चाडबाडको मेकअप



बिनु श्रेष्ठ (ब्युटिसियन ) ।

कपाललाई त्यत्तिकै छोड्न पनि सकिन्छ । कपाललाई हल्का पिनअप गर्ने वा रफ छाड्ने, मेस्सी बन वा बाटेर वा बटारेर सुहाउँदो तरिकाले पनि राख्न सकिन्छ । सबैसँग भेटघाट गर्दा हँसिलो, मिजासिलो भएमा राम्रो माहोल बन्छ । तपाईंको सुन्दरतासँगै व्यक्तित्वबाट पनि सबै जना प्रभावित हुनेछन् ।

विशेष गरी चाडपर्वको अवसरमा महिलाहरूमा चिटिक्क पर्ने चाहना बढी मात्रामा हुन्छ । अझ दसैँ–तिहारजस्तो लामो चाडको बेलामा बढी नै आफन्त र इष्टमित्रसँग भेटघाट हुने गर्दछ । चाडबाड सकिएपछि पनि केही दिनसम्म यसको असर परिरहेको हुन्छ । आफ्नै घर वा अरुकोमा जमघटको बेला सधैँको आकर्षणको केन्द्र बनेर वाहवाही पाउने अवसर पनि हो चाडबाड । हुन त यस वर्षको मुख्य चाड दसैँ–तिहार सकिएको छ । तर पनि सानातिना चाडपर्वहरू वर्षभरि परिरहन्छन् । चाहे दसैँ, तिहार, छठजस्ता ठूला चाड हुन्, चाहे अन्य सानातिना चाडपर्व । चाडपर्वमा प्रायः महिलालाई चिटिक्क बनेर हिँड्न मन लाग्नु स्वाभाविक नै हो ।

यतिखेर मौसमले पनि साथ दिएको छ । शीतल वा चिसोपना बढेको छ । पसिना आउन छोडेको छ । धेरै जाडो नहुँदा आफूले चाहेको जस्तो पहिरनमा हिँड्ने सही समय पनि अहिले नै हो । पहिरनसँग मिल्दो मेकअप र हेयर स्टायल बनाएर हिँड्न सकिन्छ । मेकअप र हेयर स्टायल बिग्रेला भन्ने चिन्ता छैन यस मौसममा । चाडपर्वमा आफन्त र घनिष्ट मित्रहरूसँग बढी भेटघाट हुने हुँदा मेकअप र हेयर स्टायल बढी भड्किलो वा उत्ताउलो गर्नुहँुदैन । सकेसम्म नेचुरल तरिकाको मेकअप गर्नु राम्रो हुन्छ ।

मेकअपका सामग्रीहरू

.म्वइश्चराइजर/ प्राइमर

.कन्सिलर

.फाउन्डेसन

.पाउडर

.ब्रोन्जर/ हाइलाइटर/ ब्लस

.आइलाइनर/ आइब्रो पेन्सिल/ मस्कारा/ काजल/ आइस्याडो

.लिप ग्लस /लिपस्टिक

.टीका

.स्पन्ज/ ब्रस

मेकअप गर्ने तरिका

.प्राइमर, म्वइश्चराइजर, सिरम (Serum) लगाउने ।

.दागहरू छोप्नका लागि कन्सिलर लगाउने ।

.फाउन्डेसन लगाउने ।

.घाँटी, छाती कानमा पनि लगाउनुपर्छ ।

.ट्रान्सलुसेन्ट पाउडर लगाउने, यसले छाला चिप्लो बनाउँछ ।

.ब्लसर (Blusher) लगाएर अनुहारलाई ताजापना दिने ।

.आवश्यकता अनुसार ब्रन्जर (Bronzer) र हाइलाइटर लगाउने ।

.आइब्रो पेन्सिलबाट आइब्रोलाई सेप दिने ।

.आइलाइनर र गाजल लगाउने ।

.मस्कारा लगाएर परेलालाई बाक्लो बनाउने ।

.कपडासँग म्याच हुने कलरमा लिपस्टिक लगाउने । अथवा लिपग्लस मात्र पनि लगाउन सकिन्छ ।

.अनुहार र पहिरनलाई मेल खाने खालको टीका लगाउने ।

प्रतिक्रिया दिनुहोस्