फेसियल भन्दैमा कहाँ हुन्छ ?



बिनु श्रेष्ठ, ब्युटिसियन

फेसियल भन्नाले अनुहारको सौन्दर्य बढाउने वा गरिने उपचार विधि भन्ने बुझिन्छ । सही तरिका, सही प्रडक्ट, सही उपकरणहरूको प्रयोगबाट गरिएको फेसियलले सुन्दरतामा वृद्धि गर्दछ । यो सौन्दर्य सुरक्षाको लागि गरिने साधारण ट्रिटमेन्ट हो, तर यसका फाइदा भने धेरै छन् । महिला, पुरुष सबैलाई फेसियल ट्रिटमेन्टबाट लाभ मिल्छ । छालालाई सुन्दर र स्वस्थ राख्नका लागि फेसियलको महत्वपूर्ण भूमिका रहेको छ ।

फेसियलका प्रकार
फेसियलको प्रकार छालाको बनावट र प्रकृतिअनुरूप हुन्छ । छालाको अवस्था, स्वास्थ्य स्थिति, लाइफ स्टाइल आदिलाई पनि ध्यानमा राखेर उचित प्रकारको फेसियल ट्रिटमेन्ट गरिन्छ ।

फेसियल गरेपछि अनुहार रातो हुन सक्छ । सानोतिनो खटिरा, डन्डिफोर निस्कन सक्छ । छाला संवेदनशील हुने भएकाले नङले कोतरिन सक्छ । उपकरणको प्रयोगले साना घाउ लाग्न सक्छ । इन्फेक्सन हुन सक्ने डर पनि हुन्छ । कसै–कसैको छाला सुख्खा हुने र चिलाउने पनि हुन सक्छ ।

रेगुलर फेसियल: यो सामान्यदेखि सुखा प्रकारको छालाको लागि उपयुक्त हुन्छ ।

बिली/एक्ने ट्रिटमेन्ट: चिल्लो प्रकारको र डन्डिफोरयुक्त छालाको लागि यो विधि अपनाइन्छ ।

ग्याल्भानिक फेसियल: अति नै सुख्खा र बेजान छालाको लागि गरिने फेसियल हो यो, जुन मुटुरोगी र दाँतमा ब्रेसेस लगाएकाहरूलाई गर्नुहुँदैन ।

प्याराफिन फेसियल: ड्राइ र डिहाइड्रेड छालामा प्याराफिन फेसियल गरिन्छ । यसमा ‘प्याराफिन वे’को प्रयोग गरिन्छ । यसबाट छाला हाइड्रेट भई स्वस्थ र सुन्दर छालायुक्त अनुहार बन्छ ।

एन्टिअक्सिडेन्ट फेसियल:
अनुहारलाई चमकदार बनाउन केमिकलको प्रयोगबाट गरिने फेसियल हो यो । यसले अनुहारमा निखार ल्याउँछ । अनुहारमा भएको फोहोरमैला र मृतत्वचालाई सफा गर्छ ।

एन्टिएजिङ फेसियल: फेसियलको यस विधिबाट छालालाई कसिलो बनाउन मद्दत पुग्छ । यसले बुढ्यौलीका चिह्नहरूलाई हटाउन र कम गर्न मद्दत गर्छ ।

माइक्रो डर्माब्रेसन फेसियल: मृत कोशिकाहरूलाई हटाउन यो फेसियल विधि अपनाइन्छ । यस विधिमा भ्याकुमको सहायताले मृतछालालाई हटाएपछि अनुहारको छाला ताजा बन्छ ।

एएचए फेसियल/ग्लाइकोलिक एसिड फेसियल: बुढ्योलीपनलाई हटाउन यो विधि अपनाइन्छ । दाग–धब्बा हटाउन उपयुक्त विधि हो यो ।

एरोमेटिक फेसियल: एरोमा ओइल अथवा इसेन्सियल ओइलको प्रयोगबाट गरिने फेसियल विधि हो यो, जसले छालाको सुन्दरता बढाउनुका साथै आराम पनि प्रदान गर्छ ।

