दाल–दूधमा बनाएको नरम रोटी



खाद्य सामग्री : 

उम्लेको दूध १ कप

मुंगको दाल १/२ कप (पाकेको)

सुख्खा रोटी १ (सानो ठिक्कको)

अण्डाको पहेँलो १ (राम्ररी फिटेको)

बटर १/२ चिया चम्चा

नून एक चिम्टी

चिनी १ चिया चम्चा

विधि :

एउटा गहिरो प्यानमा दूध, मुंगको दाल मिलाएर त्यसमा सुख्खा रोटी मसिनो टुक्रा गरी हाल्नुपर्छ । यसलाई मधुरो आँचमा उमाल्नुपर्छ । उम्लेपछि फिटेको अण्डाको पहेँलो भाग चम्चाको सहयोगले थोरै–थोरै हाल्दै चलाउनुपर्छ ।

त्यसपछि यसमा बटर, थोरै नून र चिनी हालेर चलाई आगोबाट हटाउनुपर्छ । त्यसपछि यसमा भएको रोटीलाई अझ मसिनो पार्नु छ भने चम्चाको सहयोगबाट मिचेर मसिनो बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्