुन्दर हुनुहुन्थ्यो । साथै उहाँको व्यक्तित्वमा खोट लगाउने ठाउँ देखिँदैनथ्यो । धेरै समयपछि उहाँले मसँग भेट्ने इच्छा व्यक्त गर्नुभयो । मैले दिएको समयमा उहाँ आउनुभयो । स्नेहाको आगमनले मलाई खुशी लाग्यो । तर देख्नासाथ उहाँलाई उदासीनताले छोपेको महसुस भयो । उहाँलाई के समस्या पर्यो होला भनेर खुल्दुली भयो । कुरा गर्दै जाँदा साँच्चै नै उहाँ कठिन परिस्थितिबाट गुज्रिइरहेको थाहा भायो । यसले गर्दा उहाँमा कुनै इच्छा–चाहना नै रहेनछ । ऐना हेर्न पनि मन लाग्दो रहेनछ । उहाँले आफैंलाई माया गर्न छोड्नुभएको रहेछ ।

मैले उहाँलाई केही सल्लाह–सुझाव दिएँ । अनि सो अनुरुप रिल्याक्सिङ फेसियल र हेयर कलर विथ कन्डिसनिङ ट्रिटमेन्ट, न्यु हेयर कट गरिदिएँ । त्यसपछि एक्कासि उहाँको अनुहारको चमक बढेको पाएँ । साथै व्यवहारमा सकारात्मकता अनि जीवन्त र आत्मविश्वासले भरिपूर्ण भएको पाएँ ।

केही नौलो र राम्रो कुरा प्राप्त गर्ने चाहना हरेक व्यक्तिमा हुन्छ । यो मानवीय स्वभाव पनि हो । स्नेहाले आफूलाई ऐनामा फ्रेस, रिल्याक्स्ड र ब्युटिफुल लुकमा देख्नुभयो । उहाँको हाउभाउ र आँखाको चमकले मलाई बारम्बार धन्यवाद दिइरहेको महसुस गरायो । साथै अत्यन्त खुशीको अनुभूति पनि ।

जीवनको मोडमा कुन बेला के हुन्छ, भन्न सकिन्न । उतारचढावपूर्ण जीवनमा कुन बेला कुन परिस्थितिले, कुन बेला उदासीनताले डेरा जमाएर बस्छ, थाहै हुँदैन । यसको नकारात्मक असर स्वास्थ्य र सौन्दर्यमा पर्न जान्छ । अनि विभिन्नसमस्या उत्पन्न हुन्छ । सही समयमा सही खानपानको कमी, सरसफाइप्रति सचेतनामा कमी, सौन्दर्यप्रति उदासीनताले गर्दा सौन्दर्यमा ह्रास आउँछ नै, जसले गर्दा पूरा व्यक्तित्वमा नकारात्मक प्रभाव पर्न जान्छ, आत्मविश्वासमा समेत कमी हुन थाल्छ ।

जीवनको मोडमा कुन बेला के हुन्छ, भन्न सकिन्न । उतारचढावपूर्ण जीवनमा कुन बेला कुन परिस्थितिले, कुन बेला उदासीनताले डेरा जमाएर बस्छ, थाहै हुँदैन । यसको नकारात्मक असर स्वास्थ्य र सौन्दर्यमा पर्न जान्छ ।

आजको प्रतिस्पर्धात्मक र दौडधुपको जीवनशैली त्यति सरल छैन । जुनसुकै परिस्थितिमा पनि सबैभन्दा पहिला आफूलाई माया गर्ने, आफूलाई सम्हाल्ने कुरालाई प्राथमिकता दिनुपर्दछ । अनि मात्र हामीले अरुप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सक्छौं । यसले गर्दा परिवार, छरछिमेक, साथीभाइ, इष्टमित्र सबैको जीवन सरल र सुन्दर बन्नमा मद्दत पुग्छ ।

उदासीनताबाट बच्न यी उपायहरु अपनाउनुस् :

स्वास्थ्य र सौन्दर्यप्रति सचेत रहने ।

सरसफाइमा ध्यान दिने ।

मनोचिकित्सक वा डाक्टरसँग सुझाव लिने ।

जीवनोपयोगी, लेख, किताब,

फिल्म आदि पढ्ने/हेर्ने ।

आराम गर्ने बानी बसाल्ने ।

समयमा पोषणयुक्त भोजन खानपिन गर्ने ।

सकारात्मक सोच राख्ने ।

ध्यान, योग, व्यायाम, हिँडडुल गर्ने ।

नियमित आफ्नो काम गर्ने ।

सहयोगी भावना राख्ने ।

आफ्नो परिवार, आफन्त र साथीभाइ भेट्ने ।

आफूलाई माया गर्ने ।

बच्चाबच्ची, बूढापाकासँग समय बिताउने ।

सौन्दर्यसम्बन्धी विभिन्न उपयाहरु अपनाउने ।

प्रतिक्रिया दिनुहोस्