रिजेनेरेटिङ फेसियल: घाम, धूलो, धुवाँयुक्त वातावरणसँग बढी सामना गुर्नपर्ने अनुहारको लागि उपयुक्त विधि हो यो । यसले अनुहारको छालामा मोइश्चर ब्यालेन्स गरिदिन्छ ।

फेसियल गर्दा वा गराउँदा आफ्नो छालाको स्वभाव, स्थितिअनुरूप मिल्दो प्रकारको प्रक्रिया अपनाउनाले विभिन्न फाइदा लिन सकिन्छ । यदि छाला खराब छ भने उपयुक्त फेसियल विधिले सुधार गरेर ठीक पारिदिन्छ ।

साथै छालालाई स्वस्थ, नरम, मुलायम गराइदिन्छ । दाग–धब्बा हटाएर सफा र चम्किलो बनाइदिन्छ । चिल्लोपना, डन्डिफोर, मृतत्वचा हटाएर स्वस्थ र सामान्य छाला बनाइदिन्छ । सुख्खा छाला भएमा हाइड्रेट बनाइदिन्छ । छालालाई कसिलो र पोषिलो बनाइदिन्छ । रक्तसञ्चारमा वृद्धि भई ताजा, सफा, लालीयुक्त छाला बनाइदिन्छ । चाउरीपना, धर्काहरू हटाइदिन्छ । ब्ल्याक हेड्स, ह्वाइट हेड्स हटाइदिन्छ । यी सब हुनु भनेको अनुहार स्वस्थ र सुन्दर हुनु हो ।

अनुहारको व्यायामका साथै सरसफाइ, पोषण र आरामयुक्त उपचार विधिलाई नै फेसियल भनिन्छ । त्यसैले फेसियलले बाहिरी सौन्दर्य मात्र नभई मानसिक र भित्री शारीरिक संरचनामा पनि सन्तुलन ल्याउन मद्दत गर्छ ।

हरेक कामका फाइदा धेरै भए पनि केही न केही बेफाइदा पनि हुन्छन् । फेसियलका पनि केही बेफाइदा छन् । फेसियल गरेपछि अनुहार रातो हुन सक्छ । सानोतिनो खटिरा, डन्डिफोर निस्कन सक्छ । छाला संवेदनशील हुने भएकाले नङले कोतरिन सक्छ । उपकरणको प्रयोगले साना घाउ लाग्न सक्छ । इन्फेक्सन हुन सक्ने डर पनि हुन्छ । कसै–कसैको छाला सुख्खा हुने र चिलाउने पनि हुन सक्छ ।

तसर्थ फेसियलको सेवा लिने बेला दक्ष ब्युटिसियनबाट सफा वातावरणमा सही फेसियल प्रडक्ट, सही उपकरण, सफा सरसामान, एप्रोन आदिको प्रयोग गरिनु आवश्यक हुन्छ । ब्युटिसियनमा स्टेरिलाइज्ड र डिसइन्फेक्ट्यान्टको सही ज्ञान हुनुपर्छ ।

नङ काटिएको वा सफा ग्लोभको प्रयोग गर्नुपर्छ । फेसिलय सर्भिस दिनेले कपाल छोड्नुहुँदैन, साथै हातमा चुरा एवं औंठी लगाउनुहुँदैन । हेभी पफ्र्युम वा डियोड्रेन्टको प्रयोग पनि गर्नुहुँदैन । काखी गन्हाउने, मुख गन्हाउने हुनुहुँदैन । प्रोफेसनल ब्युटी थेरापिस्टबाट फेसियल सेवा लिनुपर्छ ।

हाई ब्लडप्रेसर भएकाहरूले फेसियल गराउँदा बढी प्रेसयुक्त मसाज लिनुहुँदैन । डायबेटिक पेसेन्ट भएमा मेटल इक्विपमेन्टको सट्टामा प्लास्टिक वा उडन इक्विपमेन्टको प्रयोग गर्नुपर्छ । प्रेग्नेन्सीमा इलेक्ट्रिक ग्याजेटको प्रयोग गुर्नहुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्