तौल घटाउने जापानिज डाइटिङ



तौल छिटो घटाउनका लागि जापानिज डाइटिङ निकै प्रभावकारी मानिन्छ । जापानिज विशेषज्ञले तयार गरेको यो डाइटिङ कोर्स अहिले निकै पपुलर भएको छ । यो डाइटिङ कोर्समा केरा समावेश गर्ने गरिन्छ । केरा स्वस्थ रहन र तौल घटाउनका लागि निकै उपयोगी मानिन्छ । त्यसकारण जापानिज डाइटमा केरा समावेश गरिएको हुन्छ ।

केराले मेटाबोलिजमलाई राम्रो बनाइराख्छ । यसले निकै लामो समयसम्म पेट भरिरहेको अनुभव गराउने भएकाले भोकको अनुभव छिटो हुँदैन । केरालाई पौष्टिकताका दृष्टिले उच्च कोटीको मानिन्छ । यसमा पोटासियम, फाइबर र क्याल्सियमको मात्रा प्रशस्त हुन्छ ।
जापानिज मर्निङ डाइटमा बिहान केरा खाने गरिन्छ । बिहानको नास्तामा एउटा केरा खानुपर्छ र एक गिलास मनतातो पानी पिउनुपर्छ । त्यसपछि एकैचोटि दिउँसो खाना खानुपर्छ । ज्यादा भोक लाग्ने गर्छ भने २० मिनेटपछि आर्को एउटा केरा पनि
खान सकिन्छ ।

केरामा स्टार्चको मात्रा भरपूर हुन्छ । यो विशेष प्रकारको स्टार्च तौल घटाउन उपयोगी छ । यो डाइट कोर्स गर्दा शुरुमा भोकले निकै सताउन सक्छ । तर पछि यो बानी पर्दै जान्छ । केरामा भरपूर पोषक तत्व हुने भएकाले शरीरलाई आवश्यक पोषण मिल्छ । यस डाइटिङ कोर्सको महत्वपूर्ण नियमअनुसार भोक लागेको भन्दा अलि कम नै खाना खानु हो । अरु सामान्य दिनमा खाएको खानाको तुलनामा ८० प्रतिशत मात्र खाना खानुपर्छ । यसो गर्दा तौल घट्दै गई फिट, तन्दुरुस्त एवं स्फूर्त रहन सहयोग पुग्छ ।

प्रतिक्रिया दिनुहोस्