अस्पतालजन्य फोहोर व्यवस्थापन



स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जर्मन सहयोग नियोग, विश्व स्वास्थ्य संगठन, युएनडीपी, युनिसेफ, वाटरएडलगायत अन्य सरोकारवाला निकायको संयुक्त आयोजनामा गत मंसिर २४ देखि २६ गतेसम्म वातावरणीय स्वास्थ्यसम्बन्धी प्रथम कार्यशाला गोष्ठी आयोजना गरियो ।

वर्तमान वातावरणीय स्वास्थ्य, स्वास्थ्य संस्थाहरुमा अस्पतालजन्य फोहोरमैला तथा खानेपानी–सरसफाइको अवस्था राम्रो नभएकाले यसले जनस्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गर्ने हुँदा, यससँग सम्बन्धित विषयलाई राष्ट्रिय रुपमा उठान गरी भावी कार्ययोजना तयार गर्ने उद्देश्यले सो कार्यशालाको आयोजना गरिएको थियो ।

सो कार्यशालामा अस्पतालजन्य फोहोर व्यवस्थापनलगायतका विषयमा तीनै तहका सरकार, विकास साझेदार संस्थाहरु, निजी क्षेत्रका प्रतिनिधिहरुबीच विस्तृत छलफल गरियो ।

सो अवसरमा यससम्बन्धी अन्तर्राष्ट्रिय ज्ञान तथा अनुभव आदानप्रदान गरी मानवस्वास्थ्यमा संक्रमण र प्रतिकूल प्रभावहरुलाई न्यूनीकरण गरेर गुणस्तरीय स्वास्थ्य सेवाहरुमा समान पहुँच सुनिश्चित गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभएको सो कार्यक्रममा करिब ३ सय ५० जनाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्